मुख्य समाचार

फेरि घट्यो सुन र चाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, १ मंसिर । मंसिर महिनाकाे पहिलाे दिन । साताको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ फेरि ओरालो लागेको छ । छपावाला सुनमा रुपैमाँ ५०० ले तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ५०० ले गिरावट भई प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ८०० रुपैयाँ तोकिएको थियो । तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार… पुरा पढौ

आरम्भ चौतारीमा देउराली गाभियो,एकीकृत कारोबार सुरु

काभ्रेपलाञ्चोक, १ मङ्सिर । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग रुपेन्देहीको बुटवल उपमहानगरपालिकामा अवस्थित देउराली लघुवित्त वित्तीय संस्था गाभिएको छ । दुई वित्तीय संस्था गाभिएर मङ्गलबारदेखि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकै नाममा एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबार सुरु भएपश्चात संस्थाको चुक्ता पूँजी रु ३० करोड ६९ लाख २३ हजार र सदस्य संख्या ५२ हजार ४१९ पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए। संस्थामा ९२ हजार ९५२ ऋणी छन् । यसमा आवद्ध… पुरा पढौ

नेपाल टेलिकमको नाफामा ४८.९० प्रतिशतले वृद्धि

काठमाडौं, १ मंसिर । नेपाल टेलिकमले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार भएपछि गत आर्थिक वर्षको तुलनामा झण्डै ५० प्रतिशतले मुनाफा वृद्धि गरेको छ । गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ असोज मसान्त) मा खुद मुनाफा रु एक अर्ब ५१ करोड ७७ लाख ६९ हजार रहेकामा चालु आवको सोही अवधि (२०७८ असोज मसान्त) मा रु ७४ करोड २१ लाख ३४ हजार (अर्थात् ४८.९० प्रतिशत) ले वृद्धि भई रु दुई अर्ब २५ करोड ९९ लाख चार हजार रहेको सो संस्थाले जनाएको… पुरा पढौ

प्रदेशको पहिचानका लागि विश्वविद्यालय : मुख्यमन्त्री पोखरेल

कास्की, १ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताएका छन् । गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कार्यपत्रको सङ्गालो ‘कन्फरेन्स प्रोसिडिङ्स’को पोखरामा विमोचन गर्दै उनले थुप्रै बहसका बीच सरकारले आफ्नै विश्वविद्यालय स्थापना गरेकाले यसले प्रदेशको पहिचान दिन सफल हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे। विश्वविद्यालय प्राविधिक, वास्तविक र व्यवहारिकरूपमा अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री नेपालीले सरकारको अवधारणाअनुसारको विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनतर्फ… पुरा पढौ

‘सर्वोच्च अदालतको गतिरोधको यथाशीघ्र निकास हुनुपर्नेमा जोड

काठमाडौँ, १ कात्तिक । सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधको तत्काल निकास खोजिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकले अदालतको विषयप्र्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राज्यको महत्वपूर्ण अङ्गका रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्नेमा जोड दिइएको छ । समितिको बैठकको निर्णय सञ्चारकर्मीलाई जानकारी गराउँदै सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अदालतको गतिरोधको सबै… पुरा पढौ

तथ्याङ्क सङ्कलन कार्यलाई प्रभावित नपार्न विभागकाे आग्रह

काठमाडाैं, १ मंसिर । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को मुख्य गणना कार्यअन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्यलाई प्रभाव नपार्न र कार्यरत कर्मचारीबाट भइरहेको निष्पक्ष कार्यलाई दुरुत्साहित नगर्न आग्रह गरेको छ । विभागले विज्ञप्ति जारी गरी कर्मचारीको जिउज्यानमा खतरा हुने कुनै पनि किसिमको विचार तथा वक्तव्य दिने कार्यले आपसी द्वन्द्व बढाउने र जनगणना कार्यमा प्रतिकूल प्रभाव पर्ने हुँदा राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका, २०७७ को पूर्णपालना गर्नुहुन सम्बन्धित सबैमा आग्रह गरेको हो । यही कात्तिक २५ बाट सुरु भएको र आगामी मङ्सिर… पुरा पढौ

१० प्रतिशत लाभांश पारित गर्दै सकियो आरबिबि मर्चेन्ट बैंकिङको साधारण सभा

काठमाडौं, ३० कात्तिक । आरबिबि मर्चेन्ट बैकिङको छैंठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष तथा राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा भएको साधारण सभाले आर्थिक वर्ष २०७७, २०७८ को प्रस्तावित १० प्रतिशत नगद लाभांश र अन्य प्रस्तावहरुलाई छलफलपछि पारित गरेको छ । आरबिबि मर्चेन्ट बैंकिङ शहर बजारमा सिमित भईरहेको परिवेशमा अब यसको सेवा बिस्तार गरिने भएको छ । प्रमुख अतिथि तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले भने, अहिलेसम्म हामी शहर बजारमा… पुरा पढौ

गणकलाई सहि विवरण दिनुहोस्-जिसस प्रमुख अधिकारी

पाेखरा, २९ कात्तिक । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले राष्ट्रिय जनगणनाका लागि घरघरमा आउने गणकलाई सहि विवरण दिएर सहयोग गर्न आग्रह गरेका छन् । कास्की जिल्लाको रुपा गाउँपालिका वडा नं. ३ पोल्याङमा निर्माण गरिने नेपाल कुमाल सेवा समितिको पक्कि भवनको आज शिलान्यास गर्दै उनाँले सवै जातजातिले सत्य तथ्य पारिवारिक विवरण दिएर राज्यलाई सहयोग गर्नुपर्नेमा जोड दिए । निर्माण गरिने भवनले कुमाल जातिकोे उत्थानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै अधिकारीले भवन निर्माणसंगै अन्य आवश्यकताका लागि पनि आप्mनोतर्पmबाट… पुरा पढौ

ब्याजदर बृद्धिले नेप्सेमा परेन असर, सर्वत्र छायाे हरियाली

कठमाडौं, ३० कात्तिक । साताको कारोबार हुने तेश्रो दिन मंगलबार शेयर बजारमा सर्वत्र हरियाली छाएको छ । शेयर बजारको उकालोको यात्रा देखेर लगानीकर्ताहरु उत्साहित भएका छन् । नेप्सेमा उच्च अंकको बढोत्तरी हुँदा १३ वटै उपसमूहहरुले पनि उकालोको सुखद् यात्रा गरेका छन् । कारोबार रकममा पनि बृद्धि भएको छ । विशेष गरी पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्माले चालेको सकारात्मक कदम र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसंगको छलफलपछि शेयर बजार सकारात्मक लयमा फर्किएको देखिएको छ । राष्ट्र बैंकले सर्कुलर जारि गरेपछि… पुरा पढौ

उत्पादन बढेपछि किबीको मूल्य घट्यो

गलकोट, ३० कात्तिक । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले वार्षिक १० हजार केजी किबी उत्पादन गरेर बजार पठाउछन् । जिल्लामा पहिलो पटक किबीको व्यावसायिक उत्पादन थालेका उनले जिल्लामा किबी जागरणनै ल्याएका छन् । अहिले जिल्लाको पालिकास्तरमा मात्रै हैन प्रत्येक गाउँगाउँमा किबीखेती भइरहेको छ । नगदेबालीको रुपमा रहेको किबीलाई फलको राजासमेत भनिँदै आइएको छ । जिल्लामा एक दशकदेखि व्यावसायिक खेतीगर्न थालिएको किबीको अहिले लहर नै चलेको छ तर जिल्लामा हचुवाको भरमा खेती गर्नाले फल भने सानो लाग्ने गरेको छ… पुरा पढौ