मुख्य समाचार

वर्षाले दुई स्थानीय तहमा ४६ करोडको क्षति

काभ्रेपलाञ्चोक, २ जेठ। गत वैशाख १२ र १३ गतेको अविरल वर्षात्ले काभ्रेपलाञ्चोकको दुई स्थानीय तहमा करोडौँको क्षति पु¥याएको तथ्याङ्कले देखाएको छ । उक्त वर्षाले दुई तहमा कृषि क्षेत्रमा पु¥याएको अनुमानित क्षतिको विवरण पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाले जिल्लास्थित कृषि कार्यालयमा बुझाएका छन् । कृषि कार्यालयको विवरणअनुसार बेथानचोक–१ मा ६०० रोपनी क्षेत्रफलमा ८० मेट्रिकटन कृषि बाली उत्पादनमा क्षति पुगेको छ । आलु, तोरी, सस्र्यु, केराउ, मकै, सुन्तला र बोधिचित्तका फूल तथा चिचिला नष्ट भएको जनाइएको छ । यस्तै तरकारी र फलफूलका… पुरा पढौ

एनएमबि लघुवित्त वित्तीय संस्था र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटलबीच छुट सम्झौता

पाेखरा, १ जेठ। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड र पाेखराकाे गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच विशेष छुट सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। वित्तीय पहुँचसँगै सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने उद्देश्यले याे सम्झौता गरिएकाे बताइएकाे छ। सम्झौतापत्रमा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सजल खड्का तथा गण्डकी मेडिकल कलेजका तर्फबाट प्रिन्सिपल डा. रबिन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार गण्डकी मेडिकल कलेजले एनएमबि लघुवित्तका… पुरा पढौ

ओरालो लाग्ने क्रम रोकियो, सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, १ जेठ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर घटिरहेको शेयर बजारमा साताको अन्तिम दिन शुक्रबार भने सुधार देखिएको छ। शुक्रबार नेप्से परिसूचक १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा पुगेर बन्द भएको छ। परिसूचकसँगै यस दिन सेन्सेटिभ इण्डेक्स ०.३४ अंक, फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंकले बढेका छन्। कारोबार रकममा भने गिरावट नेप्से परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ। बिहीबार ३ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा शुक्रबार ३… पुरा पढौ

ठूला बीमा कम्पनीको नाफा घट्दा लघु बीमाको चमक : ९ महिनामा ६ करोड १६ लाख नाफा

काठमाडौं, १ वैशाख। देशका ठूला बीमा कम्पनीहरू यतिबेला नाफा संकुचनको दबाब झेलिरहेका छन्। चालू आर्थिक वर्ष २०८२/८३ को ९ महिनाको वित्तीय विवरण अनुसार १४ वटा जीवन र १४ वटा निर्जीवन बीमा कम्पनीहरूको औसत नाफामा गिरावट आएको छ। तर, यसै अवधिमा साना अर्थात् लघु बीमा कम्पनीहरूको नाफामा भने उत्साहजनक सुधार देखिएको छ। सञ्चालनमा रहेका ७ वटा लघु बीमा कम्पनीहरूले चालू आवको तेस्रो त्रैमासिकसम्ममा कुल ६ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा… पुरा पढौ

महालेखापरीक्षक प्रतिवेदन : ९१ अर्ब बेरुजु थपियो, अद्यावधिक बेरुजु ७ खर्ब ३३ अर्ब

काठमाडौं, १ जेठ । महालेखापरीक्षक तोयम रायाले आर्थिक वर्ष २०८१/८२ को ६२औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच संविधानको धारा २९४ को उपधारा (१) बमोजिम उक्त प्रतिवेदन बुझाइएको हो। प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले मुलुकमा बढ्दो बेरुजुको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले सरकारी खर्चमा देखिएको बेरुजुले सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कमजोर भएको औंल्याउँदै वित्तीय अनुशासन कायम गर्न पदाधिकारीहरू अझ बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए। लेखापरीक्षणको… पुरा पढौ

हेटौँडा-ढल्केवर प्रसारण लाइन निर्माणले गति लियो

काठमाडौँ, १ जेठ। लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको ‘हेटौँडा–ढल्केवर–दुहवी ४०० केभी प्रसारण’ लाइन निर्माण पुनः सुरु भएको छ । सरकारको पहलपछि सो प्रसारण लाइनको निर्माण सुरु भएको छ । लामो समयदेखि मुआब्जा र जग्गा विवादका कारण अवरुद्ध आयोजना ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलपछि पुनःसक्रियताका साथ निर्माण अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले पनि प्रभावित स्थानीय, जनप्रतिनिधि तथा सरोकारवालासँग मन्त्री श्रेष्ठले गरेको निरन्तर छलफल र समन्वयपछि जग्गाधनीले मुआब्जा स्वीकार गरेकाले प्रसारण लाइनको टावर निर्माण अगाडि बढेको… पुरा पढौ

दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत

काठमाडौं, १ जेठ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनाको करिब ६० प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार बितेका दश महिनामा रु ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएकामा हालसम्म वार्षिक विनियोजनको ५९ दशमलव ७५ प्रतिशत खर्च भएको छ । उक्त कार्यालयका अनुसार चालु आवका लागि चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८… पुरा पढौ

नीति तथा कार्यक्रमले खोजेको समृद्धि (विचार)

काठमाडौं, १ जेठ । नेपाल सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा गैरआवासीय नेपाली(एनआरएन)हरूलाई उच्च प्राथमिकताका साथ समेट्नु केबल एक औपचारिक नीतिगत घोषणा मात्र होइन, यो विश्वभर फैलिएको नेपाली समुदायको योगदान, क्षमता र सम्भावनालाई राष्ट्रिय विकासको मूल प्रवाहसँग जोड्ने दूरदर्शी राष्ट्रिय प्रतिबद्धता हो । गैरआवासीय नेपाली सङ्घका दृष्टिकोणबाट हेर्दा यसले नेपाल र विश्वव्यापी नेपाली समुदायबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने महत्वपूर्ण आधार तयार गरेको छ । गैरआवासीय नेपालीहरूको भावना, योगदान र क्षमतालाई राष्ट्रिय विकासको मूल प्रवाहसँग… पुरा पढौ

प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ: सांसद हर्क साम्पाङ

काठमाडौं, १ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै नैतिकताका आधारमा तत्काल राजीनामा दिन माग गर्नुभएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले संसदीय मर्यादा र लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाएको आरोप लगाउनुभएको हो । विज्ञप्तिमा प्रधानमन्त्रीको राजीनामा माग्नुका मुख्य चार कारणहरु प्रस्तुत गरिएको छ: विज्ञप्तिमा उल्लेखित मुख्य बुँदाहरू: संसदीय मर्यादाको उल्लंघन: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री सभाबाट… पुरा पढौ

स्नो रिभर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १ जेठ । स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत बैशाख २९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ लाख ७८ हजार १२५ कित्ता शेयर बिक्री खुल्ला गरेको थियो। यसअघि स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि यो निष्काशन ल्याएको हो। लगानी सम्बन्धि विवरण न्यूनतम आवेदन: १० कित्ता अधिकतम आवेदन: १,००० कित्ता निष्काशन… पुरा पढौ