मुख्य समाचार

ज्येष्ठ नागरिक दिवसः सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं, ११ पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले विद्यमान कानूनी प्रबन्धबमोजिम ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, यातायात सेवालगायत अन्य सार्वजनिक सेवामा प्रदान गरिने सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार र प्रभावकारी बनाउन निरन्तर प्रयास गर्ने बताएकी हुन् । उनले सन्देशमा सुविधायुक्त ज्येष्ठ नागरिक अस्पतालको निर्माण कार्य प्रारम्भ गरिएको र ज्येष्ठ नागरिकप्रति हुने… पुरा पढौ

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा बदली- हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैं, ११ पुस । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएकाे छ। सुदुरपश्चिम तथा कर्णाली प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान पौष ११ गते (आईतबार) दिउँसो :  देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । राती: देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। सुदुर पश्चिम र कर्णाली प्रदेश… पुरा पढौ

२.८३ प्रतिशतले घट्यो विद्युत चुहावट

काठमाडौं, ११ पुस । नेपाल विद्युत प्राधिकरणले चार महिनाको अवधीमा विद्युत चुहावट २.८३ प्रतिशतले घटाएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा विद्युत चुहावटलाई घटाएर १४/३५ प्रतिशतमा झारेको हो । प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालू आवको चार महिनामा २.८३ प्रतिशत विन्दुले घटाएर १४.३५ प्रतिशतमा झारेको हो । कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ । पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

काठमाडौं, १० पुस । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए । उक्त निर्वाचनमा नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले कुनै प्रदेश विशेषमा मात्र भाग लिने गरी दल दर्ता गराएका हुन् । आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी,… पुरा पढौ

एमसिसीलाई टुङ्गोमा पुर्याउन गठबन्धनमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

गोरखा, १० पुस । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन परियोजना (एमसिसी) लाई टुङ्गोमा पुर्याउन गठबन्धनमा रहेका दलबीच छलफल भइरहेको बताएका छन् । गोरखा उद्योग वाणिज्य सङ्घको १६औँ अधिवेशनको उद्घाटन गर्न गएकाे बेला उनले पत्रकारसँगको भेटमा एमसिसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएकाले यसबारेमा सबै सकारात्मक हुनुपर्ने बताए । “यो कुनै सैन्य गठबन्धन होइन, विद्युत् प्रसारण लाइन र सडक निर्माण, गरिबी निवारण र रोजगारी वृद्धिका लागि यो परियोजना नेपालले नै प्रस्तुत गरेको हो”, गृहमन्त्री खाँणले भने, “एमसिसीले… पुरा पढौ

तीन वर्षभित्र नेपाल काठमा आत्मनिर्भर हुन्छ : मन्त्री यादव

काठमाडौं, १० पुस । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले आगामी तीन वर्षभित्रमा देशलाई काठमा आत्मनिर्भर बनाउने प्रतिबद्दता व्यक्त गरेका छन् । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासङ्घको सातौँ वार्षिक साधारणसभा तथा चौँथो महाधिवेशनको उद्घाटन गर्दै उनले आगामी सन् २०३० सम्ममा नेपालको कुल भू–भागको ४५ प्रतिशत वन क्षेत्र बनाइने बताए । उनले भने्, “अहिले कुल भू–भागको ४४ प्रतिशत वन जङ्गल छ, अब आगामी २०३० सम्ममा ४५ प्रतिशत पु¥याउने र तीन वर्षभित्रमा वन÷जङ्गल र काठमा आत्मनिर्भर बनाउँदै पाँच वर्षभित्रमा काठ निर्यात गर्ने योजना… पुरा पढौ

चिसो बढेकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं, १० पुस । पछिल्ला दिनमा राजधानी काठमाडौं उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन् । गत एकसातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले तुलनात्मकरुपमा कम चिसो महशुस हुँदा दुई दिनयता राजधानीसहित देशभर बढी चिसो महशुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको विवरणमा एकसाताको अवधिमा न्यूनतम दुईदेखि चार डिग्रि र अधिकतम तापक्रम १६, १८ तथा २० हाराहारी थियो । आज काठमाडौँको न्यूनतम चार दशमलव… पुरा पढौ

‘जुन कोठामा किताब छैन त्यो कोठा मृत सरह हुन्छ’- कार्टुनिष्ट वात्स्यायन(भिडियाे)

पोखरा १० पुस । सूर्योदय क्लवलले पोखरा महानगरपालिका वडा नं ३ नदीपुरमा साढे २३ लाखमा निर्माण सम्पन्न गरेको वाचनालयको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । प्रमुख अतिथि वरिष्ठ कलाकार, कार्टुनिष्ट दुर्गा वराल “वात्स्यायन” ले सखारै वाचनालयको समुद्घाटन गर्दै भने, “जुन कोठामा किताब छैन त्यो कोठा मृत सरह हुन्छ त्यस्मा जिवन्तता हुँदैन । उस्तै जुन शहरमा वाचनालय छैन त्यो शहर पनि मृत शरह हो ।” हुन पनि हो शिक्षाको उज्यालोबिना कोहिले पनि सहि गन्तव्यमा पुग्न र जीवनको लक्ष्यलाई पहिल्याउन सक्दैन… पुरा पढौ

‘कानूनी अनविज्ञताले न्याय सम्पादनमा सकस’

कर्णाली, १० पुस । जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा राजेन्द्र आचार्यले कानूनी अनविज्ञताले न्याय सम्पादनमा सकस भएको बताएका छन् । आर्फिक्स नेपालद्वारा शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली ल कन्क्लेभ’ कार्यक्रममा बोल्दै न्यायाधीश डा आचार्यले कानुनी अनविज्ञताका कारण सामाजिक अपराधका घटना बढ्दै गएको बताए। “पछिल्लो समय सबैभन्दा बढी जबरजस्ती सम्बन्ध विच्छेदको घटना बढेका छन्,” उनले भने, “सहमतिको आधारमा गरिने सम्बन्ध विच्छेदमा महिलालाई जबरजस्ती धकेलिएको हुन्छ । उनीहरुमा कानुनी अनविज्ञता नै देखिन्छ ।” कर्णाली प्रदेश सरकारले बनाएको कानूनबारे अहिलेसम्म जिल्ला… पुरा पढौ

बिजुलीको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ फड्को : विद्युत् व्यापार कम्पनीले पायो अनुमति

काठमाडौं, १० पुस । सरकारले अन्तर्राष्ट्रिय रुपमा विद्युत् व्यापारका लागि पहिलो पटक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई अनुमति दिएको छ । मन्त्रिपरिषद्को बैठकले विद्युत् व्यापार कम्पनीलाई अनुमति दिएको हो । प्राधिकरणले झण्डै तीन वर्ष पहिले सो कम्पनी स्थापना गरी अनुमतिका लागि माग गर्दै आएको थियो । “विद्युत् व्यापारका लागि सरकारले प्राधिकरणको सहायक कम्पनीलाई अनुमति दिएको छ । अब सबै प्रक्रिया अगाडि बढ्छन्” ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भनिन्, “विद्युत् व्यापारका लागि आवश्यक कामका लागि कम्पनीले अब प्रक्रिया अगाडि बढाउँछ… पुरा पढौ