मुख्य समाचार

चालू आर्थिक वर्षको ३ महिनामा ५ खर्बकाे वैदेशिक व्यापार बृद्धि

काठमाडौं, १० कात्तिक । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा ३ खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रहेकामा चालू आवको सो अबधिमा ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार पुगेको छ । भन्सार विभागद्वारा जारी चालू आवको पहिलो त्रैमासिकको तथ्याङ्क अनुसार गत आवको पहिलो त्रैमासिकका तुलनामा चालू आवको सोही अवधिमा आयात ६३ दशमलव ७३ प्रतिशतले बृद्धि भइ ४ खर्ब… पुरा पढौ

१८.०६ अंकले बढ्यो नेप्से, कारोबार रकममा निरन्तर बृद्धि

काठमाडौं, १० कात्तिक । साताको चौथो दिन बुधबार पनि शेयर बजारको यात्रा उकालोतिरै लाग्यो । चार उपसमूह बाहेक बाँकी ९ वटा उपसमूहमा हरियाली छाएको छ भने कारोबार पनि अघिल्लो दिनको तुलनामा बढेको छ । लगातार दोश्रो दिन शेयर बजार सकारात्मक देखिएपछि लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेप्से परिसूचक १८.०६ अंकले बढेर २७६९.१३ विन्दुमा उक्लिएको छ । नेप्से ०.६६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.४९ अंकले बढेर ५१६.५६ विन्दुमा पुगेको छ । कुल २२८ कम्पनीको शेयर कारोबार भएको छ । १… पुरा पढौ

यसकारण पर्यटकको रोजाइमा पर्छ डोल्पा

जाजरकोट, १० कात्तिक । नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ । नेपालको गहिरो यो तालको गहिराइ ६५० मिटर छ । कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो तालले बेलाबेलामा रङ बदल्छ भनिन्छ । हिमालको काखमा रहेको यो ताल सफा र कञ्चन हिमाल पग्लिएर बनेको छ । शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय… पुरा पढौ

मुख्यमन्त्री शाक्यद्वारा राजीनामाको घोषणा

वाग्मती, १० कात्तिक । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी हुन । बैठकमा शाक्यले विगतमा आफूहरुले गरेको त्याग पद र प्रतिष्ठाका लागि मात्रै नभएको उल्लेख गरिन । यसअघि प्रदेशसभा संसदीय दलको कार्यालयमा नेकपा (एमाले) का प्रदेशसभा सदस्यहरुसँग मुख्यमन्त्री शाक्यले आफूले पदबाट राजीनामा दिने बताएकी थिइन । शाक्यले आजै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शार्मा आलीसँग समेत सल्लाह गरेको र उनले विश्वासको मत नपाउने निश्चित… पुरा पढौ

लाभांश पारित गर्न बंगलादेश बैंकले बोलायो साधारण सभा

काठमाडौं, १० कात्तिक । नेपाल बंगलादेश बैंकले लाभांश वितरणकाे प्रस्ताव पारित गर्नका लागि साधारण सभा आव्हान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि घोषणा गरेको लाभांशको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो । बैंकको साधारण सभा आगामी मंसिर २ गते काठमाडौं कमलादीस्थित रजिष्टर्ड कार्यालयमा बोलाईएको छ । पूर्वान्ह ११ वजे बोलाईएको साधारण सभा अनलाइनमार्फत हुने भएको छ । नेतृत्व चयन भने भौतिक उपस्थितिमा गरिने भएको छ । बैंकको २७औं वार्षिक साधारण सभामा हाल कायम… पुरा पढौ

ह्वात्तै घट्यो सुन र चाँदीको भाउ

काठमाडौं, १० कात्तिक । साताको कारोबार हुने चौथो दिन बुधबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । छापावाला सुनमा रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले गिरावट भई प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलवार छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार १००… पुरा पढौ

एनआईसी एशिया लघुवित्त १५०.५१ प्रतिशत नाफा बढाउन सफल

काठमाडौं, १० कात्तिक । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको वित्तीय विवररण सार्वजनिक गरेको छ । सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाको खुद नाफा बढेको देखिएको छ । यस आर्थिक वर्षको असोज महिनाको मसान्तसम्म लघुवित्तको १६ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद नाफा भएको छ । गएको वर्ष सोहि अवधिमा संस्थाले ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जस्को तुलनामा यस अवधिमा संस्थाको खुद नाफा १५०.५१ प्रतिशत बढी हो ।… पुरा पढौ

साधना लघुवित्तको नाफा ८८.३९ प्रतिशतले बढ्यो, अन्य विवरण कस्ता छन् ?

काठमाडौं, १० कात्तिक । साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा तथा शेयर आम्दानी बढेको छ । यस आर्थिक वर्षको असोज मसान्तसम्म साधना लघुवित्तको ३ करोड २९ लाख ८ हजार रुपैयाँ खुद नाफा भएको छ । यो नाफा अघिल्लो वर्षको यहि अवधिकोभन्दा ८८.३९ प्रतिशत बढी हो । गएको वर्ष सोहि अवधिमा संस्थाले १ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तकाे खुद… पुरा पढौ

सभापति देउवाद्वारा मङ्सिरभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्न आग्रह

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिरभित्रै १४औँ महाधिवेशन गर्ने गरी अघि बढ्न पार्टीको केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा समितिका पदाधिकारीसँगको भेटमा उनले महाधिवेशनको कार्यतालिकामा केही हेरफेर गर्नुपरे पनि मङ्सिरभित्रै महाधिवेशन सम्पन्न गर्न आग्रह गरेकाे समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । कांग्रेसले यस अघि निर्धारण गरेको महाधिवेशनअन्तर्गत स्थानीय तहका सबै अधिवेशन समय मै हुन नसक्दा कार्यतालिका केही प्रभावित भएपछि महाधिवेशन कार्यतालिका परिमार्जन गर्नुपर्ने देखिएको छ । हालसम्म वडा अधिवेशन… पुरा पढौ

नेपाल-भारत द्विपक्षीय परामर्श समूहको १४औं बैठक बिहीबार बेंगलुरुमा

काठमाडौं, १० कात्तिक । नेपाल–भारत द्विपक्षीय परामर्श समूह (एनआइबीसीजीएसआइ) को १४औँ बैठक यही कात्तिक ११ र १२ गते भारतको बेंगलुरुमा हुँदैछ । उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा रक्षा मन्त्रालयका प्रतिनिधि र नेपाली सेनसहितको टोली भोली त्यसतर्फ जाने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल तथा भारतबीच सुरक्षासम्बन्धी विषयमा नियमित रुपमा छलफल गर्ने उद्देश्यले सन् २००३ मा उक्त समूह गठन भएको हो । समूह गठनपछि सन् २००३ देखि सन् २०१८ सम्म १३ वटा बैठक… पुरा पढौ