मुख्य समाचार

निपाह भाइरस रोगप्रति सचेत रहन मन्त्रालयको आग्रह

काठमाडौं, २८ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए। भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको सङ्क्रमण देखिएको छ । उनका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसका सङ्क्रमित फेला परेका छैनन् । निपाह भाइरस एक प्रकारको… पुरा पढौ

एनआरएनएको निर्वाचन स्थगित

काठमाडौं, २८ भदौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन भएका छन् । परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेकाले त्यस सम्बन्धमा छानविन नभएसम्म निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो । मन्त्रालयको सो निर्देशनपछि संघको आगामी अक्टोबर २३–२५ मा हुने १० औँ महाधिवेशन अनिश्चित बनेको छ । विभिन्न देशबाट महाधिवेशनमा भाग लिने प्रतिनिधि विधानविपरीत सिफारिस गरेको भनी सङ्घका तीन सदस्यले मन्त्रालयमा निवेदन दिएपछि त्यसको अनुगमन… पुरा पढौ

शेयर बजार सकारात्मक लयमा अगाडी बढ्दै

काठमाडौं, २८ भदौ । साताको दोश्रो दिन सोमबार पनि शेयर बजार सकारात्मक लयले अगाडी बढेको छ । शुरूमा हरियाे संकेत दिए पनि बजार बन्द हुँदाकाे अविधसम्म भने नतिजा फरक हुने संभावना जिवितै हुन्छ । प्रिओपन सेसनमा यसदिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १५.३९ अंकले बढ्यो । यसरी बढेको नेप्से २९६२.८१ विन्दुमा पुग्याे । सेन्सेटिभ इण्डेक्स २ अंकले बढ्यो । आजको प्रिओपन सेसनमा ५० कम्पनीले कारोबार गरे । उनीहरुमध्ये ४२ कम्पनीको शेयर बढेको छ भने ५ कम्पनीको घटेको पाईयो । बाँकी… पुरा पढौ

प्रभु बैंक र डिप्रोक्स लघुवित्तको संस्थापक लिलामी शेयरमा आवेदन दिने अन्तिम मौका

काठमाडौं, २८ भदौ । प्रभु बैंक र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । प्रभु बैंकले भदौ १५ गतेबाट २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक शेयर लिलामी बिक्रीका लागि ल्याएको थियो । यसका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरु, व्यक्ति तथा इच्छुक संघ, संस्थाहरूले आवेदन दिन सक्नेछन् । प्रभुको संस्थापक लिलामी शेयरको प्रतिकित्ता मूल्य २१० रुपैयाँ रहेको छ । लगानीकर्ताले तोकिएको मूल्यलाई आधार मानेर साेहि मूल्य तथा त्यसमाथिको मूल्य राखेर बोलकबोल गर्न सक्नेछन्… पुरा पढौ

लगातार संसद अवरूद्ध भएपछि सभामुखले बाेलाए आज सर्वदलीय बैठक

काठमाडौं, २८ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसाे २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । संसद्को चालू अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । बैठकलाई पुनः सञ्चालन गर्न… पुरा पढौ

होटल मजदूरलाई संरचना निर्माणमा लगाइने

चितवन, २८ भदौ । बेरोजगार बनेका सौराहाका होटल मजदूरलाई विकास निर्माणमा परिचालन गरिने भएको छ । उनीहरुलाई पर्यटकीय प्रवद्र्धन गर्ने संरचना निर्माणमा लगाइने भएको हो । प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम र पर्यटन बोर्डको सहयोगमा सौराहाको राप्ती किनारमा रहेको सौराहा भिजिटर सेन्टरलाई आकर्षक बनाउन लागिएको हो । रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ चितवनका अगुवाइमा काम गर्न लागिएको हो । नगरप्रमुख नारायण वनका अनुसार सो ठाउँमा झाडी फाँडेर तलाउ बनाइने छ । यससँगै तलाउ माथिबाट राप्तीको ढिकमा जाने गरी काठको पुल… पुरा पढौ

बागलुङ कालिका मन्दिर आजदेखि खुल्याे

गलकोट, २८ भदौ । बागलुङमा कोरोना सङ्क्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल तथा पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ । आइतबार बसेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि ऐतिहासिक पवित्र धार्मिकस्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धार्मिक तथा पर्यटकीयस्थल पनि खुला गरेकाे छ ।थियो । स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले यसअघि बन्द गरिएको पार्टी प्यालेस, सिनेमा हल, ब्युटीपार्लर तथा जिम हल लगायतका क्षेत्र स्वास्थ्य मापदण्ड… पुरा पढौ

शेयर बजारको विकृतिबारे अध्ययन भइरहेको छ : अर्थमन्त्री

काठमाडौं, २८ चैत । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समग्र लगानीकर्ताको हितका विषयमा अध्ययन भइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले शेयर बजारमा रहेका विकृति तथा विसङ्गतिको अन्त्यका लागि सरकारले एक समिति नै बनाएर अध्ययन गरिरहेको जानकारी दिए । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गरी छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको विषयमा विवाद भएपछि सरकारले छानबनि समिति गठन गरेको… पुरा पढौ

अनाधिकृत सेवा लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं, २८ भदौ। अख्तियार दुरुपयोग अनुसनधान आयोगले अनाधिकृत रूपमा विभिन्न सेवा सुविधा लिएको अभियोगमा तनहुँको साविक घाँसीकुवा गाविसका तत्कालीन गाविस सचिव रामराज न्यौपानेसहित छ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार दशैँ खर्च परिषद् तयारी खर्च भनी अनाधिकृत सुविधा लिएको, परिषद्को निर्णय बिना नै आर्थिक सहायता दिएको र परामर्शदाता नियुक्तिपछि पहिल्यैदेखिको सम्झौता बनाई रकम भुक्तानी गरेको पाइएपछि गाविस सचिव न्यौपाने विरुद्ध रु एक लाख ४७ हजार ३६४ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको हो ।… पुरा पढौ

दोलखाको नाम्डु केन्द्रविन्दू भएर परकम्प

काठमाडौं, २७ भदौ दोलखाको नाम्डु केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ८ बजेर ४१ मीनेट जाँदा दोलखाको नाम्डु केन्द्रविन्दू भएर ४.३ म्याग्नीच्यूटको भूकम्प गएको हो । आज साँझ गएको भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । दोलखाको नाम्डु केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ८ बजेर ४१ मीनेट जाँदा दोलखाको नाम्डु केन्द्रविन्दू भएर ४.३ म्याग्नीच्यूटको भूकम्प गएको हो ।… पुरा पढौ