मुख्य समाचार

काठमाडौंको तापक्रम यस वर्षकै कम मापनः अझै घट्न सक्ने सम्भावना

काठमाडौं, ३ पुस । काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौं उपत्यकाको तापक्रम तीन दशमलव चार डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको विभागका मौसमविद् प्रतिभा मान्नधरले बताइन । अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ । मौसमविद्का अनुसार राति बदली भए दिउँसो तापक्रम… पुरा पढौ

पर्यटन बोर्डका सिइओ रेग्मीलाई किन गरियो निलम्बन ?

काठमाडौं, ३ पुस । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिको बैठकले बोर्डका प्रमुख कार्यकारी अधिकत (सीईओ) डा. धनन्जय रेग्मीलाई निलम्बन गरेको छ । बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बोर्ड बैठकले सिइओ रेग्मीलाई निलम्बन गरेको पर्यटनमन्त्री प्रेम आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए। पदीय हैसियतको दुरुपयोग, नैतिक आँचरण विपरित काम गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा रेग्मीलाई निलम्बन गरिएको जनाइएको छ । सिइओ रेग्मीले एक महिनाअघि बेलायतबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय… पुरा पढौ

वायुसेवा सञ्चालक सङ्घकाे अध्यक्षमा क्याप्टेन रामेश्वर थापा सर्वसम्मत चयन

काठमाडाैं, ३ पुस । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता संस्था वायुसेवा सञ्चालक सङ्घ, नेपाल (आयोन) मा क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सङ्घको सम्पन्न २१ औँ वार्षिक साधारणसभाबाट थापासहित पादाधिकारी तथा सदस्य सर्वसम्मतिका साथ नेतृत्व चयन गरिएको हो । सिम्रिक एयरका कार्यकारी अध्यक्ष रहेका क्याप्टेन थापाको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमाल चयन भएका छन् । द्वितीय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई र तृतीय उपाध्यक्षमा अल्टिच्यूड एयरका निमानुरु शेर्पा… पुरा पढौ

दुर्गम क्षेत्रका पत्रकारलाई राहत, घुम्ती शिविरबाट प्रेस पास

म्याग्दी, ३ पुस । सूचना तथा प्रसारण विभागको आयोजनामा मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न घुम्ती शिविरबाट दुर्गम र विकट क्षेत्रका पत्रकारलाई राहत मिलेको छ । जिल्लामै पत्रकार परिचयपत्र (प्रेस पास) र अनलाइन दर्ता तथा नवीकरणको सुविधा पाएपछि मुस्ताङ र म्याग्दीका पत्रकारलाई राहत मिलेको हो । दुई दिनसम्म सञ्चालन भएको शिविर र क्षमता अभिवृद्धि तालिमबाट मुस्ताङ र म्याग्दीका ३० पत्रकार लाभान्वित भएका छन् । नेपाल पत्रकार महासङ्घ मुस्ताङ शाखासँगको सहकार्यमा दुई दिन सञ्चालन भएको शिविरमा पत्रकार परिचयपत्र र अनलाइन सञ्चारमाध्यमको दर्ता प्रमाणपत्र… पुरा पढौ

कांग्रेसको महिला केन्द्रीय सदस्यमा चित्रलेखा विजयी

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतगणना जारि छ । सबै पदाधिकारीको मतगणना सम्पन्न भएपछि सुरु गरिएको केन्द्रीय सदस्य प्रदेश नं २ (महिला) एक पदमा चित्रलेखा यादव विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यादवले दुई हजार ७३१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी गीता चौधरीले एक हजार ८८५ प्राप्त गरेकी समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । मतदानमा जम्मा चार हजार ६६२ मत खसेको र त्यसमध्ये ४६ मत बदर भएको थियो ।… पुरा पढौ

ओमिक्रोनबाट बच्न भारतमा अनावश्यक यात्रा र भीडभाड नगर्न आग्रह

नयाँ दिल्ली, ३ पुस । भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनबाट बच्न अनावश्यक भीडभाड र यात्रा नगर्न आग्रह गरिएको छ । ओमिक्रोनबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि भारतको सङ्घीय सरकारले उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको हो । “ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा फैलिएको पाइएको छ, अनावश्यक भीडभाड र अनावश्यक यात्रा नगर्नु हुन अनुरोध छ,” सरकारद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । भारतमा अहिलेसम्म १०१ जनामा ओमिक्रोन भाइरसको सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । यसको सङ्क्रमण थप… पुरा पढौ

साफ महिला फुटबल च्याम्पियनसिप : भूटानलाई हराउँदै नेपाल फाइनल नजिक

काठमाडौं, ३ पुस । यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । नेपालसँग पराजित भएसँगै भुटान लिग चरणबाटै बाहिरिएको छ । नेपालको जितमा मेनुका आले मगरले २ गोल गरिन् भने कुसुम खतिवडा र रजनी थोकरले समान १, १ गोल गरे । जितपछि अपराजित रहेको नेपालले चार खेलबाट सात अङ्क जोडेको छ । नेपाल… पुरा पढौ

‘क्यानभासमा हनुमानढोका प्रतिबिम्ब’

काठमाडौं, २ पुस । हनुमानढोका दरबार संग्रहालय विकास समितिले आफ्नो ११औं स्थापना दिवसको अवसरमा ‘क्यानभासमा हनुमानढोका प्रतिबिम्ब’ कला कार्यशाला आयोजना गरेको छ । यहाँको सांस्कृतिक महत्व झल्किने गरी चित्रकला कार्यशाला आयोजना गरिएको समितिले जनाएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले पुरातात्विक क्षेत्रमा यसैगरी चित्रकला कार्यशाला गर्न सकिए यसको महत्व बढेर जाने बताए । उनले विभिन्न विधागत विषयमा संग्रहालय भए जस्तै आधुनिक चित्रकलाको पनि संग्रंहालय हुनु पर्नेमा जोड दिए । संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दिप खनालले संग्रहालय… पुरा पढौ

प्रोग्रेशिभ फाइनान्सले गर्‍यो ७ प्रतिशत बोनसको प्रस्ताव

काठमाडाैं, २ पाैष । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने भएकाे छ । फाइनान्सले गतवर्षको नाफाबाट ७ प्रतिशत लाभांश खुवाउने भएको हाे । युवा बैंकर बिशाल हुमागाई प्रमुख कार्यकारी अधिकृत रहेकाे फाइनान्सकाे अध्यक्षमा अनुभबी एबं कुशल बैकर किशाेर महर्जन रहेका छन । महर्जन र हुमागाईकाे टिमले नेतृत्व गरेकाे फाइनान्सले २७ वर्षपछि सेयरधनीलाई लाभांश वितरण गर्न लागेकाे जनाइएकाे छ । पाैष १ गते बुधबार बसेको सञ्चालक समितिको ४७३ औं बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत… पुरा पढौ

पाैष मसान्तसम्म पुँजीगत बजेट ३० प्रतिशत खर्च गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, २ पुस । शुक्रबार अर्थ मन्त्रालयमा पुँजीगत खर्चसम्बन्धी अन्तर मन्त्रालयगत छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ-आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई निर्देशन दिएका छन् । समयमा पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको बताउँदै विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न मन्त्री शर्माले ताकेता गरेका हुन् । ‘बजेटहरूको सम्बन्धमा ढिलासुस्ती अर्थमन्त्रालयले गर्न मिल्दैन, गर्न पाउँदैन र गर्ने छैन भन्ने प्रतिवद्धता व्यक्त गर्दछु’, उनले भने, ‘आफ्नो… पुरा पढौ