मुख्य समाचार

अन्तर कलहका कारण वामपन्थी विभाजित हुनु दुःखद् : महासचिव पोखरेल

काठमाडौं, ११ पुस नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले कार्य नीति वा नेताको अन्तर कलहका आधारमा वामपन्थी पार्टीहरू विभाजित हुन नहुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै महासचिव पोखरेलले गत निर्वाचनमा बनाइएको वाम गठबन्धनलाई जनताले दिएको कार्यादेश बमोजिम नेकपा निर्माण भएपनि त्यसलाई बचाउन नसकिएकाले फेरि पनि एकताका लागि इमानदार प्रयास गर्नुपर्नेमा जोड दिए । उनले नेकपाको एकता बचाउन नसक्नुमा पश्चाताप गर्दै वामपन्थी आन्दोलन लक्ष्यतिर उन्मुख हुनका लागि कार्यनीतिका विवादका कारण बेमेल र… पुरा पढौ

माओवादी महाधिवेशनमा प्रमुख पार्टीका शीर्ष नेता सहभागी

काठमाडौं, ११ पुस । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आयोजनास्थल नेपाल प्रज्ञा प्रतिष्ठान गएका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी संसदीय दलको नेता दुर्गा पौडेललगायत शीर्ष नेता महाधिवेशनस्थल गएका हुन् । माओवादीले आजदेखि प्रथम राष्ट्रिय सम्मेलनको तयारी गरेको तर शनिबार साँझ बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई… पुरा पढौ

बीमा कम्पनीकाे सिईओ अब ५ बाट छानिदै

काठमाडौं, ११ पुस । राष्ट्रिय बीमा कम्पनीकाे कार्यकारी अधिकृतको लागि पहिलो चरणको छनोटबाट ५ जना उम्मेदवार छानिएका छन् । कम्पनीको उदपूर्ति समितिले कार्यकारी पदको लागि निवेदन दिएका ११ जना उम्मेदवारमध्ये ६ जनालाई अयोग्य भनेपछि ६ जना बाहिरीएका छन् । कम्पनीमा कार्यकारी प्रमुखको पद रिक्त भएपछि पदपूर्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्न उपसमिति गठन गरिएको थियो । सो समितिले सिईिओको लागि आवेदन दिएका ११ जनाबाट ५ जनालाई छनोट गरेको हो । अन्य ६ जना प्रतिष्पर्धाबाट बाहिरीएका छन् । पहिलो चरणबाट छानिएकाहरुमा… पुरा पढौ

नेप्सेमा छायो हरियाली, कारोबारमा नबिल बैंक अब्बल

काठमाडौं, ११ पुस । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार सेयर बजार सकारात्मक लयमा देखिएको छ । दुई उपसमूह बाहेक सबैमा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । अन्य दिनहरुकाे तुलनामा कारोबार रकममा पनि निकै सुधार भएको छ । लगानीकर्ताले अब नेप्सेकाे यात्रा उकालाेतिर लागेकाे हाेकि भन्ने महसुश गरेका छन् । यसले उनीहरुलाइ उत्साही बनाएकाे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक यसदिन ७१.२० अंकले बढेर २५९१.४२ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.८२ प्रतिशतको बृद्धि… पुरा पढौ

नारायणगढ-बुटवल सडक किनारका संरचना हटाइँदै

नवलपुर, ११ पुस । नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरुआत गरिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)ले जनाएको छ । आयोजना प्रमुख रमेशकुमार दिष्टीले सडक विस्तारमा अवरोध पु¥याएका बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन सुरु भएको जानकारी दिए। “बिजुलीको पोल सडक मापदण्डभित्र पर्दा सडक विस्तारमा समस्या उत्पन्न भएको थियो”, आयोजना प्रमुख दिष्टीले भने, “योजनाले आफ्नै खर्चमा बिजुलीको पोल हटाउन सुरु गरेको छ ।” सडक विस्तारका लागि ड्रेनेज… पुरा पढौ

माओवादीको राष्ट्रिय सम्मेलन : सुरक्षा रणनीति परिवर्तन

काठमाडौं, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौंको सुरक्षा रणनीति परिवर्तन गरिएको छ । यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यसअघि प्रहरी उपरीक्षकको नेतृत्वमा ३६४ प्रहरी सम्मेलनको सुरक्षामा परिचालन गर्ने गरी सुरक्षा रणनीति बनाइएकामा त्यसलाई परिवर्तन गरी झण्डै ४५० को हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । आज अपराह्न हुने महाधिवेशन… पुरा पढौ

सञ्चालनको तयारीमा पर्वतकाे सुपरम्यान जीपलाइन

पर्वत, ११ पुस  । कुश्मा बजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा छ । कुश्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जीपलाइन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सबै परीक्षण सकेर एक हप्ताभित्रमा जीपलाइन सर्वसाधारणका लागि खुला गर्ने तयारी रहेको हार्नेस जीपलाइन प्रालिका कार्यकारी प्रमुख सुनिल बानियाँले जानकारी दिए । “प्राविधिक परीक्षणका काम भइरहेका छन्”, उनले भने, “यसलाई सबै सकेर एक हप्ताभित्रमै… पुरा पढौ

यस वर्ष पुसको सुरुआतमै पाँचथरका उच्च पहाडमा हिमपात

पाँचथर, ११ पुस । भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष पुसको सुरुआतमै हिमपात भएको हो । पाँचथरमा पर्ने तिम्बुपोखरी, पहाडेमेगु, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफुले, फालोट, तीनसिमाना, चाररातेलगायत उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरु विन्दु चिवाभञ्ज्याङ क्षेत्र हिउँले… पुरा पढौ

धनगढी विमानस्थलको जग्गा अधिग्रहणका लागि रु एक अर्ब बजेट

काठमाडौं, १२ पुस । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को बैठकले सुदूरपश्चिमको राजधानी कैलालीस्थीत धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि रु एक अर्ब बजेट विनियोजन गरेको छ । क्षेत्रीयस्तरको विमानस्थल बनाउनका लागि जग्गा अधिग्रहण गर्न उक्त बजेट विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार तथा निर्माणका लागि नक्सा पारित गर्नुका साथै २५० बिघा जग्गा अधिग्रहण गर्ने प्रस्तावसमेत पारित गरेको नागरिक उड्डयन प्राधिकरणका… पुरा पढौ

एमालेबाहेक अरु बामपन्थी होइनन् : अध्यक्ष ओली

झापा, ११ पुस । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाहेक देशमा कुनै वामपन्थी दल नभएको दावी गरेका छन् । नेकपा एमाले झापाले बिर्तामोडमा आयोजना गरेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा उनले वामपन्थी सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने वामपन्थी हुन नसक्ने दाबी गरे। अध्यक्ष ओलीले देश बनाउने नीति एमालेबाहेक अरु कसैसँग नभएको उल्लेख गर्दै एमालेले आफूलाई नै चिन्न आवश्यक भएको बताए । अनेकौँ समस्याको सामना गरेर नेकपा एमालेले देश विकासको अभियानलाई उचाइमा… पुरा पढौ