मुख्य समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंसिरदेखि एमबीबीएस पढाइ हुने

कर्णाली, २७ कात्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा निरेश थापाले जानकारी दिए। प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरुप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा थापाले बताए। “प्रतिष्ठानको बहुप्रतिक्षित एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम एमडी, एमएस, बिएनस, बिएमएस, बिपिएच र बिफर्मा सञ्चालन हुनेमा कुनै बाधा पर्ने हो कि भन्ने चिन्ता, चासो र भ्रमसहितका समाचार… पुरा पढौ

सुनको कोटा दैनिक ३० किलो बनाउन ब्यवसायीको माग

काठमाडौं, २७ कात्तिक । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले हालको आपूर्ति ब्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्त्काल आपूर्ति ब्यवस्था बढाउन राष्ट्र बैंक सँग आग्रह गरेको हो । राष्ट्र बैंकको बिदेशी बिनिमय ब्यवस्थापन बिभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष मुलुकभर रहेका सुनचाँदी ब्यवसायीको संख्या, यो ब्यवसायमार्फत प्राप्त रोजगारी, राज्यलाई प्राप्त राजस्व लगायतका बिषय समेटिएको प्रतिबेदन बुझाउँदै महासंघले हाल हुँदै… पुरा पढौ

उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिन्छौं : अर्थमन्त्री शर्मा

पाेखरा, २७ कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक उद्योग सरकारको प्राथमिकतामा रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित अन्तरक्रियामा उनले उत्पादनमूलक अर्थतन्त्र निर्माणनै आफ्नो लक्ष्य भएको बताए । उत्पादनमूलक उद्योगलाई राज्यले आवश्यक पर्ने सबै सुविधा दिने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “भन्सार छुट चाहियो कि, विद्युत् वा कर छुट के चाहिन्छ, त्यो तत्काल दिइन्छ ।” उनले उत्पादित बिजुली स्वदेशमै खपत हुने अवस्था सिर्जना गर्नेतर्फ सरकार लागिरहेको दाबी गरे । हालसम्म ४.७ प्रतिशत मात्रै पूँजीगत खर्च हुनु दुःखको विषय भएको… पुरा पढौ

भृकुटीमण्डपमा मङ्सिर १३ गतेसम्म जुत्ता चप्पलको व्यापार मेला सुरु

काठमाडौं, २७ कात्तिक । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा व्यापार मेला सुरु गरेको छ । आगामी मङ्सिर १३ गतेसम्म चल्ने उक्त मेलामा विभिन्न ३० वटा जुता चप्पल कम्पनीका ६० वटाभन्दा बढी बिक्री कक्ष राखिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मेलको उद्घाटन गर्दै मुलुकको विकास निर्माणमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुँदा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सरकारले लगानी बढाउनुपर्ने बताए। एशोसिएशनका अध्यक्ष कृष्ण फुयालले स्वदेशी उत्पादनलाई प्रवद्र्धन तथा विस्तार गर्ने उद्देश्यले मेला गर्न लागिएको… पुरा पढौ

उद्योगपति सूर्यबहादुर केसीको सालिक अनावरण

पोखरा, २६ कात्तिक । उद्योगपति सूर्यबहादुर केसीको सालिक अनावरण गरिएको छ । पोखरा महानगरपालिका ९ नयाँबजार स्थित माछापुच्छ्रे बैंक लिमिटेडको परिसरमा निमार्ण गरिएको अर्धकदको सालिकको स्वर्गीय केसीकी धर्मपत्नी प्रेमकुमारी केसीले शुक्रबार एक कार्यक्रमकाबिच अनावरण गरेकी हुन। सालिक भक्तपुरका कलाकार विकल प्रजापतिले निर्माण गरेका हुन् । २०१४ साल जेठ १० गते पोखरामा जन्मिएका केसी व्यापार व्यवसाय र निर्माणकाे क्षेत्रमा संलग्न हुँदै २०४१ देखि २०४६ सालसम्म तत्कालिन पोखरा पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएका थिए । बैंक तथा वित्तिय क्षेत्रको विकासविना उद्योग व्यवसाय फस्टाउन… पुरा पढौ

बैंकिङ क्षेत्रकाे तरलता अभावको समस्या तत्काल समाधान गर्न उपाध्यक्ष ढकालकाे आग्रह

भक्तपुर, २६ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् । उनले भने, “विगत दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट थला परेको अर्थतन्त्र विस्तारै उठ्दैछ, मुलुकको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा देखिएको छ । यही समयमा बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पार्न सक्छ, त्यसैले यो समस्या हल गर्न सरकार गम्भीर हुनुपर्छ ।” आज भक्तपुर उद्योग… पुरा पढौ

नेपाली संस्था चीनमा अनुसन्धानका लागि छनोट

काठमाडौ‌, २६ कात्तिक । चीनको सियानमा अवस्थित सियान मेडिकल युनिभर्सिटीमा स्थापित ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीवकुमार झा’ चीन सरकारद्वारा आह्वान गरिएको अनुसन्धान इन्स्टिच्युटमा छनोट भएको छ । चीनको साङ्सी प्रान्तको विज्ञान तथा प्रविधि मन्त्रालयले चीनमा रहेर अध्ययन अनुसन्धान गरिरहेका चिनियाँ एवं विदेशी इन्स्टिच्युटका लागि गरेको खुला प्रस्तावमा सो इन्स्टिच्युट पनि छनोट भएको चिनियाँ पत्रिका साङ्सी दैनिकले जनाएको छ । उक्त दैनिक पत्रिकामा तीन महिनाअघि चीनभरका संस्थाबाट प्रस्ताव आह्वान गरिएको थियो । सो आह्वानबमोजिम परेका आवेदनबाट २०… पुरा पढौ

एमालेको १० औं महाधिवेशनको लोगो र नारा सार्वजनिक

काठमाडौं, २६ कात्तिक । नेकपा (एमाले) ले १० औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेका हुन । ‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा रहेको छ भने लोगोमा गैँडाले पार्टीको झण्डा बोकेको छ । एमालेको १० औँ महाधिवेशन आगामी मङ्सिर १०–१२ गतेसम्म चितवनमा हुने तय भएको छ । देशभरबाट महाधिवेशनका लागि प्रतिनिधि छनोट… पुरा पढौ

गलकोट नगरपालिकामा धमाधम बन्दै वडा कार्यालय

बलेवा, २६ कात्तिक । गलकोट नगरपालिकाका वडा कार्यालयले सुविधासम्पन्न आफ्नै भवनमा बसेर सेवासमेत दिन थालेका छन् । पछिल्लो समय वडा नंं १ देखि ११ सम्म आफ्ना वडा भवन बनिसकेका छन् । नगरपालिका र प्रदेश सरकारको बजेट परिचालन गरेर भवन बनेका हुन् । “हामीले रु ३७ लाख लगानी गरेर भवन बनायौँ, अहिले सहज सेवा दिन सक्ने भएका छौँ”, वडाध्यक्ष तेजबहादुर थापाले भने, “थप रु १५ लाख लगानी गरेर रङरोगन र तारबारसमेत गरिसकेका छौँ ।” वडा कार्यालय एकै रङ र डिजाइनका बनेकाले… पुरा पढौ

साना किसान लघुवित्तको वित्तीय अवस्था सुधार, नाफामा बृद्धि

काठमाडौं, २६ कात्तिक । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको वित्तीय अवस्थामा सुधार देखिएको छ । संस्थाको सार्वजनिक भएको यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार वित्तीय सूचकहरुमा सुधार देखिएको हो । लघुवित्तको यस आर्थिक वर्षको असोज महिनाको अन्त्यसम्म १६ करोड ५४ लाख ७ हजार खुद नाफा भएको छ । गत वर्ष सोहि अवधिमा संस्थाको नाफा १४ करोड ३० हजार रहेको थियो । साना किसान लघुवित्तको खुद ब्याज आम्दानी तथा संचालन मुनाफामा बृद्धि भएपछि खुद नाफामा बृद्धि हुन टेवा… पुरा पढौ