मुख्य समाचार

प्रधानन्यायाधीशद्वारा बारलाई वार्तामा आउन आह्वान

काठमाडौं, २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आन्दोलनरत नेपाल बार एशोसिएन र सर्वोच्च बार एशोसिएनलाई वार्तामा आउन आह्वान गरेका छन् । उनले आज प्रेस विज्ञप्ति जारी गरी बारलाई वार्तामा आउन आह्वान गरेका छन्। “पारस्परिकता र हार्दिकताको त्यो क्रम जहाँबाट टुटेको छ, त्यहीँबाट समाधानको सम्भावना खोज्न सकिन्छ”, विज्ञप्तिमा भनिएको छ, “विधिका पक्षमा दृढतापूर्वक उभिँदै न्यायपालिकाका एकै परिवारभित्र देखिएका समस्या समाधान गर्न विग्रहको बाटो छोडी संवादको मार्ग अवलम्बन सबैमा आह्वान गर्दछु ।” “जनताको न्यायिक अधिकारको रक्षा गर्ने कर्तव्य एवं अधिकार न्यायपालिकासँग… पुरा पढौ

चालक अनुमतिपत्रका लागि तीन सातामा ४ लाखकाे पर्याे आवेदन

काठमाडौं, २९ कात्तिक । लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ । कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो सङ्ख्या झण्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । कोभिड सङ्क्रमणका कारण यातायात व्यवस्था… पुरा पढौ

घिसिङले गरे तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

दमौली, २९ कात्तिक । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे। “महत्वपूर्ण दातृ निकायको सहभागिता रहेको आयोजना तोकिएकै समयभित्र सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ,” घिसिङले भने । सहकार्य गरेर काम गर्नुपर्नेमा उनले जोड दिए। घिसिङले बाँधको निर्माणकार्य ढिलाइ भएको उल्लेख गर्दै यसलाई प्राथमिकता दिएर काम अगाडि बढाउन निर्देशन दिए। कार्यकारी निर्देशक घिसिङलाई तनहुँ… पुरा पढौ

एमालेको जनपरिचालन कमिटी विस्तार

काठमाडौं, २९ कात्तिक । नेकपा (एमाले)को आसन्न दसौँ राष्ट्रिय महाधिवेशनका लागि जनसङ्गठन जनपरिचालन कमिटीलाई विस्तार गरी २३४ सदस्यीय बनाइएको छ । कमिटीका संयोजक खिमलाल भट्टराईका अनुसार जनसङ्गठनका मुख्य पदाधिकारी र विशेष क्षेत्रका अगुवा नेता–कार्यकर्तालाई समेटेर कमिटी विस्तार गरिएको हो । एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकले मूल व्यवस्थापन कमिटीअन्तर्गत नेता भट्टराईको संयोजकत्वमा सो कमिटी गठन गरेको थियो । आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाखसम्म मानिसको उपस्थिति गराउन यो कमिटीले जनपरिचालन गर्नेछ । एमालेले… पुरा पढौ

पुस २ देखि ४ गतेसम्म चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

काठमाडौं, २९ कात्तिक । चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । आगामी पुस २ देखि ४ गतेसम्म नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजनामा उक्त प्रदर्शनी हुने भएको हो । प्रदर्शनी मिडिया स्पेस सोलुसन्स र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा तीन दिनसम्म हुने भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र तथा राष्ट्रिय आविष्कार केन्द्रको सहभागिता हुने प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित २०० बढी स्टलहरू राखिने भएको छ । लघु, घरेलु तथा साना उद्यमी र… पुरा पढौ

मुस्ताङको हिमपहिरो अपडेट : ‘नागरिकको जीवनरक्षामा दिनभर खटियौं’

काठमाडौं, २९ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकबाट आइतबार बिहान अप्रत्याशित रुमपा भीषण हिउँपहिरो खसेपछि मानवीय क्षति रोक्न दिनभर नै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधि सक्रिय भएको थियो । सुरक्षा अधिकारी घटनास्थलमा जान नसके पनि नजिकका बस्तीमा पुगेर मानवीय क्षति रोक्न दिनभर नै खटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । पहिलो काम नागरिकको जीवनरक्षा भएकाले प्रभावित क्षेत्रमा पुगेर सचेत गराउन दिनभर नै खटिएको उनले जानकारी दिए । प्रजिअ शर्मा आफैँ हिउँपहिरो प्रभावित क्षेत्र… पुरा पढौ

नेपाल प्रज्ञा प्रतिष्ठानको बजेट २५ करोड ४६ लाख

काठमाडौं, २९ कात्तिक । नेपाल प्रज्ञा प्रतिष्ठानको आज सम्पन्न ३६ औँ प्राज्ञसभाले चालु आर्थिक वर्षका लागि रु २५ करोड ४६ लाखको बजेट तथा कार्यक्रम तर्जुमा गरेको छ । कोभिड–१९ महामारीका कारण नेपाल सरकारको बजेट कटौती तथा प्रतिष्ठानको आन्तरिक आम्दानीमा कमी आएका कारण उक्त रकम मात्रको बजेट तथा कार्यक्रम पारित गरिएको हो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको सभामा सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभामा गत आवको यथार्थ आय रु १७ करोड ५७… पुरा पढौ

इन्धनको मूल्य वृद्धि भएसँगै हवाई भाडा बढ्यो

काठमाडौं, २९ कात्तिक । इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले हवाई भाडामा जोड्ने इन्धनको शुल्कमा अधिकतममा रु २२० वृद्धि गरिएको जनाएको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर रु ५ मूल्य बढाएको थियो । सोही अनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् । यसरी बृद्धि भएको भाडादरअनुरुप अब काठमाडौँबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु २२० बढेको छ । सङ्घका अनुसार नेपाल नागरिक उड्डयन… पुरा पढौ

हिमपहिरोमा १२० चौरी बेपत्ता

म्याग्दी, २९ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् । हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नरप्रसाद हीराचनले जानकारी दिए । “भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्किएका छन् । उनले भने, “भीम शेरचन र… पुरा पढौ

जनकपुरधाममा मंगलबार राति १० बजेसम्म निषेधाज्ञा

धनुषा, २९ कात्तिक । धनुषाको जनकपुरधाममा दुई समुदायबीच भएको विवादलाई लिएर लगाइएको निषेधाज्ञाको समयलाई लाई बढाइएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जनकपुरधाम उपमहानगरपालिका–२० मा लगाइएको निषेधाज्ञालाई मङ्गलबार राति १० बजेसम्मको लागि बढाउने निर्णय गरिएको जानकारी दिए। जनकपुरधाम–२० मा छठ पर्वमा अघ्र्य राख्नका लागि बनाउन लागेको घाटको विषयमा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको थियो । सोही विवादले शनिबार उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । प्रजिअ बाँस्तोलाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै मङ्गलबार राति १० बजेसम्म… पुरा पढौ