मुख्य समाचार

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान सुरू

रसुवा, ४ पुस । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य सुरू भएको छ । आयोजनाको अधिकांश संरचना निर्माण सम्पन्न भए पनि कोभिड–१९ सङ्क्रमणका कारण दक्ष प्राविधिक कार्यस्थलमा नआउँदा लामो समयदेखि स्थगन रहेको उपकरण जडान कार्य भर्खरै मात्र सुरू भएको हो । आयोजनाका प्रमुख सत्यराम ज्याख्वाका अनुसार १११ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको उपकरण जडान गर्न जिम्मा पाएको भारतीय कम्पनी भोइथ इण्डियाले धेरै लामो समयपछि दक्ष जनशक्ति उपलब्ध गराएलगत्तै उपकरणको जडान अगाडि बढेको हो । उपकरण जडान गर्न करिब… पुरा पढौ

आश्रित परिवारले पेन्सन पाउन थालेपछि सामाजिक सुरक्षाप्रति आकर्षण बढ्यो

काठमाडौं, ४ पुस श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सामाजिक सुरक्षा कोषप्रति आकर्षण र विश्वसनियता बढेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ–नेपाल आबद्ध परिषद्ले आयोजना गरेको सामाजिक सुरक्षाको वर्तमान अवस्था आगामी कार्यदिशा विषयक अन्तरक्रियामा उनले कोषमा आबद्ध भएकाहरुका आश्रित परिवारले पेन्सन पाउन थालेपछि यसप्रति आकर्षण र विश्वसनियता पनि बढेको बताए। सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न यस्तै प्रकृतिका अन्य निकायसमेत हुँदा कतिपयलाई अन्योल रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले कोषले प्रदान गर्ने सुविधा अन्यत्रबाट प्राप्त गर्न कठिन रहेको बताए। सामाजिक सुरक्षा… पुरा पढौ

धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा

काठमाडौं, ४ पुस । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवीलगायत स्थानमासमेत मेला लाग्ने… पुरा पढौ

उधौलीले आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउँछ : प्रधानमन्त्री देउवा

काठमाडौं, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले किरात समुदायको महान पर्व उधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले उधौली पर्वको अवसरमा आज एक सन्देश जारी गर्दै नेपालको उच्च पहाडी भूभागमा ठूलो सङ्ख्यामा बसोबास गर्ने किरात समुदायद्वारा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन मनाउने उधौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। किरात समुदायको मान्यताअनुसार आजको दिनदेखि हिउँद सुरु हुने… पुरा पढौ

आईतबारदेखि ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई खोप लगाईने(सूचीसहित)

काठमाडौं, ३ पुस । सरकारले आईतबारदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडेर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिए । प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ । यस्तै खोप लगाउनेमा… पुरा पढौ

आईतबार सेयर बजार बन्द हुने

काठमाडौं, ३ पुस । आईतबार पुस ४ गते सेयर बजार बन्द हुने भएको छ । नेपाल सरकारले आईतबार उपत्यकामा सार्वजनिक बिदा दिएको कारण सेयर बजार बन्द हुने भएको हो । बिदाकाे कारण सेयर काराेबार नहुने भएकाेले बजार बन्द हुने नेप्सेले जनाएकाे छ । नेपाल सरकार गृहमन्त्रालयले एक सूचना जारि गरेर उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) काे अवसरमा देशभरका सम्बन्धीत समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । मन्त्रिपरिषद्को पुस १ गते को… पुरा पढौ

संवैधानिक अधिकार खोसेर लिनुपर्छ-उपसभामुख शर्मा

गण्डकी, ३ पुस । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरुले संविधानले व्यवस्था गरेका हक अधिकार मागे र नभई खोसेर लिनुपर्ने बताएकी छन् । नेपाल रेडक्रस सोसाईटी कास्की लैङगिक तथा सामाजिक समावेशिकरण समितिद्धारा आज पोखरामा आयोजित जिल्ला स्तरीय महिला गोष्ठीको उद्घाटन गर्दै उने त्यसका लागि महिलाहरु संगठित भएर लाग्नु पर्ने बताइन। महिलाहरु राजनैतिक, सामाजिक र आर्थिकरुपमा हस्तक्षपकारी भूमिका निर्वाह गर्दै सशक्तिकरणमा लाग्नु पर्ने बताउँदै उनले प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता हुनु पर्नेमा जोड दिइन। दुःख र अन्यायमा परेका व्यक्तिको… पुरा पढौ

तीन पालिकाले तीन पर्यटकीयस्थलको पर्यटन प्रवर्धन गर्दै

चितवन, ३ पुस । नेपालका प्रमुख पर्यटकीय स्थलमा पर्ने तीन पालिका त्रिकोणात्मक पर्यटन प्रवर्धनमा लागेका छन् । चितवनको भरतपुर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका त्रिकोणात्मक पर्यटन पवबद्र्धनमा लागेका हुन् । भरतपुर महानगरपालिकाको अगुवाइमा भरतपुर, पोखरा, लुम्बनी स्वर्ण त्रिकोण प्रवद्र्धन कार्यक्रम अगाडि बढाईएको हो । महानगरपालिकाले भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा लुम्बिनी र पोखराका पालिकासँग सम्झौतासमेत गरेको थियो । महानगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरेर महानगरको टुर प्याकेज घोषणासँगै स्वर्ण त्रिकोण गन्तव्य प्रवद्र्धन कार्यक्रमसमेत शुभारम्भ गरेको… पुरा पढौ

नेता डा रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी

काठमाडौं, ३ पुस । नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहीन भएका थिए । अध्यक्षको उम्मेदवार भएपनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताए। उनकाे थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा रावलको परामर्शबमोजिम हुने स्पष्ट गरे। पार्टीको गत… पुरा पढौ

प्रथम थकाली युवा राष्ट्रिय भेला, नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण् पोखरामा हुने(भिडियाे)

पोखरा, ३ पुस । प्रथम थकाली युवा युवा राष्ट्रिय भेला, नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण (इपीएस) कार्यक्रम पुस को ७ गतेदेखि ११ गतेसम्म पोखरामा आयोजना हुने भएको छ । थकाली युवा परिवार, नेपालले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर १९ क्षेत्रका युवाहरुलाई पोखरामा बोलाएर राष्ट्रिय भेला, नेतृत्व तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण् आयोजन गर्न लागेको जानकारी दिएको हो । परिवारका अध्यक्ष योगेन्द्र शेरचनले थकाली आदीवासीहरुको आफ्नै सामाजिक मान्यता रहेको बताउँदै आफ्नो भाषा, रीतिथिति, संस्कृतिको उचित संरक्षण्, संवर्धन र समृद्धिकरणका लागि रहँदै… पुरा पढौ