मुख्य समाचार

पुर्नकर्जामा १२० अर्ब लगानी, एक लाख ३३ हजार ऋणीलाई सहुलियतपूर्ण कर्जा

काठमाडौं, ४ पुस । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको चौमासिक समीक्षामा कर्जा तथा वित्तीय क्षेत्रसम्बन्धी व्यवस्थामा लगानी स्वीकृत गरेको छ । सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा चालू आवको चार महिनामा १२० अर्ब ११ करोड रुपैयाँ लगानी गरेको छ । यस अवधिमा एक लाख ३३ हजार ९३० ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २०५ अर्ब दुई करोड रुपैयाँ कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको विवरणअनुसार सहुलियतपूर्ण कर्जाअन्तर्गत कृषि तथा पशुपन्छी व्यवसायमा ५५ हजार… पुरा पढौ

एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गर्यो लाभांश वितरणको घोषणा

काठमाडौं, ४ पुस । एनआरएनए इन्फ्रास्ट्रचर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको सम्पन्न संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले वितरणयोग्य संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांशसहित ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । कम्पनीले लभांश वितरणको प्रस्ताव पारित गर्नका लागि पुस २९ गते साधारण सभा आव्हान गरेको छ । सभाबाट संचालक समितिले प्रस्ताव गरेको… पुरा पढौ

नेपाल वेयर हाउसले रु १३ करोड ७५ लाख बराबरकाे आइपीओ निष्काशन गर्ने

काठमाडौं, ४ पुस । नेपाल वेयर हाउस कम्पनीले साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको प्रबन्धपत्र संशोधन गने गरी अधिकृत पुँजी रु ७० करोड र जारी पुँजी रु ६८ करोड ७५ लाख पु¥याउने प्रस्ताव सञ्चालक समितिले पारित गरेको छ । कम्पनीको सम्पन्न साधारणसभाले रु १३ करोड ७५ लाख बराबरका साधारण शेयर निष्काशन गर्ने भएको छ । साधारण शेयर बिक्रीका लागि कम्पनीले सम्बन्धित नियामक निकायमा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । कम्पनीका अध्यक्ष आनन्तकुमार बगडियाले कम्पनीलाई थप विस्तार गर्ने… पुरा पढौ

सबैको लघुवित्तको पाँचौं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई करिब ६ करोड ४० लाख बराबरकाे बोनस सेयर वितरण गर्ने

तनहुँ, ४ मंसिर । सबैको लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । तनहुँको बन्दीपुरस्थित बन्दिपुर माउण्टेन रिसोर्टमा सञ्चालन गरेको साधारणसभा अध्यक्ष सिर्जना जोशीको सभाध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाको सञ्चालन प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव केशवकुमार पौडेलले गरेका थिए । उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा ०७४ वैशाख २५ गते दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०७४ असार २५ मा वित्तीय कारोबारमा सञ्चालन गर्न अनुमति प्राप्त गरी विधिवत रुपमा २०७४ असार ३० गतेदेखि तनहुँ जिल्लाको… पुरा पढौ

सशस्त्रका ११ एसएसपीको पदस्थापन,नम्बर ५ बाहिनीमा सुवेदी, सचिवालयमा तिउसिना र इन्टेलिजेन्स ब्युरोमा कुँवर

काठमाडौ, ४ पुस । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले शुक्रबार एक जना वरिष्ठ उपरीक्षक (एसएसपी) तीन जना कामु एसएसपीको सरुवा र ११ जना कामु एसएसएपीको पदस्थापन गरेको छ । सशस्त्र मुख्यालयले हालै कामु एसएसपी बनेका ११ जनाको पदस्थापन गरेको हो । जसअनुसार नम्बर १ बाहिनीमा विश्व भट्टराई, २ मा विष्णुप्रसाद भट्ट, ३ मा माधव पौडेल, ५ मा दिग्विजय सुवेदी र ६ मा नीरकृष्ण अधिकारीलाई पदस्थापन गरेको छ । यसैगरी, भुपेन्द्र केसीलाई कार्यविभाग, कमल तिउसिनालाई सशस्त्र प्रहरी महनिरीक्षकको सचिवालय, सुधिरजंग थापालाई… पुरा पढौ

एमसिसि सबै दलको सहमतिबाट मात्रै पास हुनसक्छ : सह-महामन्त्री परियार(भिडियाे)

पोखरा, ४ पुस । नेपाली कांग्रेसका स-हमहामन्त्री जीवन परियारले अहिले चर्को बहसका रुपमा रहेको एमसिसि सबै दलहरुको सहमति भएन भने पास हुन नसक्ने बताएका छन् । तर उनले त्यसमा भएका असहमतिका बुँदाहरुलाई हटाएर सबै दलहरुको सहमति लिएर पास गर्न सकिनेमा शंका नभएको बताए । प्रेस यूनियन कास्कीले आज पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा निरन्तर कांग्रेसमा रहेर जिम्मेवारी पूरा गरेकै कारण आफुलाई सहमहामन्त्री बनाएर पठाएको पनि उनले बताए । आफुसंग दुई पटक केन्द्रीय सदस्य भएर ११ वर्ष काम गरेको अनुभव भएको… पुरा पढौ

अन्नबाली भित्र्याएपछि उधौली पर्व मनाउँदै किराँत समुदाय

काठमाडौं, ४ पुस । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाउँदै छन् । किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदै छन् । लिम्बूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्तरूपमा किराँत समुदायका सबै समुदायले उधौली सकेला अर्थात् उधौली पर्व मनाउँछन् । किराँत संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई… पुरा पढौ

तीन अर्ब ६० करोडकाे लगानीमा तल्लो मोदी जलविद्युत् आयोजना उत्पादन हुँदै

पर्वत, ४ पुस । मोदी खोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । निर्माण सुरु भएको नौ वर्षमा आयोजनाले उत्पादन सुरु गरेको हो । कुश्मा नगरपालिका–८ मा पावर हाउस र मोदी गाउँपालिका–५ बाजुङमा ड्याम रहेको यो आयोजनाले गत सातादेखि नियमित उत्पादन सुरु गरेको जनाएको छ । रु तीन अर्ब ६० करोड लागत अनुमान गरी २०६९ साउनमा सुरु भएको आयोजनाले ६० महिना अर्थात् २०७४ असारभित्रै उत्पादन दिने दाबी गरेको थियो । भूकम्प, नाकाबन्दी, कामदारको आन्दोलन,… पुरा पढौ

आजदेखि ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई खोप लगाईदै‌(सूचीसहित)

काठमाडौं, ४ पुस । सरकारले आजदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडेर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिए । प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ । यस्तै खोप लगाउनेमा… पुरा पढौ

माथिल्लो स्यांगे आयोजनाको विद्युत उत्पादन सफल परीक्षण

लमजुङ, ४ पुस । माथिल्लो स्यांगे जलविद्युत आयोजनाबाट २ दशमलव ४ मेगावाटको विद्युत् उत्पादन सफल परीक्षण भएको छ । मस्र्याङ्दी गाउँपालिका वडा नंं ४ मिप्रामा रहेको सो आयोजनाको हालै विजुली उत्पादन परीक्षण सफल भएको हो । आयोजनाका प्राविधिक सोम तामाङका अनुसार गत असोज १५ मा सो आयोजनाको निर्माण सम्पन्न भइ गत मङ्सिर २२ गतदेखि परीक्षण सुरु गरिएको छ । उहाँले भन्नुभयो “उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न नेपाल विद्युत प्राधिकरणसँग पत्राचार भइसकेको छ । सिभिल संरचना तथा जडान भएका उपकरणकोे… पुरा पढौ