मुख्य समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौँ, २६ वैशाख। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०६ रुपैयाँ २५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९५ पैसा… पुरा पढौ

यी प्रदेशमा वर्षा र हिमपातकाे सम्भावना

काठमाडौं, २६ वैशाख । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भु–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम सम्मको वर्षा साथै मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले… पुरा पढौ

स्वरोजगार लघुवित्तको नाफामा ३१ प्रतिशतको फड्को

काठमाडौं, २५ वैशाख । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार संस्थाले नाफा सहितका अधिकांश प्रमुख वित्तीय सूचकहरूमा उत्साहजनक सुधार देखाएको छ। १. नाफा र आम्दानीमा बलियो वृद्धि चैत मसान्तसम्ममा संस्थाको खुद नाफा ३१.२० प्रतिशतले बढेर २१ करोड २ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १६ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो। नाफा बढ्नुमा संस्थाको आम्दानीका स्रोतहरूमा भएको सुधार मुख्य कारण देखिएको छ:… पुरा पढौ

नेप्सेमा २७ अंकको सुधार, ३ अर्ब २८ करोडकाे कारोबार

काठमाडौं, २५ वैशाख । साताको अन्तिम कारोबार दिन शुक्रबार धितोपत्र बजार परिसूचक (नेप्से) मा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो दिनको बढोत्तरीलाई पछ्याउँदै यस दिन नेप्से परिसूचक २७.४९ अंकले बढेर २७४५.६५ विन्दुमा पुगेको छ। बजारसँगै सेन्सेटिभ इण्डेक्स पनि ३.२४ अंकले सकारात्मक देखिएको छ। नेप्सेमा आएको सुधारसँगै लगानीकर्ताको मनोबल बढेको संकेत कारोबार रकममा पनि देखिएको छ। १. कारोबार विवरण बिहीबार २ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३३५ कम्पनीका ७४ लाख ७८ हजार कित्ता शेयर ३ अर्ब २८ करोड ६८ लाख… पुरा पढौ

‘सहकारी पीडितलाई सरकारी ढुकुटीबाट पैसा दिइँदैन’

काठमाडौं, २५ वैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी पीडितहरूलाई सरकारी कोषको रकम वितरण नगर्ने स्पष्ट पारेका छन्। सहकारी पत्रकार समाजद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बचतकर्ताको पैसा सहकारीका सञ्चालक र अपचलन गर्नेहरूबाटै असुल गरेर फिर्ता गराइने बताए। सरकारले बजेटमार्फत विनियोजन गरेको २५ करोड रुपैयाँ सिधै बचतकर्तालाई बाँड्न नभई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि 'बीउपूँजी' (Seed Money) को रूपमा परिचालन गरिने उनले प्रष्ट पारे। असुलीमा कडाइ र संरचनागत सुधार सचिव भुजेलले सहकारीको… पुरा पढौ

आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट

काठमाडौं, २५ वैशाख। सङ्घीय संसद् दुवै सदनको अधिवेशन यही वैशाख २८ गते सोमबारदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको अधिवेशन आगामी सोमबार दिउँसो २ः०० बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरिसक्नुभएको छ । सङ्घीय संसद्को नयाँ भवन निर्माण सम्पन्न नभएकाले यस पटक पनि प्रतिनिधिभाको बैठक निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय कक्षमा हुनेछ । राष्ट्रियसभाको पनि यसअघिकै संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा यो अधिवेशन सञ्चालन हुनेछ । नयाँ संसद् भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीले आगामी जेठ १५… पुरा पढौ

नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन मापदण्डबमोजिम गराउन निर्देशन

काठमाडौं, २५ वैशाख। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन–सङ्कलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानुनबमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ । सो कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुङ्गा, गिटी, बालुवा, माटोलगायत नदीजन्य र खानीजन्य पदार्थको उत्खनन स्थानीय तहबाट हुँदै आएकामा नदीजन्य र खानीजन्य पदार्थको उत्खनन, सङ्कलन, ओसारपसार तथा बिक्रीवितरणलगायत कार्य गैरकानुनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यानाकर्षण भएको जनाएको हो । प्रचलित कानुन, मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी नीतिबमोजिम विकास… पुरा पढौ

नागरिक लगानी कोषको नाफामा ९.६८ प्रतिशतले वृद्धि

काठमाडौं, २५ वैशाख। नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कोषले आफ्नो नाफा र आम्दानी दुवैमा उत्साहजनक वृद्धि हासिल गर्न सफल भएको छ। १. नाफा र आम्दानीको अवस्था समीक्षा अवधिमा कोषले ९८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको (८१ करोड ९० लाख रुपैयाँ) तुलनामा ९.६८ प्रतिशतको वृद्धि हो। कोषको कुल आम्दानी पनि गत वर्षको १ अर्ब ५२ करोडबाट बढेर… पुरा पढौ

समृद्धिका ‘६ स्तम्भ र ६० पहल’: महासंघ अध्यक्ष अञ्जन श्रेष्ठको ६० बुँदे राेडम्याप सार्वजनिक

काठमाडौं, २५ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न र देशको अर्थतन्त्रलाई गति दिन ‘६ स्तम्भ र ६० पहल’ को विस्तृत कार्यदिशा बाेकेकाे राेडम्याप सार्वजनिक गर्न भएकाे छ । महासंघमा आगामी तीन वर्षका लागि नेतृत्व सम्हाल्दै उहाँले ‘समृद्धि र सुशासनका लागि गतिशील निजी क्षेत्र’ लाई आफ्नो मुख्य एजेण्डा बनाउने घोषणा गर्नुभएकाे हाे । अध्यक्ष श्रेष्ठले ‘जोसिलो, जिम्मेवार र जीवन्त महासंघ’ को नारासहित निजी क्षेत्रको हकहितका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त… पुरा पढौ

यस्ताे छ आजका लागि निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, २५ वैशाख नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९४ रुपैयाँ २३ पैसा कायम… पुरा पढौ