मुख्य समाचार

नेपालगञ्ज भन्सारले गर्याे ५ अर्ब ४९ करोड राजस्व सङ्कलन

बाँके, १२ कात्तिक । बाँकेको नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको तीन महिनामै रु पाँच अर्ब ४९ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयको राजस्व सङ्कलन वृद्धि ११० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा कार्यालयले रु २१ अर्ब राजस्व सङ्कलन गरेको थियो । चालू आवमा रु २५ अर्ब राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य छ । चालू आवमा प्रेट्रोलियम पदार्थ, चामल, दालचिनी, गहुँ, मकै, उद्योग, कच्चापदार्थ, लत्ताकपडा, गेडागुडी, तरकारी र खसीबोकाको आयातमा वृद्धि भएको छ ।… पुरा पढौ

थपिए ५४९ नयाँ, ५६९ जना सङ्क्रमणमुक्त

काठमाडौं, १२ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ७४६ जनामा कोरोना परीक्षण गर्दा ५४९ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार १५१ जना रहेका छन् । ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ रहेका छन् । ५०० भन्दा बढी सङ्क्रमण हुने जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका… पुरा पढौ

माओवादीले देशको भविष्य निर्माण गर्छ : ‘प्रचण्ड’

चितवन, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर समितिले आज आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादी देशको केन्द्रबिन्दु वन्ने बताए । उनले भने, “तपाईहरुलाई अब माओवादी सिद्धियो–सिद्धियो भन्ने लाग्यो होला तर त्यस्तो होइन फेरि एक पटक माओवादी पार्टीनै यो देशको भविष्य निर्माता बनेर आउँछ ।” माओवादीले मात्र देशको रक्षा र जनताको हितमा काम गर्ने उनकाे भनाइ थियो । आगामी… पुरा पढौ

तीनै तहको निर्वाचन एकै पटक गराउनु पर्छ : नेपाल

पोखरा, १२ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकै पटक गर्ने प्रस्ताव अघि सारेका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले पोखरामा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले तीनै तहको निर्वाचन एकै पटक गराउँदा राज्यको व्ययभार कम हुने बताए । एकै पटक निर्वाचन गराउन कानुनमा के छ, त्यसबारे कानुनविद्सँग सल्लाह गरेर अघि बढ्न सकिने पनि उनको भनाइ छ । ‘अर्ली इलेक्सन’ हुन लागेको हो ? भन्ने पत्रकारको जिज्ञासामा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा… पुरा पढौ

फेरि घट्यो सुन र चाँदीको भाउ,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १२ कात्तिक । साताको कारोबार हुने छैटौं तथा अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ फेरि ओरालो लागेको छ । यसदिन छापावाला सुनमा रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले गिरावट भई प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन बिहिबार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।… पुरा पढौ

राष्ट्रपति भण्डारी भाेली ढोरपाटन जाने

बागलुङ, १२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन जाने भएकी छन् । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन पुग्ने जानकारी दिए। “अवलोकन भ्रमणका लागि राष्ट्रपति ढोरपाटन जानलागेकी हुन, केही समय ढोरपाटन क्षेत्रमा बिताएर उनी भोलि नै फिर्कने प्रजिअ कार्कीले बताए । राष्ट्रपतिको भ्रमण तालिकाबारे विस्तृत जानकारी भने आफूसँग नआइपुगेको उनको भनाइ छ । राष्ट्रपति आउने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका… पुरा पढौ

मध्य भोटेकाशीको शेयर बाँढफाँड सकियाे, कस्ले कति पाए ?

काठमाडौं, १२ कात्तिक । मध्य भोटेकोशी जलविद्युत कम्पनीको ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणलाई आज बाँढफाँड गरिएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २० गतेदेखि असोज २५ गतेसम्म बिक्रीमा ल्याईएको ९० लाख कित्ता शेयरमध्ये सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ता बाँढफाँड गरिएको हो । कुल शेयरबाट ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याईएको थियो । ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि रहेको थियो । बाँकी रहेको… पुरा पढौ

आयो चन्द्रागिरी हिल्सको नोक्सानीमा कमि

काठमाडौं, १२ कात्तिक । चन्द्रागिरी हिल्स लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको पहिलो त्रैमाससम्मको वित्तीय विवरणले गत वर्षकोभन्दा आर्थिक नोक्सानी कम भएको पाईएको छ । यस आर्थिक वर्षको असोज महिनाको अन्त्यसम्म कम्पनीकोे ३ करोड ८७ लाख २१ हजार रुपैयाँ नोक्सान भएको छ । गएको वर्ष सोहि अवधिमा कम्पनीको घाटा ८ करोड ७१ लाख रुपैयाँ रहेको थियो । पछिल्लो क्रममा कोरोना भाईरसको संक्रमणको कारण लागू गरिएको निषेधाज्ञालाई खुला गरेसंगै ३ करोड ७८ लाख… पुरा पढौ

डिप्रोक्स लघुवित्तको नाफामा सामान्य गिरावट

काठमाडौं, १२ कात्तिक । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको खुद नाफासंगै प्रतिशेयर आम्दानी घटेको छ । संस्थाको यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको सार्वजनिक भएको वित्तीय विवरण अनुसार सो अवधिमा खुद नाफासंगै प्रतिशेयर आम्दानी घटेको देखिएको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म डिप्रोक्स लघुवित्तले १७ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा गरेको छ । जो गएको वर्ष सोहि अवधिकोभन्दा १२.३७ ले बढी देखिन्छ । सो अवधिमा संस्थाले १९ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गएको वर्षमा… पुरा पढौ

व्यवसायी जिम्मेवार नहुँदा उपभोक्ताको भान्सामा अखाद्य वस्तु

काठमाडौं, १२ कात्तिक । व्यवसायी जिम्मेवार नहुँदा उपभोक्ताको भान्सामा अखाद्य वस्तु भित्रिने गरेको छ । काठमाडौं महानगरपालिकाले विगत चार दिनदेखि गरेको बजार अनुगमनमा हानिकारक वस्तु मिसाइएको पुष्टि भएको छ । कामपाले गत सोमबारदेखि मिठाइ पसलको अनुगमन तीव्र बनाएको छ । अनुगनका क्रममा अधिकांश पसल नियमविपरीत सञ्चालित र मिठाइमा अखाद्य वस्तु मिसावट गरेको पाइएको छ । अनुगमनकै क्रममा कामपाले गत सोमबार चाबहिलका दुई मिठाइ पसललाई जरिवाना तिराएको हो । दर्ता अनुमति नलिएको, दर्ता गरे पनि नवीकरण नगरी व्यवसाय कारोबार र सञ्चालन गरेको,… पुरा पढौ