मुख्य समाचार

पोउवा संघको ६७ औं अधिवेशन सम्पन्न, उत्कृष्ट बस्तुगत संघ सम्मानबाट पश्चिमाञ्चल अटोमोवाइल्स डिलर्स एसोसियन सम्मानित,

पोखरा, २० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निजी क्षेत्र नजुर्मुराउँदासम्म आर्थिक वृद्धि सम्भव नभएको बताएका छन् । उनले निजी क्षेत्र मैत्री वातावरण निर्माण प्रदेश सरकारको प्राथमिकता भएको पनि बताए । पोखरा उद्योग वाणिज्य संघको ६७ औं वार्षिक साधारण सभाको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकीको समृद्धिको लागि पर्यटन मुख्य आधार भएको जिकिर गरे । ‘दुई ठूला छिमेकीका उत्पादनसँग प्रतिष्पर्धा गर्दै उद्योग चलाउन कठीन छ!,उनले भने,‘उद्योगको विकास हुनैपर्छ तर हाम्रो पहिलो प्राथमिकता पर्यटन नै हो । उनले उत्तर… पुरा पढौ

सेलवेजको २९ औं शाखा शान्तिनगर पोखरामा खुल्यो, शुभारम्भका अवसरमा १० प्रतिशत छुट र फ्रि होम डेलिभरी सुबिधा

काठमाडाैं, २० असोज । सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराकाे शान्तिनगरचाेकमा २९ औं शाखा बिस्तार गरेको छ । असोज २१ गते बिहिबारदेखि पोखरा महानगरपालिका ७ शान्तिनगरस्थित वराल पेट्रोल पम्पसंगै रहेको व्यापारिक भवनबाट औपचारिक सेवा शुभारम्भ गर्न लागेको सेलवेज डिपार्टमेन्टल स्टोर र सेल्सबेरी डिपार्टमेन्टल स्टोर प्रा.लिका गण्डकी प्रदेश प्रमुख दयाल गिरीले जानकारी दिए । पोखरामा शान्तिनगरमा नयाँ सेवा बिस्तार गरिएको शाखा पोखराका लागि छैटौं तथा समग्रमा २९ औं शाखा हो, प्रमुख व्यवस्थापक दयालले भने, यसको लागत करिब ८ करोडको रहेको छ । यस… पुरा पढौ

एमसिसी पारित गर्न महासंघ, परिसंघ र चेम्बर अफ कमर्सको अनुराेध

काठमाडौं, २० असाेज । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले एमसिसि पारित गर्न अनुराेध गरेका छन् । उनीहरुले दीर्घकालमा विद्युत निर्यात तथा प्रविधि हस्तान्तरणको माैका एमसिसीले दिने सम्भावना रहेकाेले राष्ट्रिय हितलाई हेरेर संसदबाट पारित गरेर त्यट्ठलाइ कार्यान्वयनमा ल्याउन नेपाल सरकार, राजनीतिक दल र सरोकारवालाहरूलाई अनुराेध गरेका छन् । तीनवटै संस्थाहरुले बुधबार संयुक्त बिज्ञप्ति निकालेर उक्त कुराकाे अनुरोध गरेका हुन् । नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच सन् २०१७ सेप्टेम्बर १४… पुरा पढौ

मुक्तिनाथ बैंकका ग्राहकले महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा छुट पाउने

काठमाडौं, २० असोज । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्गका ग्राहकहरुलाई थप सेवा दिन महेन्द्र नारायण निधि मेमोरियल अस्पतालसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धारामा रहेको यो अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक –इन हाउस, र्फामेसी, प्रक्रियामामा १० % सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको… पुरा पढौ

शेयर बजारमा चमक देखियाे, कारोबार रकम पनि बढ्यो

काठमाडौं, २० असोज । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेप्सेमा चमक देखिएकाे छ। केहि हप्तादेखि ओरालो लागिरहेको शेयर बजारमा मंगलबारबाट सुधार देखिएको हो । नेप्सेमा दोहोरो अंको बृद्धिसंगै १३ वटै उपसमूहमा हरियाली छाएको छ । अघिल्लो दिनको भन्दा कारोबार रकममा दोब्बर बृद्धि भएको छ । यसले लगानीकर्तालाई खुसि बनाएको छ । लगानीकर्ताहरु लघुवित्ततिर आकर्षित भएका छन् । आजको कारोबारले पनि त्यहि देखाएको छ कि बढी कारोबार गर्ने र नाफा पनि कमाउनेहरुमा धेरैजसो लघुवित्तहरु नै रहेका छन् ।… पुरा पढौ

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले गर्याे साढे ३८ लाखको चामल बिक्री

काठमाडौं, २० असोज । सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करिब साढे ३८ लाख बराबरको चामल बिक्री वितरण गरेको छ । यही असोज १ गतेदेखि सञ्चालन गरिएको सहुलियत पसलबाट रु ३८ लाख ५९ हजार बढीको चामल बिक्री भएको हो । जम्मा ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट १८ सोमबारसम्म ५३० क्विन्टल चालम बिक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन । उनका अनुसार यो वर्ष कम्पनीले सहुलियत पसलमा ८ थरिका चामल बिक्रीका लागि राखेको छ । जसमध्ये… पुरा पढौ

अधिकार कार्यान्वयन र जनअपेक्षा पूरा गर्न बजेट माग : मुख्यमन्त्री नेपाली

गण्डकी, २० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीय शासन व्यवस्थासँगै सङ्घबाट प्रदेशमा हस्तान्तरित अधिकारको कार्यान्वयन र जनअपेक्षा पूरा गर्न त्यसैअनुसारको बजेट व्यवस्थापन हुनुपर्ने बताएका छन् । मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी प्रदेशमा आम्दानीको स्रोत सीमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसैअनुसार बजेट विनियोजन गरिदिन आग्रह गरे । दुवै जनालाई लिखित पत्र मङ्गलबार बुझाउँदै उनले प्रदेश सरकारले आफ्नो सामथ्र्यअनुसार कार्यसम्पादन गरिरहेको र कतिपय अवस्थामा मागका तुलनामा स्रोत अपुग हुँदा समस्या पर्ने गरेको… पुरा पढौ

मध्य भोटेकोशीको आइपिओ आजदेखि बिक्री खुला

काठमाडौं, २० असोज । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले कूल रु ९० करोड बराबरको रु एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर आजदेखि निष्कासनमा ल्याएको हो । निष्कासन गरिने कूल ९० लाख कित्ता शेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको र पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता… पुरा पढौ

छांगरुमा प्रहरी बसेको ५१ वर्षपछि सुविधासम्पन्न भवन निर्माण गरिँदै

दार्चुला, २० असोज । त्रिदेशीय सीमा नजिकैको व्यासको छांगरुस्थित नीतिकुण्डमा नेपाल प्रहरी बसेको ५१ वर्षपछि नयाँ भवन निर्माण सुरु गरिएको छ । सीमा सुरक्षा, अपराध नियन्त्रण र स्थानीयवासीको सुरक्षामा खटिएको प्रहरीका लागि नयाँ सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको हो । नेपाल प्रहरी पहिलोपटक विसं २०२७ मा छांगरु सीतापुलमा बसेको थियो । प्रहरी यसअघि छ महिना व्यासको छांगरु र छ महिना दुम्लिङ झर्ने गरेकामा गत वर्षबाट बाह्रै महिना छांगरुमा बस्न थालेको छ । प्रहरीले पुरानो चुहिने भवनमा बसेर ड्युटी गर्नुपरेको थियो… पुरा पढौ

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

काठमाडौं, २० असोज । नेपाल सरकारले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । मंगलबारकाे मन्त्रीपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । मन्त्री परिषद्ले गरेका निर्णयको बारेमा सरकारका प्रवक्ता तथा कानून मन्त्ती ज्ञानेन्द्र बहादुर कार्किले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको बताएका हुन् । केहि समय अगाडी सर्वोत्तम सिमेन्टको शेयर कारोबारको प्रकरणमा मुछिएपछि सरकारले उनलाई निलम्वनमा राखेर छानबिन शुरु गरेको थियो । सिमेन्टको ओटिसी बजारमार्फत गलत किसिमले खरिद गरेको र ५१ वटा कम्पनीलाई जोखिममा रहेको भन्दै शक्तिकेन्द्रकाे आडमा… पुरा पढौ