मुख्य समाचार

वृद्ध सेवा केन्द्रमा व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी

महेन्द्रनगर, २८ कात्तिक । मनकारी दाताका सहयोगबाट सञ्चालित कञ्चनपुरको महेन्द्रनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी गर्न थालिएको छ ।वृद्धाश्रमको आयस्रोत बढाउनुका साथै आश्रित जेष्ठ नागरिकका पालपोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले लामो समयदेखि यहाँको बनखेतमा रहेको सो केन्द्रमा च्याउँखेती गरिँदै आएको छ । केन्द्रका अध्यक्ष शारदा चन्दले वृद्धाश्रम सञ्चालनमा आर्थिक रुपले टेवा पुगोस् भन्ने ध्येयले आफूहरु विगत एक दशक यता वद्धाश्रमै च्याउखेती गरिरहेको जानकारी दिइन । “वृद्धाश्रमलाई स्थानीयदेखि संघीय सरकारको कुनै नियमित सहयोग छैन् ।” उनले… पुरा पढौ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफामा ३४.३७ ले बृद्धि

काठमाडौं, २८ कात्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफामा बृद्धि भएको छ । निफ्राले आर्थिक वर्षकोभन्दा यसपटक खुद नाफामा बृद्धि गरेको हाे। बैंकको सार्वजनिक भएको यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार गत वर्षको सोहि अवधिकोभन्दा यस आर्थिक वर्षमा खुद नाफामा बृद्धि भएको देखिएको छ । असोज महिनाको अन्त्यसम्म बैंकले २४ करोड २० लाख २७ हजार खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षकोभन्दा ३४.३७ प्रतिशत बढी हो । गत वर्ष बैंकले १८ करोड १ लाख २२ हजार खुद… पुरा पढौ

समाजवाद पहिल्याउन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ : मन्त्री भुसाल

ललितपुर, २८ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राज्यले निर्दिष्ट गरेको समाजवादको बाटो पहिल्याउन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छन् । ललितपुरको हात्तीवनस्थित टेवा बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक शेयर सदस्य सम्मान समारोहमा उनले सहकारीलाई संविधानले प्रमुख आर्थिक अङ्गका रुपमा स्वीकार गरेको बताइन्। अर्थसामाजिक विकासमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै ऊर्जामन्त्री भुसालले संस्कृति र संस्कारलाई पनि सहकारीले पुस्तान्तरण गर्न सहयोग गरेको उल्लेख गरिन । सामाजिक न्यायका लागि आफू राजनीतिमा आएको बताउँदै मन्त्री भुसालले गरिबीको… पुरा पढौ

एमाले महाधिवेशन : अधिकांश जिल्ला कमिटीबाट सर्वसम्मत प्रतिनिधि चयन

काठमाडौं, २८ कात्तिक । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरि नै प्रतिनिधि छनोट भएका छन् । एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले अधिकांश जिल्ला, विशेष कमिटीमा सर्वसम्मत प्रतिनिधि चयन गरिएको जानकारी दिए । उनले सहमति हुन नसकेका जिल्ला कमिटीमा निर्वाचनबाट प्रतिनिधि चयन गरिएको बताए। गोरखा, इलाम, नुवाकोट, पश्चिम रुकुम, रामेछाप, पूर्वीरुकुम, बैतडी, जाजरकोट, लमजुङ, प्यूठान, कास्की, कपिलवस्तु, अर्घाखाँची, बाग्लुङ, सङ्खुवासभा, खोटाङ, पाल्पा, नेपाल बुद्धिजीवी परिषद्, सिन्धुपाञ्चोक, पेशागत विशेष जिल्ला कमिटी, मजदूर विशेष जिल्ला कमिटीलगायत जिल्लाबाट निर्विरोध प्रतिनिधि निर्वाचित भएका… पुरा पढौ

चन्द्रागिरि रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड’

काठमाडौं, २८ कात्तिक । चन्द्रागिरि हिल्स रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड– २०२१’ प्रदान गरिएको छ । नयाँ दिल्लीमा आयोजना गरिएको एक कार्यक्रममा नेपालको एक उत्कृष्ट रिसोर्टका रुपमा उक्त अवार्ड प्रदान गरिएको हो । हस्पिटालिटी इन्डिया, भारतीय पर्यटन बोर्ड र एक्स्प्लोर द वल्र्डद्वारा नयाँ दिल्लीमा आयोजित कार्यक्रममा केही भारतीय होटल तथा ट्राभल एजेन्सीसहित नेपालको चन्द्रागिरि रिसोर्टलाई पनि उत्कृष्ट रिसोर्ट अवार्ड प्रदान गरिएको हो । सो कार्यक्रममा अतिथिका रुपमा आमन्त्रित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय पूर्वमन्त्री विजय… पुरा पढौ

साताको शेयर बजार : १६ अर्बको कारोबार

काठमाडौं, २७ कात्तिक । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो । साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको कारोबार भयो । दुई दिन बिदा परेकाले साताभर पूर्णरुपमा कारोबार हुन पाएन । तीन कारोबार दिनमा नेप्से परिसूचक हरेक दिनजसो ओरालो नै लाग्यो । बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा गरेको कडाइका कारण पनि बजारमा मानसिक प्रभाव परेको अनुमान… पुरा पढौ

गण्डकी प्रदेश सरकारद्वारा बजेट थपिदिन सङ्घीय सरकारको पुनः ध्यानाकर्षण

पाेखरा, २७ कात्तिक । अभावका कारण योजना कार्यान्वयनमा समस्या आएको भन्दै गण्डकी प्रदेश सरकारले बजेट थपिदिन सङ्घीय सरकारको पुनः ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा पोखरा आएका अवसरमा भएको भेटघाटका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन । प्रदेशमा आम्दानीको स्रोत सीमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसैअनुसार बजेट विनियोजन गरिदिन मुख्यमन्त्री पोखरेलले अर्थमन्त्रीसँग आग्रह गरे । सङ्घीय शासन व्यवस्थासँगै सङ्घबाट प्रदेशमा स्वतः अधिकारहरू हस्तान्तरण भएको बताउँदै उनले ती अधिकार कार्यान्वयन र नागरिकका जनअपेक्षा… पुरा पढौ

विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा

काठमाडाैं, २७ कात्तिक । राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले वाग्मती प्रदेश सरकारको विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ । आर्थिक वर्ष २०७६, ७७ देखि विद्युतीय बसलाई प्रदेश सरकारको गौरवको कार्यक्रमका रुपमा प्राथमिकतामा राखिए पनि त्यो अन्योलमा परेको हो । उक्त बस सञ्चालनका लागि आव २०७६, ७७ मा बस खरिद र सञ्चालनका लागि विनियोजन भएको रु २८ करोड र आव २०७७÷७८ मा विनियोजन भएको रु ४० करोड फ्रिज भएको छ । प्रदेश सरकारले चालु आव २०७८÷७९ मा पहिलो… पुरा पढौ

प्रतिनिधि छान्दै एमाले, समझदारी अपनाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं, २७ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यलाई आह्वान गरेका छन् । महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयनको मिति तय भएको सन्दर्भमा अध्यक्ष ओलीले आज सन्देश जारी गर्दै दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हुने भएकाले यसलाई लोकतन्त्रकै अभ्यासका रुपमा प्रयोग गर्न आग्रह गरे । “हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो । हामी लोकतन्त्रलाई प्रणालीको रूपमा मात्रै होइन, प्रक्रिया र पद्धतिको रूपमा पनि बुझ्दछौँ… पुरा पढौ

१४ प्रतिशत लाभांश अनुमोदन गर्दै सकियो माछापुच्छ्रे बैंकको साधारण सभा

काठमाडौं, २७ कात्तिक । माछापुच्छ्रे बैंकको २३ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १४ प्रतिशत लाभांशको प्रस्तावलाई अनुमोदन गरेको छ । जस्मा १३.३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश रहेको छ । पोखराको पार्दीस्थित होटल ग्राण्डमा आयोजना गरिएको साधारण सभाले आर्थिक वर्ष २०७८, ०७९ को संचालन समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन, २०७८ साल असार अन्त्यसम्मको वासलात, नाफा नोक्सान बाँडफाँड, नगद प्रवाह लगायतका एजेण्डाहरु पारित गरेको छ । सभाबाट रिक्त रहेको संचालक… पुरा पढौ