मुख्य समाचार

रु ८ करोड बराबरको कारोबार गर्दै सकियाे हस्तकला मेला

काठमाडौं, ६ मंसिर । १८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल हस्तकला महासङ्घद्वारा काठमाडौँको ह्यात होटेलमा आयोजित तीन दिनसम्म चलेको मेलामा करिब रु आठ करोडको कारोबार भएको हो । कार्यक्रमको समापनमा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाली हस्तकलाको विदेशमा राम्रो माग भएको भन्दै हस्तकला क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकार लाग्ने बताए । उनले नेपालको अर्थतन्त्रमा हस्तकला क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी ‘श्रेष्ठ’ले यस्ता मेलाले नेपाली हस्तकलाको प्रवद्र्धनमा… पुरा पढौ

बैतडी जीप दुर्घटना अपडेटः मृतकको सङ्ख्या पाँच पुग्यो, सबैको परिचय खुल्यो

बैतडी, ६ मङ्सिर । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नंको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो । जीपमा सवार रहेका सात जनामध्ये पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुने सबै दशरथचन्द नगरपालिका–६ का रहेका छन्… पुरा पढौ

विद्यालयका पाठ्यक्रममा खेललाई समेट्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं, ५ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विद्यालय तहका पाठ्यक्रममा खेललाई समेटिनुपर्नेमा जोड दिएका छन् । पार्टीनिकट नेपाल खेलकुद महासङ्घले आज आयोजना गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रका नीतिको समग्र नीतिबाट राष्ट्रिय विकास नीति बन्ने भएकाले खेल क्षेत्रको नीति तर्जुमा लागि उत्तिकै ध्यान दिन पनि आग्रह गरे। उनले खेलाडीले खेलमा भन्दा बढी बाँच्नका लागि गाँसको खोजीमा बढी ध्यान दिनुपर्दा खेल क्षेत्रको विकास हुन नसकेको बताए । “आफ्नो क्षेत्रमा भन्दा बढी गाँस र… पुरा पढौ

कुमारीपाटीमा खुल्याे सानिमा बैंकको प्रायोरिटी काउन्टर

काठमाडौं,५ मंसिर । सानिमा बैंकले कुमारीपाटीमा प्रायोरिटी काउन्टर सुरू गरेकाे छ । बैकले आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी प्रधान कार्यालय नक्सालमा संचालन गर्दै आएको प्रायोरिटी काउन्टर मंसिर ५ गतेदेखि ललितपुरको लगनखेल, कुमारीपाटीमा पनि विस्तार गरेको हाे। आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको बैकले जनाएकाे छ। कुमारीपाटीस्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र प्रायोरिटी ग्राहक श्यामकाजी अवालेले संयुक्त रुपमा गरेका थिए ।… पुरा पढौ

विस्तृत शान्ति सम्झौताको १५ बर्ष पूरा, अझै आलै छन् द्धन्दका घाउहरु

पोखरा, ५ मंसिर। शान्ति सम्झौताको १५ बर्ष बितिसक्दा समेत वेपत्ता नागरिकहरुको अवस्था सार्वजनिक हुन नसकेको, पीडितहरुले राहत नपाएको, दोषीहरु खुलेआम रुपमा हिँडदा समेत कुनै कारवाही नभएको द्धन्द पीडितहरुले गुनासो गरेका छन् । एडभोकेसी फोरमले आइतबार पोखरामा आयोजना गरेको शाान्ति सम्झौताको उपलब्धि र चुनौति विषयक प्रादेशिक अन्तर सम्वाद कार्यक्रममा बोल्दै उनिहरुले यस्तो गुनासो गरेका हुन् । पर्वतकी द्धन्द पीडित कल्पना सुवेदीले राज्यबाट सेवा सुविधाका नाममा एउटा परिचयपत्र समेत नपाएको गुनासो गरिन् । त्यस्तै कास्कीका द्धन्द पीडित रामचन्द्र वि.क., तनहुँकी सिता कैनीले… पुरा पढौ

भारतीय योगगुरु रामदेव नेपालकाे सद्भावना पर्यटनदूत बन्ने

काठमाडौँ, ५ मङ्सिर । भारतीय योगगुरु रामदेवलाई नेपाल सरकारले पर्यटनदूतका रुपमा अघि सार्ने भएकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतीय योग गुरु रामदेवलाई नेपालको सद्भावना पर्यटन दूत बन्न आग्रह गरेका हुन । मन्त्रालयद्वारा आज पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा आयोजना गरिएको योग शिविरमा बोल्दै मन्त्री आलेले योगगुरु रामदेवलाई नेपालको सद्भावना पर्यटनदूत बन्न आग्रह गरेका थिए । मन्त्री आलेको आग्रहपछि योगगुरु रामदेवले नेपाल संसारकै अदितीय पर्यटकीय गन्तव्य भएको र आफू पर्यटन दूत हुन पाउनु गौरवको विषय भएको बताएका थिए… पुरा पढौ

कर्मचारी सञ्चयकोषले ५० लाखसम्मकाे जग्गा खरिद कर्जा दिने

काठमाडौं, ५ मंसिर । कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई कार्यविधि बनाएर जग्गा खरिद सापटीकर्जा दिने भएको छ । कोषमा एक वर्ष वा सो भन्दा बढी नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ताले उक्त कर्जा लिन पाउनेछन् । कोषले सामाजिक सुरक्षालाई दृष्टिगत गरी आवासको व्यवस्था सुनिश्चित् गर्न जग्गा खरिद सापटी कर्जा सुरु गरेको कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले जानकारी दिए । जग्गा खरिद सापटीको अधिकतम सीमा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी सञ्चयकर्ता कार्यरत तह वा श्रेणीको सुरु तलबमा र सेवा अवधिको आधारमा १० वर्षको… पुरा पढौ

शेयर बजारमा दोहोरो अंकको गिरावट, मौद्रिक नीतिको समिक्षा पर्खिदै लगानीकर्ता

काठमाडौं, ५ मंसिर । साताको कारोबार हुने पहिलो दिन आईतबार शेयर बजार ओरालो लागेको छ । लगानीकर्ताहरु राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षापछि कस्तो सन्देश प्रवाह गर्छ त्यसको पखाईमा रहेका छन् । बै‌कले यसै साता माैद्रिक नीतिकाे समिक्षा गर्ने यसअघिनै बताइसकेकाे हाे । १३ उपसमूहमध्य ११ वटा राताम्मै भएका छन् । बाँकी २ वटामा हरियो लागेको छ । नेप्सेमा दोहोरो अंकको यो गिरावटले फेरि आज लगानीकर्ताको मन खिन्न बनाएको छ भने कारोबार रकममा पनि गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका… पुरा पढौ

ऐतिहासिक एवं सांस्कृतिक महत्वका अभिलेखको प्रदर्शनीमा अवलोकनकर्ताकाे भिड

काठमाडौं, ५ मंसिर । राजधानीमा जारी हस्तकला व्यापार मेलामा ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका अभिलेखको प्रदर्शनीमा अवलोकनकर्ताको भीड बढेको छ । यही मङ्सिर ३ गतेदेखि सुरु भएको नेपाल हस्तकला महासङ्घको १८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगितामा राष्ट्रिय अभिलेखालयले पनि एउटा कक्ष लिएर ऐतिहासिक अभिलेखका सामग्री प्रदर्शनीमा राखेको हो । प्रदर्शनीमा १५औँ शताब्दीमा लेखिएको भागवतपुराण, नेपाल संवत् २९० मा लेखिएको शिवधर्म ग्रन्थको गाताचित्रलगायत सामग्री विशेष आकर्षणका रुपमा रहेका छन् । शिवधर्म ग्रन्थको गाताचित्र चोरी भई अमेरिका पुगेकामा सन् २०१३… पुरा पढौ

आजबाट १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई खोप दिइदैं

काठमाडौं ५ मंसिर । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजबाट कोभिडविरुद्धको फाइजर खोप दिन शुरु गरिएको छ । कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्ष उमेर माथिका व्यक्तिलाई दिइने फाइजर खोपको पहिलो मात्रा गत कात्तिक २८ देखि यही मङ्सिर ४ गतेसम्म दिइएको थियो भने दोस्रो मात्रा यही मङ्सिर २७ देखि आगामी पुस २ गतेसम्म दिइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले फाइजरका लागि तोकिएका गङ्गालाल ह्दयरोग केन्द्र, त्रिवि शिक्षण… पुरा पढौ