मुख्य समाचार

वार्ता र संवादबाटै सर्वोच्चकाे गतिरोध अन्त्य गर्न संवैधानिक आयोगहरुको अनुरोध

काठमाडौं, ३० कात्तिक । विभिन्न नौ संवैधानिक आयोगले सर्वोच्च अदालतमा देखा परेको समस्यालाई वार्ता र संवादको माध्यमबाट अन्त्य गर्न अनुरोध गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोग, राष्ट्रिय महिला आयोगले संयुक्त रुपमा आज विज्ञप्ति जारी गरी नियमित रुपमा मुद्दाको सुनुवाइ हुने वातावरण सिर्जना गरी समयमै न्याय पाउने नागरिकको अधिकारको सुनिश्चितता गर्न सम्बद्ध सबै पक्षलाई अनुरोध गरेका हुन् । विज्ञप्तिमा भनिएको छ,–“हरेक समस्याको निकास… पुरा पढौ

सरावल गाउँपालिका मा ७०० बिघा जमिनमा सिँचाइ पुर्याइने

परासी, ३० कात्तिक । सात सय बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पु¥याउने गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा दङ्गिया–पेटबन्हिया सिँचाइ आयोजनाको निर्माण सुरुआत भएको छ । सिँचाइका लागि आकाशे पानी तथा बोरिङको भर पर्दै आएका उक्त क्षेत्रका कृषक आयोजना निर्माण सुरु भएपछि हर्षित छन् । लुम्बिनी प्रदेश सरकारले रु बीस करोड २३ लाख ३७ हजार लागत अनुमान गरी बजेट विनियोजन गरेको उक्त सिँचाइ आयोजनाले सरावल गाउँपालिका–१ र २ का आठ सयभन्दा बढी कृषक प्रत्यक्ष लाभावन्ति हुने अपेक्षा गरिएको छ… पुरा पढौ

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, मंसिर १ बाट लागू हुँदै

कठमाडौं, ३० कात्तिक । राष्ट्रिय वाणिज्य बैंकले मंसिर १ गते बुधबारबाट लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा न्यूनतम ४.११ प्रतिशत र अधिकतम ६.५५ प्रतिशत सम्मको ब्याज दिने भएको छ । मुद्धति निक्षेपमा न्यूनतम ८.११ प्रतिशत देखि १०.११ प्रतिशतसम्म रहेको छ । यसअघि मुद्धति निक्षेपको ब्याजदर ९.५५ प्रतिशत रहेको थियो । बैंकले पछिल्लो क्रममा निक्षेपमा ०.५६ प्रतिशत ब्याजदर बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको ब्याजको आधारदर ५.५१ प्रतिशत कायम गरिएको छ ।… पुरा पढौ

नेपाली कामदारको सुरक्षा र रोजगारीमा कतार सरकारकाे विशेष चासो : राजदूत मोहम्मद

चितवन, ३० कात्तिक । भरतपुर महानगर प्रमुख रेनु दाहालसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले शिष्टचार भेट गरेका छन् । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भेटवार्ता भएको हो । राजदूत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखे । राजदूत मोहम्मदले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि र अनुसन्धानलाई आदानप्रदान गर्ने गरी सम्झौताअनुसार काम अगाडि बढाइरहेको बताए । उनले चितवन आएर स्थानीय सरकार प्रमुखसँग भेटघाट गर्न पाउँदा आफू हर्षित भएको बताएको… पुरा पढौ

मूल्यवृद्धिको अनुपातमा भाडा समायोजन गर्न महासङ्घकाे माग

काठमाडौं, ३० कात्तिक । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले पेट्रोलियम पदार्थको भएको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन गर्न माग गरेको छ । महासङ्घका महासचिव राजेन्द्र विक्रम बानियाँले एक विज्ञप्ति जारी गरी छोटो अवधिमा पटकपटक गरिएको मूल्यवृद्धिले यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै मूल्यवृद्धिको अनुपातमा भाडादर वृद्धि गर्न माग गरेका छन्। “वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रकहरू सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र महासङ्घविच लिखित सम्झौता भए पनि उक्त सम्झौता कार्यान्वयनमा समस्या देखिएको छ”, महासचिव बानियाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । महासङ्घले… पुरा पढौ

नयाँ धान भित्र्याएका किसानले आज न्वागी खाने पर्व मनाउँदै

महोत्तरी, ३० कात्तिक । भर्खरै नयाँ धान बाली भित्र्याएका हिन्दू परम्पराका पर्वते (पहाडी) मूलका किसान आज न्वागी खाने पर्व मनाउँदैछन् । महोत्तरी जिल्लाको सुदूर उत्तरी क्षेत्रमा घरघरै जसो न्वागी खाने तयारी देखिएको छ । कात्तिक शुक्ल एकादशी पर्व (ठूली एकादशी, हरिबोधनी एकादशी) को साङ्गता (समापन) सँगै नयाँ अन्न होमादी गर्दै कात्तिक शुक्ल द्वादशीका दिन न्वागी खाएर (नयाँ धानको चामल दही र सख्खरमा भिजाइएको परिकार खाइने परम्परा) प्रचलनमा ल्याउने परम्पराअनुसार यो पर्व मनाइएको हो । पर्वका अवसरमा घरघरका आँगनमा रहने तुलसीका… पुरा पढौ

कोरला नाका जोड्ने सडक निर्माणकाे ढिलासुस्तीप्रति अध्यक्ष तिमिल्सिनाको चासो

म्याग्दी, ३० कात्तिक । बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणमा भएको ढिलासुस्तीप्रति राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चासो देखाएका छन् । चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी र मुस्ताङ खण्डमा सडक निर्माणको अनुगमनमा सोमबार मुस्ताङ पुगेका अध्यक्ष तिमिल्सिनाले ढिलासुस्तीप्रति असन्तुष्टि जनाएका हुन् । जोमसोम पुगेका अध्यक्ष तिमिल्सिनाले बेनी–जोमसोम खण्डमा भइरहेको सडक निर्माणको अवस्थाका बारेमा आयोजनाका अधिकारीसँग जानकारी लिएर कोरला नाकातर्फ प्रस्थान गरे। विसं २०७३ देखि सुरु भएको १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको ११ मध्ये ६ वटा प्याकेजमात्र निर्माण… पुरा पढौ

बिहानै ७ जना बन्दकर्ताहरु पक्राउ, पोखरा सुनसान

पोखरा, ३० कात्त्कि । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ७ जना कार्यकर्ता बिहानै पोखरामा पक्राउ परेका छन् । नेपाल बन्द गराउन भन्दै बिहानै सडकमा उत्रिएका उनीहरुलाई प्रहरी पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेकपा कास्की जिल्ला सदस्य तथा कार्यालय सचिव काजी गुरुङ, अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस कमिटिका उपाध्यक्ष युवराज लगायतका रहेका छन् । उनीहरुलाई छोरेपाटनबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । नेपाल बन्दलाई सफल बनाउन भन्दै बिहानै उनीहरुले सडकमा उत्रिएर टाएर बालेर विरोध प्रदर्शन गरेका छन् । नेकपाकी… पुरा पढौ

इन्सेकले गर्याे ‘महामारी र विपदले नागरिक समाजमा पारेकाे असर’ सम्बन्धी प्रतिवेदनमाथि छलफल(भिडियाे)

पोखरा, २९ कात्तिक । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले महामारी र विपदले नागिरक समाजमा पारेकाे असर सम्बन्धी एक अध्ययन प्रतिवेदनमाथि पाेखरामा छलफल गरेकाे छ । इन्सेक गण्डकीको आयोजनामा महामारी र विपदले नागरिक समाजमा पारेको असर’ सम्बन्धी प्रतिवेदन इन्सेककी केन्द्रीय संयोजक सम्झा श्रेष्ठले एक कार्यक्रमकाबिच सोमबार पोखरामा प्रस्तुत गरिन् । प्रतिवेदनमा पहिलो चरणको लकडाउनमा नागरिकप्रति सरकार कडा रुपमा प्रस्तुत भएको, अत्यावश्यक औषधिमा कालोबजारी, सरकारले राहत बाँडेपनि पहुँचवालाले राहत पाएको उल्लेख गरिएको बताइन । महामारीका कारण घरेलु हिंसाका घटनामा वृद्धि भएका, राजनीतिक… पुरा पढौ

अर्थमन्त्री शर्माले चासो लिएपछि शेयर बजारमा छायो हरियाली

काठमाडौं, २९ कात्तिक । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार झण्डै एक सातापछि शेयर बजारमा हरियाली छाएको छ । यसरी हरियाली छाएपछि अब उकालो चढ्लाकि भन्ने लख काट्न थालिएको छ । आज छाएको हरियालीले लगानीकर्तामा अब शेयर बजार सुध्रिने आशा जगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले 'क' वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिलाई बोलाएर तरलताको समस्या समाधानका बारेमा छलफल गरेपछि हरियाली छाएको छ । शर्माले यही बिषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पनि छलफल गरेका थिए… पुरा पढौ