मुख्य समाचार

सञ्चालनमा आयो मोतीपुर १३२/३३/११ केभी क्षमताको सबस्टेशन

काठमाडौं, २७ मङ्सिर । रुपन्देही र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली उपलब्ध गराउन महत्वपूर्ण मानिएका पूर्वाधार एकपछि अर्को गर्दै निर्माण सम्पन्न हुन थालेका छन् । प्राधिकरण नेतृत्वको नियमित अनुमगन र आवश्यक निर्देशनका कारण ऊर्जाका पूर्वाधारको विकास र विस्तारले गति लिएको छ । प्राधिकरणले कपिलवस्तुको बाणगङ्गा नगरपालिका–७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेशन सञ्चालनमा आएको छ । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई आठ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेशनमा लगिएको छ । सबस्टेशनमा रहेका ३० र १६ एमभीएका पावर… पुरा पढौ

प्रचण्डको पूँजीबजारबारे भनाई गैह्रजिम्मेवारपूर्ण, विवेकशील साझाद्वारा खेद व्यक्त

काठमाडौं, २७ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा व्यक्त बिचार यतिबेला आलोचनाको तारो बनेको छ । प्रचण्डले हिजाे “धितोपत्र बोर्ड, साम्राज्यवादको विकसित रुप” भनेर एक कार्यक्रममा बिचार व्यक्त गरेपछि उनी आलोचनाको तारो बनेका हुन । प्रचण्डको उक्त अभिव्यक्तिको विवेकशील साझा पार्टीले आलोचना गर्दै उनको भनाई गैह्रजिम्मेवारीपूर्वक आएको र अनुत्तरदायी भएको बताउँदै खेद व्यक्त गरेको छ । वर्तमान सरकारमा प्रचण्डको पार्टी पनि सामेल छ र उनको पार्टीका नेता जनार्दन शर्मा अर्थमन्त्री रहेका छन् । दुईदुई पटक सरकारको नेतृत्व गरिसकेका व्यक्तिले… पुरा पढौ

कांग्रेस महाधिवेशन : राति ९ बजेसम्म मतदान हुने

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतदानको समय ४ घण्टा थप गरिएको छ । यसअघि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएकामा ४ घण्टा थप गरिएको निर्वाचन समितिले जनाएको छ । यसअघि निर्वाचन समितिले बिहान ८ देखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको थियो । तर, दिउँसो साढे ११ बजेमात्र मतदान सुरु भएको थियो । अपराह्न ५ बजेसम्म एक हजार ९९३ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । मतदानका लागि भृकुटीमण्डप र राष्ट्रियसभामा मतदान केन्द्रमा मतदान भइरहेको छ… पुरा पढौ

मंगलबार बोलाइएको संसद बैठकमा ६ अध्यादेश पेश गरिने

काठमाडौं, २७ मंसिर । मंगलबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेश हुने भएको छ । संसद सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेश गर्ने उल्लेख छ । मंगलबार दिउँसो २ बजे बस्ने बैठकमा सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् । त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय, पहिलो संशोधन) अध्यादेश २०७८ पेश गर्नेछन् । त्यसपछि तेजाब तथा अन्य घातक रासायनिक… पुरा पढौ

लामाे समय लाभ हुने कम्पनी छानेर लगानी गरौं : अर्थमन्त्री शर्मा

काठमाडौं, २७ मङ्सिर । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिएका छन् । “शेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ”, उनले भने “अर्थमन्त्रीले शेयर बजार बढाउने घटाउने गर्दैन, लगानीकर्ता आफै जिम्मेवार भएर लगानी गर्नुस् ।” बीमा समितिको नयाँ भवनको आज ललितपुरमा शिलान्यास गर्दै अर्थमन्त्रीले कम्पनी चिनेर ढुक्कले लगानी गर्न प्रोत्साहित गरे। पछिल्लो समय शेयर बजारमा आएको गिरावटको दोष आफूमाथि लगाएको भन्दै उनले… पुरा पढौ

७९ अंकले घट्यो नेप्से, करिब ४ अर्बको सेयर किनबेच

काठमाडौं, २७ मंसिर । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा भारी अंकले गिरावट आएको छ । कारोबार मापक नेप्से परिसूचकमा ७९ अंकले ७९.२३ अंकले घटेर दुई हजार २८२ अंकमा झरेको छ । आज नेप्से परिसूचकसँगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२.४७ अंकले घटेको छ । आज दिनभर भएका ६२ हजार ८०९ कारोबारबाट २३३ कम्पनीका ९६ लाख ७९ हजार ७२ कित्ता सेयर तीन अर्ब ९९ करोड ५६ लाख ४ हजार १७८ रुपैयाँमा किनबेच भएका छन् । सेयर… पुरा पढौ

‘विद्युत खपत बढे ऊर्जाको लगानी जोखिममा पर्दैन’

काठमाडौं, २७ मंसिर । नेपालको ऊर्जा क्षेत्रमा हालसम्म भएको लगानीको संरक्षण गर्दै थप विस्तारका लागि पनि आन्तरिक खपत बढाउँदै भारत र बंगलादेशमा समेत बिक्री गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । मुलुकको प्रणालीमा दुई हजार मेगावाट बराबरको बिजुली उपलब्ध हुँदा नै रातको समयमा खेर जानु तर, खपतको मात्रामा गुणात्मक वृद्धि नहुनुले यस क्षेत्रमा भएको लगानी जोखिममा त पर्ने होइन भन्ने चिन्ता व्यक्त भइरहेको छ । ऊर्जा उद्यमीहरुका अनुसार हालसम्म नेपालको ऊर्जा क्षेत्रमा ६ खर्ब रुपैयाँ बराबरको लगानी भएको छ । बैंक तथा… पुरा पढौ

कांग्रेस निर्वाचन : ६०० मत खस्यो, भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान हुँदै

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज मतदान भइरहेको छ । साढे ३ घण्टा ढिलो गरी सुरु भएको मतदानमा दिउँसो २ बजेसम्म करिब ६ सय मत खसेको निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि चार हजार ७२३ जना महाधिवेशनले मतदान गर्नेछन् । मतदान गर्नका लागि भृकुटीमण्डपमा दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । पुरा पढौ

लाभांश पारित गर्न एनएमबि बैंकले डाक्यो साधारण सभा

काठमाडौं, २७ मंसिर । एनएमबि बैंकले लाभांश वितरणको प्रस्तावलाई पारित गर्न साधारण सभा आव्हान गरेको छ । बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको साधारण सभा पुस २२ गते काठमाडौं टुँडीखेलस्थि त्रिभुवन आर्मि क्लवमा बिहान साढे १० बजे डाकिएको छ । सभाबाट बैंकको हाल कायम रहेको चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनका लागि ३.३० प्रतिशत नगद लाभांशसहित १५.८० प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित… पुरा पढौ

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । मतदानका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा व्यवस्था मिलाइएको छ । ती मतदान केन्द्रहरुमा भोट खसाल्न प्रतिनिधिहरु लामबद्ध भएका छन् । राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् । त्यस्तै प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्रांगणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको… पुरा पढौ