मुख्य समाचार

बूढानीलकण्ठ, नागार्जुन र व्यासनगरपालिकामा आज सार्वजनिक बिदा

काठमाडौं, २९ कात्तिक । बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिएका छन् । यही कात्तिक २६ गते बसेको बूढानीलकण्ठ नगर कार्यपालिकाको बैठकले हरिबोधिनी एकादशीको दिन स्थानीय बिदा दिने निर्णय गरेको हो । नगरपालिकाभित्र रहेको नेपालकै एक प्रसिद्घ धार्मिक तीर्थस्थलका रूपमा परिचित बूढानीलकण्ठ मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह)का दिन विशेष मेला लाग्ने भएको हुनाले नगरपालिकामा स्थानीय पर्वका रूपमा सार्वजनिक बिदा दिइएकाे हाे । स्थानीय संस्कृति, परम्परा र जात्राको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले बिदा दिइएको नगरपालिकाले… पुरा पढौ

आज हरिबोधिनी एकादशी : तुलसी दामोदरको विवाह गरी मनाइँदै

काठमाडौं, २९ कात्तिक । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला,… पुरा पढौ

वरिष्ठ साहित्यकार बजिमयको निधन

काठमाडौं, २९ कात्तिक । वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आइतबार निधन भएको छ । शारीरिकरूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मेका थिए। विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गरेका लोकतान्त्रिक स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ (कविता सङ्ग्रह), ‘अन्त्वत्तोगत्वा’ (कथा सङ्ग्रह) प्रकाशित थिए भने करिब आधा दर्जन कृति प्रकाशनको तयारीमा थिए । कवि कृसु क्षेत्रीका… पुरा पढौ

ब्याजदरका बारेमा केन्द्रीय बैंकको नयाँ व्यवस्था(सर्कुलर)

काठमाडौं, २८ कात्तिक । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि आज पुनः एकीकृत निर्देशन, २०७७ मा संशोधन गर्दै ब्याजदरबारे नयाँ सर्कुलर जारी गरेकाे छ । केन्द्रीय बैंकले यही कात्तिक ३ गते जारी गरेको निर्देशनलाई आज थप परिष्कृत र व्यवस्थित गरेको जनाएको छ । राष्ट्र बैंकले यसअघि बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न पाउने व्यवस्था गरेको थियो ।… पुरा पढौ

बारको आन्दोलन कडा हुँदै, प्रधानन्यायाधिश राणाकाे राजीनामा प्रमुख सर्त : श्रेष्ठ

काठमाडौं, २८ कात्तिक । नेपाल बार एसोसिएसनले सोमबारदेखि आन्दोलनलाई कडा बनाउने बताएको छ । काठमाडौं उपत्यकामा रहेका कानुन व्यवसायीहरुलाई एक भएर आन्दोलनमा सरिक हुन आज आव्हान गरेको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिदासम्म आन्दोलनलाई अगाडी बढाउने बताए । उनले सोमबार सबै कानुन व्यवसायीलाई १० बजे अदालतमा आईसक्न अनुरोध गरेका छन् । उनले भने, अब आन्दोलन शसक्त बनाउनुको विकल्प छैन । उपत्यकाको आन्दोलन सर्वोच्च केन्द्रीत भएको र राणाबाट न्याय क्षेत्रमा सुधार हुने संभावना… पुरा पढौ

नेप्सेमा सामान्य गिरावट, ७ वटा उपसमूह परे हरियो सूचीमा

काठमाडौं, २८ कात्तिक । साताको कारोबार हुने पहिलो दिन आईतबार नेप्से ओरालो लागेको छ । अघिल्लो सातामा पनि लगातार ओरालो लागेको शेयर बजारमा आज पनि ओरालोको यात्राले निरन्तरता पाएको छ । नेप्सेमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक १.३८ अंकले घटेको छ । यसरी घटेको नेप्से २६८८.९२ विन्दुमा झरेको छ । नेप्सेमा ०.०५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.२५ अंकले बढेर ५०२.४४ विन्दुमा रहेको छ । कुल २३० वटा कम्पनीको कारोबार भएको छ । उनीहरुको ७४ लाख ३४… पुरा पढौ

मुस्ताङमा भीषण हिम पहिरो, भागदौड मच्चिदा विद्यार्थी र शिक्षकको खुट्टामा गम्भिर चोट(भिडियाे)

काठमाडौं, २८ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिकाको उपल्लो हिमाली क्षेत्रमा भीषण हिम पहिरो गएको छ । वडा नं २ को कोवाङ, लार्जुङ तथा बोक्सि खोला माथिको उच्च हिमाली भेगमा हिम पहिरो गएको हो । हिम पहिरो पूर्वान्ह ११ वजे गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । हिम पहिरो गएपछि स्थानियवासि त्रसित भएका छन् । हिम पहिरो खस्दा ठूलो आवाज आएको, धुँवाँ निस्केको जस्तो दृश्य देखिएको तथा पात पतिंगर र हिउँका डल्लाहरु टाढा टाढासम्म उछिट्टिएको स्थानियले बताएका त्यहाँ रहेका पत्रकार… पुरा पढौ

गण्डकी प्रदेशमा राष्ट्रबैंकको अध्ययनः दक्ष कामदार नहुँदा उद्योग पूर्ण क्षमतामा चलेनन्

काठमाडौं, २८ कात्तिक । दक्ष कामदारको अभाव, पर्याप्त विद्युत्को उपलब्धता तथा कच्चापदार्थको कमीका कारण गण्डकी प्रदेशका उद्योगधन्दा पूर्णरुपमा सञ्चालनमा आउन नसकेको पाइएको छ । नेपाल राष्ट्र बैंकको सो अध्ययनमा अधिकांश उद्योगको उत्पादन क्षमताको आधा पनि गर्न नसकिएको पाइएको छ । पूर्ण क्षमतामा उद्योग सञ्चालन नहुँदा स्वदेशी उत्पादनका लागि उचित बजारलगायत अन्य भौतिक पूर्वाधार समेत उपलब्ध हुन सकेको छैन । केन्द्रीय बैंकले औद्योगिक क्षेत्रका समस्या, चुनौती तथा सम्भावनासमेत औँल्याएको छ । उद्योग क्षेत्रमा दक्ष श्रमशक्तिको अभावका कारण लक्ष्यअनुसार प्रगति हुन नसकेको… पुरा पढौ

काठमाडौंमा थपियो नयाँ पाँचतारे होटल, ५ अर्ब लगानीमा गोल्यान समूहले भित्र्यायो ‘ह्यात प्यालेस’

काठमाडौं, २८ कात्तिक। काठमाडौंको सोल्टीमोडमा ह्यात प्यालेस होटल सञ्चालनमा आएको छ । अमेरिकी होटल ब्राण्ड ह्यातको चेनको रुपमा ह्यात प्यालेस सञ्चालनमा आएको हो । शनिबार पत्रकार सम्मेलन गरी ह्यात प्यालेस ५ अर्ब लगानीमा सञ्चालनमा आएको जानकारी दिइएको छ । होटलको सम्पूर्ण तयारी पुरा भइसके पनि आगामी कात्तिक २९ गते हरिबोधिनी एकादशीका दिनदेखि मात्रै होटल औपचारिक रुपमा सञ्चालनमा आउनेछ । व्यवसायिक घराना गोल्यान समूहले सुरुवाती चरणमा होटल हायात प्यालेस रहेको दुईवटा भवन अपार्टमेन्टका लागि भनेर निर्माण गरेको थियो । तर, अपार्टमेन्ट… पुरा पढौ

अरुण काबेली पावरको नाफामा १९.३५ प्रतिशतले बृद्धि

काठमाडौं, २८ कात्तिक । अरुण काबेली पावर लिमिटेडले यस आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको सार्वजनिक भएको वित्तीय विवरणका अनुसार समिक्षा अवधिमा गत वर्षकोभन्दा १९.३५ प्रतिशतले नाफा बढेको छ । अघिल्ला आर्थिक वर्षको सोहि समयमा कम्पनीको नाफा ११ करोड ३५ लाख रुपैयाँ मात्रै थियो । सार्वजनिक वित्तीय विवरणका अनुसार विद्युतकाे बिक्रीबाट भएको आम्दानी १८.४९ प्रतिशतले बढेको छ । यसरी बढेको रकम २६ करोड ६९ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्षमा… पुरा पढौ