मुख्य समाचार

अनलाइन कर तिर्ने महानगरकाे व्यवस्था प्रभावकारी भएन

काठमाडौं, २५ मङ्सिर । नगरवासीको सुविधाका लागि काठमाडौं महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्थाको सुरुआत गरे पनि प्रभावकारी हुन सकेको छैन । गत असोजदेखि महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था सुरु गरेको थियो । हालसम्ममा १०० जनाले मात्र उक्त प्रणालीको प्रयोग गरी कर बुझाएका महानगरपालिकाले जानकारी गराएको छ । महानगरपालिकाको राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार धेरै नागरिक यस प्रविधिबारे जानकार नभएकाले पनि सोचेअनुरुप अनलाइनमार्फत कर असुल हुन नसकेको हो । “यस व्यवस्थाले करदातालाई कार्यालयमा आएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थाको… पुरा पढौ

कांग्रेसको सभापतिमा विमलेन्द्र निधिले दिए उम्मेदवारी

काठमाडौं, २५ मंसिर। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा हालका उपसभापति विमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिउँसो भृकुटीमण्डपस्थित निर्वाचन समितिको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराएकाे बताइएकाे छ । पुरा पढौ

धार्मिक पर्यटन बढाउन नेपाल र भारतबीच सहकार्यमा जोड

काठमाडौं, २५ मङ्सिर । नेपाल र भारत दुवै देशको पर्यटन प्रवद्र्धनका साझा पर्यटनसम्बन्धी कार्ययोजना बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । दुुई देशबीच सांस्कृतिक तथा धार्मिक समानता हुनका साथै सदिऔँदेखिको नजिकको सम्बन्ध रहेकाले पनि साझेदारीमा प्रवद्र्धन अघि बढाउन सके दुवै देशलाई फाइदा पुग्ने उनीहरुको धारणा छ । एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर (अब्टो) भारतले बोधगयामा आयोजना गरेको तीन दिवसीय चौथो अब्टो अन्तर्राष्ट्रिय कन्भेन्सनमा बोल्ने वक्ताहरले सो कुरामा जोड दिएका हुन् । सम्मेलनका अवसरमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट तथा बौद्ध धर्मको दुई… पुरा पढौ

नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने नेता पौडेलको घोषणा

काठमाडौं, २५ मङ्सिर । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू पार्टीको जारी १४औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने घोषणा गरेका छन् । पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने मात्र थलो नभई यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक रहेको भन्दै उनले पार्टीभित्र अहिले देखिएको परिस्थितिमा नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन् । आज प्रेस विज्ञप्ति जारी गर्दै उनले पार्टीका कार्यकर्ता र महाधिवेशन प्रतिनिधिलाई यो दिशामा आफ्नो ध्यान लगाउन तथा सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट… पुरा पढौ

विश्व बैंक दाताहरूद्वारा २८० मिलियन डलर अनुमोदन

वासिङ्टन, २५ मङ्सिर । विश्व बैंक दाताहरूले अफगानिस्तानलाई मानवीय समस्याहरू सम्बोधन गर्न २८० मिलियन अमेरिकन डलर जारी गर्न अनुमोदन गरेका छन्। अफगानिस्तान पुनर्निर्माण ट्रस्ट दाताहरूले युनिसेफ र विश्व खाद्य कार्यक्रमलाई डिसेम्बरको अन्त्यसम्ममा सो रकम उपलब्ध गराउन सहमत भएको विश्व बैंकलाई उद्धृत गर्दै स्पुतनिकले उल्लेख गरेको छ। विज्ञप्ति अनुसार युनिसेफले अफगानिस्तानमा अत्यावश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्न अमेरिकी डलर १०० मिलियन प्राप्त गर्नेछ भने डब्लुएफपीले देशमा खाद्य सुरक्षा र पोषण सञ्चालनलाई सबल बनाउन १८० मिलियन डलर प्राप्त गर्नेछ। पुरा पढौ

युनिसेफद्वारा बालअधिकारका लागि सात युवा अधिवक्ता नियुक्त

काठमाडौं, २५ मङ्सिर । युनिसेफले विश्वका बालबालिकाको उन्नत भविष्यको कल्पना गर्न नेपालका बालबालिका र युवालाई असर पार्ने मुद्दा तथा तिनका मुख्य समाधानका बारेमा चेतना जगाउन सात युवा अधिवक्ता नियुक्त गरेको छ । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) को स्थापनाको ७५आँै वर्ष पूरा भएको अवसरमा आज सात अधिवक्ता नियुक्त गरिएको हो । नियुक्त गरिएका अधिवक्ताले युनिसेफ नेपालसँग मिलेर जलवायु परिवर्तन, अपाङ्गता समावेशीकरण, लैङ्गिक हिंसा, मानसिक स्वास्थ्य र पोषण जस्ता बालबालिका तथा युवासँग सम्बन्धित मुद्दामा आवाज उठाउनु पर्नेछ । युनिसेफले विश्वभरि नै आफ्नो… पुरा पढौ

कांग्रेस महाधिवेशन : उम्मेदवार छान्न देउवा पक्षको बैठक बालुवाटारमा

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहमा पदाधिकारीका उम्मेदवारी छान्न बैठक बसिरहेको छ । शनिबार बिहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा पक्षीय नेताहरु छलफलमा छन् । देउवा सभापतिका प्रत्यासी छन् भने उपसभापतिमा वर्तमान सभापति विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्काले दाबी गरेका छन् । यता महामन्त्रीमा गृहमन्त्री बालकृष्ण खाण, सहमहामन्त्री प्रकाशशरण मत, नेता एनपी साउद, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रवक्ता विश्वप्रकाश शर्माले दाबी छ । यता नेता कृष्णप्रसाद सिटौला समूह पनि देउवा पक्षसँग जोडिने भएको छ ।… पुरा पढौ

कांग्रेसको १४औं महाधिवेशनमा उम्मेदवार मनोनयन दर्ता हुँदै

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ । मनोनयन दर्ता गर्न सभापतिका लागि ३० हजार रूपैयाँ, उपसभापति र महामन्त्रीका लागि २५ हजार रूपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रूपैयाँ र केन्द्रीय सदस्यको १० हजार रूपैयाँ दस्तुर निर्धारण गरिएको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । मनोनयनका लागि लाग्ने रकम महाधिवेशन स्थल भृकुटीमण्डपमा नै प्रभु बैंक अस्थायी रुपमा स्थापना… पुरा पढौ

एमालेको केन्द्रीय कमिटी बैठक जर्मन हाउस हस्पिटालिटीमा बस्दै

भक्तपुर, २५ मङ्सिर । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज भक्तपुरमा बस्ने भएको छ । एमालेको दशौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्ने भएको हो । बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन र प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुने उनले जानकारी दिए।… पुरा पढौ

सिटीजन फर्निचरद्वारा ‘भिवोन’ प्रिमियम कुर्सीकाे विक्रि सुरु

पोखरा, २५ मंसिर । विश्वप्रसिद्ध भारतीय फर्निचर ब्राण्ड ‘भिवोन’का कुर्सीहरुको पोखरामा आधिकारिक रुपमा विक्रिवितरण सुरु भएको छ । फर्निचर व्यवसायमा पोखरामै अग्रणी मानिएको सिटीजन फर्निचर ट्रेड लिंक प्रालिले आधिकारिक रुपमा यो ब्राण्डका कुर्सीहरुको विक्रिवितरण शुरु गरेको हो । सिटीजन फर्निचर यो ब्राण्डका लागि प्रदेशस्तरिय आधिकारिक विक्रेता हो । लामो समय कार्यालयमा बसेर काम गर्ने कर्मचारीहरुमा कुर्सीको गुणस्तरकै कारण ढाड र घाँटी दुख्ने समस्या देखिने गरेकोले त्यस्तो समस्या नआउने गरि ‘भिवोन’ ब्राण्डका कुर्सीहरुको डिजाइन गरिएको कम्पनीले दाबी गरेको छ । ‘यो… पुरा पढौ