मुख्य समाचार

आयो नेप्सेमा करेक्सन, कारोबार झर्यो ३ अर्बमा

काठमाडौं, १४ असोज । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार शेयर बजार ओरालो लागेको छ । तीन उपसमूहमा हरियो लाग्दा बाँकी १० वटा उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । सूचकहरुको साथसाथै कारोबार रकममा पनि निकै गिरावट भएको छ । कुनै समय नेप्सेमा २१ अर्बको कारोबार भएको झझल्को यतिबेला लगानीकर्ताहरुलाई आईरहेको छ । यो रकम घटेर ३ अर्बसम्म आईपुगेको छ । छिटपुट दिन बाहेक राष्ट्र बैंकले १२ करोडको सिमा तोकेपछि ओरालो लागेको शेयर बजारमा कहिले… पुरा पढौ

काठमाडौंमा सभा–सम्मेलन गर्न प्रशासनले लगायो रोक

काठमाडौं, १४ असोज। जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज मध्यराति १२ बजेदेखि लागु हुने गरी अनावश्यक भिडभाड, सभा–सम्मेलन, जुलुस, जात्रा, महोत्सव गर्न रोक लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा यस्तो आदेश जारी गरिएको हो । “कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले अनावश्क रूपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा, जुलुस गर्ने, जात्रा, महोत्सव, भोज आदि नगर्नेरनगराउने” प्रशासनद्वारा जारी आदेशमा भनिएको छ । पुरा पढौ

विदेशी मुद्राको व्यवस्थापन गर्न राष्ट्र बैंकलाई तनाब, सटहीमा कडाइ गर्न निर्देशन

काठमाडौं, १४ असोज । विदेशी मुद्रा सञ्चिती व्यवस्थापन गर्न समस्या देखिएको छ । बढ्दो आयातका कारण मुद्राको सञ्चिति घटेपछि राष्ट्र बैंकलाई तनाब भएको छ । ‘अहिले साच्चिकै तनाबमा छौं, निर्यात राम्रो हुन सकेको छैन’ राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘त्यहीँ भएर हामीले अमेरिकी डलर सटहीमा कडाइ गर्न बैंकहरुलाई भनेका छौं ।’ विदेशबाट सामान आयात हुने क्रम बढेको र यसले विदेशी मुद्राको सञ्चिती ह्वात्तै घटाएका कारण केन्द्रीय बैंकले डलर सटहीमा कडाइ गर्न बुधबार बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले अधिकतम… पुरा पढौ

सर्वदलीय बैठक सुरु

काठमाडौँ, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक… पुरा पढौ

कुम्भकर्ण हिमाल आरोहण गरिंदै

फुङ्लिङ, १४ असोज । ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहणका लागि आरोहीको टोली कुम्भकर्ण हिमालमा पुगेको छ । विश्वको ३२ औँ तथा नेपालको १४ औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो । कोभिड–१९ का कारण पर्यटकको उपस्थिति हुन नसकेको दुई वर्षभन्दा बढी समयपछि कुम्भकर्ण हिमाल आरोहणका लागि विदेशी पर्यटक आएका हुन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा रहेको कुम्भकर्ण (७७१० मिटर उचाइ) हिमाल आरोहण गर्न दुई अमेरिकी नागरिकसहित टोलीले तयारी गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले… पुरा पढौ

बुद्धभूमि हाइड्रोको आइपीओमा आवेदन दिने अन्तिम मौका

काठमाडौं, १४ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको ८ करोड रुपैयाँ बराबरको आइपीओमा मागभन्दा बढीको आवेदन परेको छ । अहिलेसम्म करिब १६ लाख आवेदकले आवेदन दिएका छन् । लगानीकर्ताका लागि आज आवेदन दिने अन्तिम माैका रहेकाे छ । बिक्री प्रबन्धक सिभिले क्यापिटलले आईपीओमा १५ लाख ९० हजार ४१८ जनाले २ करोड ३ लाख ७ हजार २२० कित्ता शेयरका लागि आवेदन दिइसकेकाे बताएको छ । जो १५.७६ गुणा बढी हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ… पुरा पढौ

खतिवडा र गभर्नर चार्लीबीच भेट, लगानी प्रवद्र्धन, शिक्षा र संस्कृति आदानप्रदान गर्ने

वासिङ्गटन डिसी, १४ असोज । अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडा र अमेरिकाको म्यासाचुसेटस राज्यका गभर्नर चार्ली वेकरबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको छ । भेटका अवसरमा नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी प्रवद्र्धन, शिक्षा र संस्कृतिको आदानप्रदान गर्नेलगायत विषयमा छलफल भएको थियो । उक्त राज्य अमेरिकाको इतिहास, प्राज्ञिक र औद्योगिक विकासका लागि महत्वपूर्ण राज्य मानिन्छ । यसैबीच अमेरिकाको म्यासाचुसेटस राज्यले अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडालाई सम्मान गरेको छ । उक्त राज्यका दुवै… पुरा पढौ

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन् । बैठक अहिले बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको प्रधानमन्त्रीका संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए । बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुखको केही कार्यप्रति असन्तुष्ट जनाउँदै चालु अधिवेशनको सुरुदेखि… पुरा पढौ

रोकिएन मानव बेचबिखन : माइती नेपाल

भैरहवा, १४ असोज । रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पु¥याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ । माइती नेपालको रुपन्देही शाखाले मानव बेचबिखनका घटना नरोकिएको जनाएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ का दुई महिना साउन र भदौमा मात्र ५६ महिला तथा बालबालिकालाई सीमाक्षेत्र बेलहियाबाट मानव तस्करले भारततर्फ लैजाँदै गर्दा उद्धार गरिएको छ । गत तीन आवको तथ्याङ्क हेर्दा मानव बेचबिखन नरोकिएको… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम सकियाे

कास्की, १४ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का, अर्थमन्त्री रामजीप्रसाद बराल, कानून सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा र पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पोखरा–१४ छिनेडाँडामा निर्माण भइरहेको विमानस्थलको हालसम्मको कार्य प्रगतिका बारेमा निरीक्षण गरी जानकारी लिए । सो अवसरमा पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले हालसम्म आयोजनाको ८४ प्रतिशत काम सकिएको जानकारी दिए । गत साउनमा सम्पन्न हुनुपर्ने आयोजना… पुरा पढौ