मुख्य समाचार

राजमार्गमा बाघको आतंक

काठमाडौं, ३० भदौ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुुम सडकखण्डमा मान्छे खाने बाघ देखिएपछि स्थानीयवासी त्रसित हुन पुगेका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताए । उनका अनुसार अहिले बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर झम्टिने डरले त्रसित अवस्थामा छन् । स्थानीय बासिन्दाले दिउँसै बाघ गाउँ नजिकै राजमार्गमा ओहोरदोहोर गरिरहेकाले दैनिक काम गर्नसमेत नसकेको अवस्था छ । गत आइतबार ४५ वर्षीय एक… पुरा पढौ

उपभोक्ताको गुनासो : पसलैपिच्छे ग्याँसको फरक मूल्य

डोटी, ३० भदौ । खाना पकाउने एलपी ग्याँसको फरक मूल्य लिने गरेको पाइएको छ । पसलैपच्छिे ग्याँसको फरक मूल्य लिइने गरेपछि उपभोक्ता मारमा परेका छन् । ग्याँसमा फरक मूल्य लिइने गरेको गुनासोसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दासमेत कुनै कानुनी कारबाही गरिएको छैन । प्रशासनले मूल्यमा एकरुपता ल्याउन नसकेको उपभोक्ताको आरोप छ । यहाँका ग्याँस डिलरमा एउटा मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई वर्षौँदेखि ग्याँस बिक्री गरिएको उपभोक्ताको गुनासो छ । यसरी पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ता मारमा परेका दिपायल… पुरा पढौ

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, ३० भदौ । देशभर आज सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका आनुसार नेपालमा भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका साथै मनसुन न्यूनचापीय रेखा औषत स्थानभन्दा दक्षिणतर्फ रेहकाले मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । विभागका मौसमविद् गङ्गा नगरकोटीले उक्त प्रणालीको प्रभावका कारण अबका तीन दिन देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताए । हाल देशभर… पुरा पढौ

वालेट, मोबाइल तथा इन्टरनेट बैंकिङकाे भुक्तानी सीमा बढ्यो

काठमाडौं, ३० भदौ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन २०७८ जारी गरेको छ । जारी गरिएको निर्देशनअनुसार अब राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङबाट गरिने भुक्तानीको सीमा बढाएको हो । यस्तै विद्युतीय वालेटबाट गरिने रकमान्तरको अधिकतम सीमा पनि बढेको छ । बैंकको निर्देशन अनुसार क्यूआर कोडबाट प्रत्येक दिन २ लाखसम्मको कारोबार गर्न सकिने छ । इन्टरनेट बैंकिङमार्फत २० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने छ । यो निर्देशन अघि मोबाइल बैंकिङबाट १ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था रहेको… पुरा पढौ

अवरुद्ध मुग्लिन-नौबिसे सडक दुईतर्फी सञ्चालन

मुग्लिन, ३० भदौ । पहिराका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् । पुरा पढौ

निजी क्षेत्र उज्यालो समृद्धिकाे अभियानकर्मी र विकासको पथप्रदर्शक हो- इपान

काठमाडौं, ३० भदौ ।  स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले एउटा आयोजना सञ्चालन अनुमतिका लागि कम्तीमा सात मन्त्रालय र २३ विभाग धाउन तथा २०० टेबल पार गर्नुपर्ने झन्झटिलो एवं अव्यवहारिक प्रक्रिया अन्त्य गर्ने खाले कानून तर्जुमा गर्न सुझाव दिएको छ । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले विद्युत् विधेयक, २०७७ का सम्बन्धमा गरेको छलफलमा लगानीकर्तालाई सहयोगको साटो निर्देशनात्मक र नियन्त्रणमुखी व्यवहार भइरहेको भनी सरोकारवालाले गुनासो गरे । इपानका अध्यक्ष कृष्ण आचार्यले भने, “विभिन्न व्यवधानका बाबजुद निजी क्षेत्र उत्साहित भएर आएको छ,… पुरा पढौ

बजेटको बुँदा २६ हटाउन निर्माण व्यवसायीले किन गरे माग ?

काठमाडौं, ३० भदौ । नेपाल निर्माण व्यवसायी महासङ्घले प्रतिस्थापन बजेटमा उल्लेखित ‘श्रम समूहमार्फत १० करोडसम्मको निर्माण कार्य गर्न सकिने’ प्रावधान हटाउन सरकारसँग माग गरेका छन् । गत शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले संसद्मा पेश गरेको बजेटमा महासङ्घले धारणा सार्वजनिक गर्दै सो प्रावधान हटाउन आग्रह गरेको हो । बजेटको बुँदा नं २६ मा बेरोजगार युवाको विस्तृत लगत अध्यावधिक गरी अभिलेख तयार गरिने र श्रम समूह वा श्रम सहकारीमार्फत युवालाई सङ्गठित गरी व्यावसायिक दक्षता अभिवृद्धि गर्न तालिम यस्ता श्रम समूह वा श्रम सहकारीले… पुरा पढौ

सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्ग बीच सम्झौता

काठमाडौं,२९ भदौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड बिच निक्षेप सदस्यता सम्बन्धि सम्झौता सम्पन्न भएको छ । अब सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलार्ई सेवा सुविधा प्रदान गर्ने भएको हाे। पुतलीसडक स्थित सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको कार्यालयमा आज एक कार्यक्रमका बिच सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । यो सँगै अब निकट भविष्यमै सांग्रिला… पुरा पढौ

बेलायतको भिसा काठमाडौंबाटै जारी गर्न वरिष्ठ उपाध्यक्ष ढकालकाे माग

काठमाडौं, २९ भदौ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल–बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन् । बेलायतले नेपाली व्यवसायीलाई सहज र सरलरूपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने उनको भनाइ छ । महासङ्घले आज काठमाडौँस्थित बेलायती दूतावासको अन्तर्राष्ट्रिय व्यापार विभाग र भिसा तथा आप्रवासन विभागसँगको सहकार्यमा आयोजना गरेको ‘बेलायत भिसा र अध्यागमन’ विषयक भर्चुअल अन्तरक्रियामा उनले काठमाडौँस्थित बेलायती दूतावासबाटै निजी क्षेत्रका लागि यूके… पुरा पढौ

सोलारबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

दमौली, २९ भदौ । नेपालको राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थपिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो । निजी क्षेत्रबाट प्रथम विद्युत् बिक्री सम्झौता गर्ने सो कम्पनीबाट उत्पादित विद्युत् बेलचौतारा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सो सौर्य ऊर्जा परियोजनाको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शुभारम्भ गरिन । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले सरकारी र निजी क्षेत्रको सहभागितामा ऊर्जाको विकास सम्भव रहेको… पुरा पढौ