मुख्य समाचार

वीरगञ्ज भन्सारबाट १० महिनामा झण्डै २ खर्ब राजस्व सङ्कलन, लक्ष्यको ८९ प्रतिशत प्रगति

वीरगञ्ज (पर्सा), २ जेठ । देशको प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा झण्डै २ खर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा कुल १ खर्ब ९९ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको हो । भन्सार विभागले यस अवधिका लागि वीरगञ्ज भन्सारलाई २ खर्ब २३ अर्ब १८ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । जसमा कार्यालयले लक्ष्यको ८९.३५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । राजस्व… पुरा पढौ

एनटिएचएमसीमा जेठ ६ र ७ गते ‘आइडिया बुट क्याम्प’ आयोजना हुने

पोखरा, २ जेठ । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडा, पोखराको आयोजना तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान सँगको सहकार्यमा आगामी जेठ ६ र ७ गते दुई दिने "आइडिया बुट क्याम्प २०२६" आयोजना हुने भएको छ। "तपाईंका विचारहरूलाई प्रभावमा बदल्नुहोस्" भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस बुट क्याम्पको मुख्य उद्देश्य युवा तथा विद्यार्थीहरूमा लुकेर रहेको सिर्जनशीलतालाई व्यावसायिक अवसरमा रूपान्तरण गर्नु र उद्यमशीलताको प्रवर्द्धन गर्नु रहेको एनटिएचएमसी का प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए । कलेजमा सञ्चालित 'एनटिएचएमसी इन्क्युबेसन सेन्टर'को… पुरा पढौ

साताको सेयर बजार: नेप्से परिसूचक १४ अंकले घट्यो, औसत कारोबार रकममा सुधार

काठमाडौं, २ जेठ । धितोपत्र बजारमा यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । गत साताको तुलनामा यस साता नेप्से परिसूचक करिब १४ अंकले घटेर बन्द भएको हो । गत साता २७४५.६५ विन्दुमा बन्द भएको नेप्से, यो साता ०.५० प्रतिशत अर्थात् १३.७१ अंकले ओरालो लाग्दै २७३१.९४ विन्दुमा सीमित हुन पुगेको छ । ५ दिनमा ३ दिन बजार घट्यो यस साता नियमित पाँच कारोबार दिन नै बजार खुलेको थियो । जसमध्ये दुई कारोबार दिन नेप्से परिसूचकमा सुधार देखिए… पुरा पढौ

हिमालचुलीको रोयल्टी समयमै जम्मा गर्न सङ्घलाई आग्रह

काठमाडौं, २ जेठ। पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न र समयमै त्यसको जानकारी सम्बन्धित मन्त्रालयलाई गराउन महालेखापरीक्षकको कार्यालयले नेपाल पर्वतारोहण सङ्घलाई आग्रह गरेको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ७ बमोजिम पर्वतारोहणबाट प्राप्त रोयल्टी सङ्घीय विभाज्य कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । सो कोषमा जम्मा भएको रकम सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई बाँडफाँट गर्नुपर्ने व्यवस्था रहेको महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६३ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । सरकारले २०७५ साउन १०… पुरा पढौ

घरजग्गा कारोबारमा उत्साह: ६ अर्ब बढी राजस्व सङ्कलन

काठमाडौं, २ जेठ । नयाँ वर्ष २०८३ को पहिलो महिना वैशाखमा देशभर घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि भएको छ । सुस्त रहेको घरजग्गा बजारमा वैशाख महिनामा सुधार आउँदा कारोबार सङ्ख्या र राजस्व सङ्कलन दुवैमा वृद्धि देखिएको हो । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार वैशाख महिनामा देशभरका भूमि प्रशासन (मालपोत) कार्यालयहरूबाट कुल ५८ हजार ८ सय ८६ वटा घरजग्गा किनबेच तथा कारोबार भएका छन् । अघिल्लो महिना र गत वर्षको तुलनामा वृद्धि विभागका अनुसार वैशाखको कारोबार सङ्ख्या… पुरा पढौ

‘आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने, बाह्य क्षेत्र सहज तर भूराजनीतिक जोखिम कायमै’ (पूर्णपाठ)

काठमाडौं, २ जेठ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । विभिन्न आन्तरिक तथा बाह्य चुनौतीका बावजुद देशको समष्टिगत आर्थिक सूचकहरूमा क्रमिक सुधार देखिएको राष्ट्र बैंकको समीक्षाले औंल्याएको छ । आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमानलाई उद्धृत गर्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत कायम रहने जनाएको छ । मौसमको प्रतिकूलता र बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रको वृद्धिदर… पुरा पढौ

मनसुन आकलनः २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने

काठमाडौं, २ जेठ । यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब ५१ हजार ८६८ घरपरिवारका दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ । कार्ययोजनामा भनिएको छ, “यस वर्षको मनसुनको पूर्वानुमान सन् २०१४, २०१६ र २०२२ का मनसुन मौसमसँग मिल्दोजुल्दो देखिन्छ । समग्रमा यस वर्षको मनसनुको अवधिमा मनसनुजन्य विपद्बाट… पुरा पढौ

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

कर्णाली, २ जेठ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम तर्जुमाका विषयमा यहाँका दलहरुसँग छलफल गरेको छ । यस अघि जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारी एवं सदस्य, स्थानीय तहका जनप्रतिनिधि, विकास साझेदार निकायका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरिसकेको प्रदेश सरकारले शुक्रबार यहाँका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुसँग आगामी वर्षको नीति तथा कार्यक्रम तर्जुमाका सन्दर्भमा छलफल गरेको हो । छलफलमा मुख्यमन्त्री यामलाल कँडेलले सरकारको नयाँ नीति तथा कार्यक्रम र बजेट निर्माणमा दलहरुको सुझाव… पुरा पढौ

वर्षाले दुई स्थानीय तहमा ४६ करोडको क्षति

काभ्रेपलाञ्चोक, २ जेठ। गत वैशाख १२ र १३ गतेको अविरल वर्षात्ले काभ्रेपलाञ्चोकको दुई स्थानीय तहमा करोडौँको क्षति पु¥याएको तथ्याङ्कले देखाएको छ । उक्त वर्षाले दुई तहमा कृषि क्षेत्रमा पु¥याएको अनुमानित क्षतिको विवरण पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाले जिल्लास्थित कृषि कार्यालयमा बुझाएका छन् । कृषि कार्यालयको विवरणअनुसार बेथानचोक–१ मा ६०० रोपनी क्षेत्रफलमा ८० मेट्रिकटन कृषि बाली उत्पादनमा क्षति पुगेको छ । आलु, तोरी, सस्र्यु, केराउ, मकै, सुन्तला र बोधिचित्तका फूल तथा चिचिला नष्ट भएको जनाइएको छ । यस्तै तरकारी र फलफूलका… पुरा पढौ

एनएमबि लघुवित्त वित्तीय संस्था र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटलबीच छुट सम्झौता

पाेखरा, १ जेठ। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड र पाेखराकाे गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच विशेष छुट सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। वित्तीय पहुँचसँगै सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने उद्देश्यले याे सम्झौता गरिएकाे बताइएकाे छ। सम्झौतापत्रमा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सजल खड्का तथा गण्डकी मेडिकल कलेजका तर्फबाट प्रिन्सिपल डा. रबिन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार गण्डकी मेडिकल कलेजले एनएमबि लघुवित्तका… पुरा पढौ