मुख्य समाचार

प्रचण्डको प्रतिवेदन युग सुहाउँदो भएको महाधिवेशन प्रतिनिधिको टिप्पणी

काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेनशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आजको युग सुहाउँदो रहेको प्रतिनिधिहरूले टिप्पणी गरेका छन् । अध्यक्ष प्रचण्डले आज अढाई घण्टा लगाएर विभिन्न सात बुँदामा समेटिएको ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनको प्रतिवेदन करिब २०० पृष्ठको छ । प्रतिवेदनले देश विदेशको वर्तमान अवस्था र अबको कार्यनीतिबारे स्पष्ट बोलेको प्रतिनिधिले जानकारी दिए । केही छिटपुट कुराहरू… पुरा पढौ

आइतबार ७१ अंकले बढेको नेप्से आज ६९ अंकले घट्यो

काठमाडौं, १२ पुस । साताको दोस्रो दिन सेयर बजारमा ठूलो अंकले गिरावट आएको छ । केही दिन अगाडि लगातार ओरालो लोगेको सेयर बजार बुधबार यता उकालो चढेको थियो । आइतबार मात्रै सकारात्मक लयमा देखिएको सेयर बजार आज फेरि ह्वात्तै घटेको छ । आइतबार दुई उपसमूह बाहेक सबैमा हरियो लागेको थियो भने आज सबै समूह रताम्य देखिएका छन् । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार नेप्से परिसूचक आज ६९.७७ अंकले घटेर दुई हजार ५२१.६५ अंकमा झरेको छ । आइतबार भने नेप्से ७१.२०… पुरा पढौ

सुदूरपश्चिमका विमानस्थल स्तरोन्नति गर्न १ अर्ब ३० करोड विनियोजन

काठमाडौं, १२ पुस । सुदूरपश्चिममा सबै जिल्लाका विमानस्थल स्तरोन्नतिका लागि एक अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ । गेटा विमानस्थलका लागि एक अर्ब रुपैयाँ, अछामको साँफेबगर र कमलबजार विमानस्थलका लागि ६ करोड रुपैयाँ, कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि दुई करोड ५१ लाख रुपैयाँ, बैतडीको पाटन विमानस्थलका लागि एक करोड ५०… पुरा पढौ

आजको मौसम : न्यून चापीय प्रणालीको असरले हिमपातको सम्भावना

काठमाडौं, १२ पुस । नेपालमा प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको असरले विभिन्न क्षेत्रमा हिमपातको सम्भावन देखिएको छ । सोमबार देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्यदेखि पूर्णतया बदली र तराईका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार र बुधबार सो प्रणालीले देशभर फैलिई सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा… पुरा पढौ

तोलामा १०० रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं, १२ पुस । साताको दोस्रो दिन सोमबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । दुई दिनसम्म स्थिर मूल्य रहेको सुन सोमबार उकालो चढेको छ । शुक्रबार नै कायम भएको मूल्य आइतबारसमेत यथावत थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य आज ९२ हजार सात सयमा कारोबार भइरहेको छ । आइतबार भने छापावाला सुनको भाउ शुक्रबारकै भाउ प्रतितोला ९३ हजार १०० रुपैयाँ र… पुरा पढौ

१ करोड ५० लाख बराबरको अवैध सामग्री बरामद

वीरगञ्ज, १२ पुस । जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाको अवधिमा करिब १ करोड ५० लाख बराबरको अवैध मालसामान बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो । प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले गत मङ्सिर १२ गते पर्साको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका थिए… पुरा पढौ

महामारी, विपद् न्युनिकरणमा सरकार र नागरिकको भूमिका समान

पोखरा १२ पुस । महामारी र विपद्को समयमा सरकार र नागरिक समाजको महत्वपूर्ण भूमिका हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले पोखरामा आयोजना गरेको महामारी र विपद्मा राष्ट्रिय मानवअधिकार संस्थाहरु र नागरिक समाजको भूमिका तथा चुनौति बिषयक अन्तक्र्रियामा बोल्दै गण्डकी प्रदेशका शिक्षा प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले सरकारको एकल प्रयासले मात्र विपद् न्युनिकरण गर्न नसकिने बताउँदै यसमा नागरिकको पनि महत्वपूर्ण भूमिका हुने बताए । उनले किताबी ज्ञानले मात्र पर्याप्त नहुने भन्दै समाज उपयोगी… पुरा पढौ

मालढुङ्गा-बेनी सडक स्तरोन्नतिका लागि माघ १४ गतेसम्म दैनिक ५ घण्टा बन्द हुने

म्याग्दी, १२ पुस । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरूपमा गति दिन यही पुस १५ गतेदेखि २०७८ माघ १४ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको अध्यक्षतामा बसेको बैठकले पुस १५ देखि माघ १४ गतेसम्म प्रत्येक दिन बिहान १०ः३० देखि दिउँसो ३ः३० सम्म मालढुङ्गा–बेनी सडकमा यातायात… पुरा पढौ

आगामी निर्वाचनमा एमालेको बहुमत आउँछ : अध्यक्ष ओली

दमक, ११ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उनले उल्लेख गरे । दमक नगरपालिका–३ स्थित निर्माणाधिन दमक भ्यूटावरको अवलोकन पछि आज आयोजित सभामा अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर जनताले फेरि तीनै तहको निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने दाबि गरे । “एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको हो”, उनले भने, “अब जनताले बहुमत दिएर एमालेलाई… पुरा पढौ

व्यवसायीहरु भन्छन् – सुनचाँदी खरिदबिक्रीमै झमेला हुन थाल्यो

काठमाडौं, ११ पुस । नेपालमा बहुमूल्य गरगहनाहरुको किनबेचमै झमेला हुने गरेको व्यवसायीले बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमका सहभागीले बहुमूल्य गरगहनाहरुको किनबेच गर्न कानुनी रुपमा नै झन्झटिलो हुने गरेको बताएका हुन् । काठमाडौं सुनचाँदी व्यवसायी संघद्वारा आयोजित आयकर शिक्षा अन्तरक्रिया कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक मणिरत्न शाक्यले व्यापारीहरु करको दायरामा आउन चाहे पनि अडिटमै खरिद बिक्रीमा झमेला हुने गरेको बताए । उनले भने, ‘व्यापारीहरु करको दायरामा आएका छन् । तर, त्यसमा नगद र चेक भुक्तानीबाट हुने कारोबारले गर्दा… पुरा पढौ