मुख्य समाचार

सभापतिका उम्मेदवार न्यौपानेसहित ५६ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको पदाधिकारीसहित केन्द्रीय समितिमा उम्मेदवारी दर्ता गराएकामध्ये ५६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार मध्यान्नसम्म ५६ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार ६० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । तर, चार जनाको सनाखत हुन नसकेपछि ५६ जनाको मात्रै उम्मेदवारी फिर्ता भएको हो । सभापतिका उम्मेदवार युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् भने सहमहामन्त्री (थारु कोटा) तर्फका उम्मेदवार सुरेन्द्र चौधरीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै… पुरा पढौ

मुक्तिनाथ कृषि कम्पनीको क्षेत्रीय कार्यालय उद्घाटन

काठमाडौं, २६ मंसिर । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड बसुन्धरा काठमाडौले गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा क्षेत्रीय कार्यालय, कृषि प्रदर्शनी केन्द्र र कृषि उद्यमी परिचय पत्रको उद्घाटन गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विशिष्ट अतिथिको रुपमा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबि निवारणमन्त्री चन्द्रबहादुर बुढा, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्ययुमन पोखरेललगायत विभिन्न सरकारी निकायहरुको प्रमुखहरु, कृषकहरु, कृषि व्यवसायिहरु, सहकारीका प्रतिनिधिहरु र मुक्तिनाथ गु्रपसँग आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको… पुरा पढौ

जोमसोम–कोरला सडकको ६ खण्ड निर्माण सकियो

म्याग्दी, २६ मङ्सिर । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको ६ वटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३, ७४ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो । आयोजनाका प्रमुख जगत् प्रजापतिले चराङ–छोसेर २५ किलोमिटरबाहेक अन्य छवटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको बताए। “जोमसोम–कोरला खण्डको छवटा प्याकेजमा सडक स्तरोन्नति सकिएको… पुरा पढौ

लाभांश पारित गर्न साना किसान लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं, २६ मंसिर । साना किसान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको प्रस्तावलाई अनुमोदन गर्न पुसको १८ गते २०औं साधारण सभा बोलाएको छ । संस्थाले नेपाल प्रशासनिक प्रशिक्षण् प्रतिष्ठान जावालाखेल, ललितपुरमा पूर्वान्ह ११ वजे २६.३१ प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्न साधारण सभा बोलाएको हो । सभामा संस्थाको हाल कायम रहेको चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद लाभांशसहित २६.३१ प्रतिशत लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित हुनेछ । यस्तै प्रबन्धपत्र संशोधन, लेखापरीक्षकको नियुक्ती,… पुरा पढौ

कांग्रेस महाधिवेशन : उम्मेदवारको नामावली प्रकाशन, मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु भएको छ । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मंसिर २६ गते बिहान ११ बजेसम्म निर्धारण गरिएको छ । यसैगरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै दिउँसो १२ः१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुनेछ । यसअघि शनिबार उम्मेदवार मनोनयन दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म भएका थियो । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ… पुरा पढौ

‘राष्ट्रिय एकता’को भावना जगाउन काभ्रेका विद्यालयमा राष्ट्रिय सेवा दल गठन

काभ्रेपलाञ्चोक, २६ मङ्सिर । ‘राष्ट्रिय एकता’को भावना जगाउन काभ्रेका पाँच विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरिएको छ । नेपाली सेनाद्वारा बालबालिकामा विद्यालयस्तरबाटै राष्ट्रिय भावना जागृत गर्न, अनुशासन, बफादारिता, इमान्दारिता र नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले यस्तो दल गठन गरिएको हो । प्राकृतिक प्रकोपलगायतका विपद् भइरहने र जनधनको क्षति हुने गरेका कारण स्थानीयस्तरमै जनशक्ति तयार गर्ने उद्देश्यले ऐनमा भएको व्यवस्थाअनुसार दल गठन तथा कार्यान्वयन सुरु गरिएको जनाइएको छ । साथै दलमा आवद्ध विद्यार्थीलाई एल्मुनाई एशोसिएशनमार्फत सक्रिय गराई सामाजिक कार्यमा समेत… पुरा पढौ

को हुन ४० वर्ष बिनाकसुर कारागार बसेका तिम्सिना ?

इलाम, २६ मङ्सिर । सामान्यतया कारागार कुनै कसुरमा परेर दोषी प्रमाणित भएपछि बसिन्छ । सजायवापत निश्चित समयपछि कारागारबाट निस्किन्छ । इलामका एक व्यक्ति भने योभन्दा भिन्न प्रक्रियाबाट कारागार बसेका छन् । जो दोषी करार नभई अभियुक्तकै रूपमा कारागार बसेका छन् । त्यही पनि दुई, चार वर्ष नभई ४० वर्षसम्म । यी हुन् इलाम माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना । दुर्गाप्रसाद कामका सन्दर्भमा भारत गएका बेला भारतकै जेल पर्नुभएको हो । चालिस वर्ष कारागार बस्दा दुर्गाप्रसादले धेरै चिज गुमाउनुपरेको छ । आफ्नो… पुरा पढौ

अवैध रूपमा सुन भित्र्याउने क्रम रोकिएन, तीन पक्राउ

काठमाडौं, २६ मङ्सिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन । प्रहरीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस पक्राउ गर्दै आएको छ । सोक्रममा हालैमात्र दुबईबाट काठमाडौँ आएका भारतीय नागरिकले अवैध रुपमा सुन भित्र्याएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भारत घर भएका ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रूपमा काठमाडौँ ल्याएको ९०५ ग्राम अर्धठोस सुनसहित पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । उनीसँगको सोधपुछको आधारमा अन्य एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी… पुरा पढौ

एमाले बैठक : फागुन मसान्तभित्र सबै जनवर्गीय सङ्गठनको महाधिवेशन गर्ने

काठमाडौं, २६ मङ्सिर । नेकपा (एमाले)ले फागुन मसान्तभित्र सबै जनवर्गीय सङ्गठनको महाधिवेशन सक्न निर्देशन दिएको छ । एमालेको भक्तपुरमा जारी रहेको दोस्रो केन्द्रीय कमिटी बैठकले फागुन मसान्तभित्र सबै जनवर्गीय सङ्गठनको महाधिवेशन र राष्ट्रिय सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकको प्रारम्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दशाैं राष्ट्रिय महाधिवेशनले पार्टीलाई ऊर्जा, नयाँ शक्ति र नयाँ उत्साह भरेको उल्लेख गर्दै त्यो उत्साहलाई समाजको अग्रगामी रूपान्तरणका लागि प्रयोग गर्न सिङ्गो पार्टी परिचालन गर्नका लागि सबै सदस्यलाई आह्वान… पुरा पढौ

२३ औं ‘सडक महोत्सव’ पुस १५ देखि १७ सम्म पोखरामा

पोखरा, २५ मंसिर । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा ‘सडक महोत्सव’ हुने भएको छ । आगामी पुस १५ देखि १७ गतेसम्म रेष्टुरेण्ट एण्ड वार एसोसिएसनको आयोजनामा पोखरा लेकसाइडमा २३ औँ सडक महोत्सव हुने भएको हो । पोखरा सुरक्षित रहेको सकरात्मक सूचना प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ बर्ष २०२२ को अवसरमा सडक महोत्सवको आयोजना गरिएको (रेवान)ले शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । पोखराको ब्राण्डका रुपमा स्थापित भएको ‘पोखरा सडक महोत्सव’लाई यसपटक पनि निरन्तरता दिएको रेवानका… पुरा पढौ