मुख्य समाचार

एनआईसी एशिया बैंकले गर्यो लाभांश वितरणको घोषणा

कठमाडौं, ८ कात्तिक । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७७/२०७८ को लाभांश वितरणको घोषणा गरेको छ । बैंकको संचलक समितिको सोमबार बसेको संचालक समितिको बैठकले चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको १५.७८९४७ प्रतिशतले हुने १ अर्ब ८२ करोड ५८ लाख ९५ हजार ५८४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संचालक समितिले प्रस्ताव गरेको लाभांशको १५ प्रतिशतले हुने १ अर्ब ७३ करोड ४६ लाख ८०५ रुपैयाँ बराबरेका बोनस शेयर रहेको छ ।… पुरा पढौ

अरुण-४ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति प्राधिकरणलाई

काठमाडौं, ८ कात्तिक । सरकारले अरुण नदीमा पहिचान भएको ४९० मेगावाट क्षमताको अर्धजलाशयुक्त अरुण–४ जलविद्युत् आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्खुवासभाको भोटखोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको अनुमतिपत्र प्राधिकरणलाई दिने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले अरुण–४ आयोजनाको अनुमतिपत्र प्राधिकरणलाई दिइएको पुष्टि गरे । विद्युत् विकास विभागले आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन गरिसकेको छ । प्राधिकरणले आयोजनाको लाइसेन्सका लागि विद्युत् विभागमा गत २९ भदौमा आवेदन… पुरा पढौ

विज्ञापन बजारलाई व्यवस्थित बनाउन आवश्यक: मन्त्री कार्की

काठमाडौं, ८ कात्तिक । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन व्यवसायलाई मर्यादित, व्यवस्थित र स्वच्छ बनाउन सबैको सामूहिक प्रयासको खाँचो औँल्याएका छन् । विज्ञापन बोर्डद्वारा आज आयोजित विज्ञापन दिवस तथा अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले सञ्चारमाध्यमबाट प्रकाशन प्रसारण हुने विज्ञापनले वस्तु वा सेवाको प्रवद्र्धन मात्र नगरी आम उपभोक्ताको हितको सम्बद्र्धन गर्ने हुँदा यसतर्फ सञ्चारमाध्यम र विज्ञापनदाताले ध्यान दिनुपर्नेमा जोड दिए । विज्ञापनका सामग्रीको उत्पादनदेखि प्रकाशन÷प्रसारणमा प्रयोग गरिने भाषा, तथ्यपरक जानकारी हुनुपर्ने बताउँदै राजमार्गमा गरिने विज्ञापन, शहरी क्षेत्रमा… पुरा पढौ

नेप्से परिसूचकसंगै कारोबार रकम बढ्याे, लगानीकर्तामा थपियो उत्साह

काठमाडौं, ८ कात्तिक । साताको कारोबार हुने दोश्रो दिन साेमबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचकसंगै कारोबार रकममा पनि बृद्धि भएको छ । यसले लगानीकर्तामा उत्साह थपेको छ । यसदिन सबैभन्दा बढी फाइनान्स उपसमूहतर्फ १७६.४९ अंकको अर्थात ७.८१ प्रतिशतले बृद्धि भएको छ । हाइड्रोपावर उपसमूहतर्फ २००.८२ अर्थात ७.५७ प्रतिशतले बृद्धि भएको छ । यस्तै विकास बैंक उपसमूहतर्फ ३०१.३३ अंकले बृद्धि अर्थात ६.५ प्रतिशतले बृद्धि भएको छ । अन्य दिनहरुको तुलनामा आजको कारोबारमा भने केहि प्रगति भएको देखिएको छ… पुरा पढौ

एक अर्ब ३० करोड लाइक पाएका खाबी लेम कसरी टिकटकमा अत्यधिक चर्चित बने ?

रोमऽ ८ कात्तिक । खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन् । अमेरिकी नृत्याङ्गना चार्ली डी’अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लेमको नाम दर्ता भएको छ । उनको टिकटक खातालाई ९० करोडभन्दा बढी व्यक्तिले फलो गर्छन् र त्यसमा उनले एक अर्ब ३० करोड लाइक पाएका छन् । कैयौ व्यक्तिहरुले लेमले अमेलियोलाई पनि उछिन्न सक्ने अनुमान गरेका छन् । अमेलियो टिकटकमा एक अर्ब फलोअर पु¥याउने पहिलो व्यक्ति हुन । अहिले उनको एक अर्ब २० करोडभन्दा बढी फलोअर छन्… पुरा पढौ

सांग्रिला बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा साताव्यापी कार्यक्रम गर्ने

काठमाडौं, ८ कार्तिक । बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैककाे यही कात्तिक १३ गते १७औं वार्षिकोत्सव भएकोले साेअवसरमा देशभर साताव्यापी कार्यक्रम गर्ने भएको छ । देशभर रहेका बैंकका शाखाहरुले कात्तिक ७ देखि कात्तिक १३ गते सम्म बिभिन्न कार्यक्रमहरु संचालन गर्ने भएका हुन । जसअनुसार कात्तिक ७ गते बैंकको सम्पूर्ण विभागहरुले कुनै नयाँ योजना कार्यान्वयन गर्ने, ८ गते विभिन्न शाखा कार्यालयहरु मार्फत निशुल्क स्वास्थ्य परीक्षण शिविर तथा आँखा जाँच शिविर गर्ने, ९ गते बैंकको ९८ वटा शाखा कार्यालय मार्फत वित्तीय… पुरा पढौ

आन्तरिक पर्यटककाे रोजाइमा ‘प्याराग्लाइडिङ ’

पोखरा, ८ कात्तिक । पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढिरहेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिएका छन । कोरोनापछि पोखरामा आन्तरिक पर्यटकको आगमनले प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको बताए । “अहिले पोखरामा प्याराग्लाइडिङ गर्नेको सङ्ख्या राम्रो छ यसले प्याराग्लाइडिङ व्यवसायीलाई उत्साहित बनाएको छ ।” उनले भने । गत वर्ष ५० प्रतिशत छुट दिएर उडान गरेको भए पनि यो वर्ष भने छुट… पुरा पढौ

आयो १ लाख ६२० डोज फाइजर खोप नेपालमा

काठमाडौं, ८ कात्तिक । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि अमेरिकाले पठाएको १ लाख ६२० डोज फाइजर खोप आज बिहान काठमाडौं आएको छ । फाइजर खोप बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगीहरुलाई लगाईने इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार नेपाली चाडपर्व लगातार रहेकोले खोप तिहार तथा छठ पर्व सकिएपछि लगाउन शुरु गरिने भएकाे छ । पुरा पढौ

सामलिङ्ग पावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं, ८ कात्तिक । सामलिङ्ग पावर कम्पनीको आइपीओमा आवेदन दिन आज अन्तिम मौका रहेको छ । कम्पनीले कात्तिक ४ गते सर्वसाधारणका लागि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । बिक्रीका लागि ल्याईएको कुल शेयरमध्ये १४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि रहेको छ । ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आजसम्म आवेदन… पुरा पढौ

पाँच वर्षमा १० खर्ब लगानी भित्र्याउने लगानी बोर्डको रणनीतिक योजना तयार

काठमाडौं, ८ कात्तिक । आगामी पाँच वर्षभित्र रु १० खर्ब लगानी भित्र्याउने लक्ष्य लिएको लगानी बोर्डले तत्सम्बन्धी रणनीतिक योजना तथा व्यावसायिक योजना (२०२१–२०२६) तयार पारेको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले आगामी पाँच वर्षभित्र अर्थात् सन् २०२६ सम्म लगानी बोर्डबाट कम्तीमा १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत भइसक्ने अपेक्षासहित व्यावसायिक योजना तयार भएको जानकारी दिए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग नयाँबानेश्वरस्थित बोर्डको सचिवालयमा भएको अन्तरक्रियामा सिइओ भट्टले बोर्डको संस्थागत संरचना मजबुत र प्रभावकारी… पुरा पढौ