मुख्य समाचार

अधिवेशनमा दलित समुदायको अनिवार्य प्रतिनिधित्व : प्रधानमन्त्री

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको आगामी वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको प्रत्येक वडामा अनिवार्य प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र पार्टी केन्द्रीय सदस्यद्वय मानबहादुर विश्वकर्मा तथा जीवन परियारबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा पार्टीको वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व गराउन आफूले सक्दो पहल गर्ने बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले बुधबार पार्टीको १४औँ महाधिवेशनका लागि हुने… पुरा पढौ

शेयर बजार ओरालो यात्रामा, नेपाल राष्ट्र बैंकको १२ करोडको सीमालाई सहेन

काठमाडौं, १७ भदौ । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार शेयर बजार राताम्मै भएको छ । १३ वटै उपसमूहको सूचकांक ऋणात्मक देखिएको छ भने कारोबार रकमले पनि लगानीकर्तामा उत्साह थप्न सकेन । बिहिबार नेप्सेमा भएको करेक्सनको प्रतिफल परिसूचक, सेन्सेटिभ इण्डेक्स, १३ वटै उपसमूहहरु र कारोबार घटेको छ । यो हुनुको कारण नेपाल राष्ट्र बैंकले तोकेको १२ करोडको सीमा नै हो । जसको कारण शेयर बजारमा गिरावट आएको हो । मौद्रिक नीति २०७८ तथा एकिकृत निर्देशिकाले शेयर धितो कर्जाको सीमालाई… पुरा पढौ

कांग्रेसको १४ औँ महाधिवेशन: शुक्रबारदेखि ५६ जिल्लामा वडा अधिवेशन

काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा यही भदौ १८ गतेदेखि वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको छ । उनले भने, “क्रियाशील सदस्यता सूची भएका वडामा सम्भव भएसम्म सबैमा भोलि नै… पुरा पढौ

७ महिनामा नै लक्षितलाई खोप

काठमाडौँ, १७ भदौ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाएको सात महिनामा नै १ करोड बढीले खोप लगाउन सफल भएका छन् । सरकारले गत माघ १४ गतेबाट खोप लगाउन सुरु गरेयता सात महिनामा नै एक करोड ९२ हजार १६४ जनाले खोप लगाएका हुन् । नेपालमा पहिलोपटक सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते सङ्क्रमण देखिएको थियो । कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ । मन्त्रालयले अहिलेकै दरमा… पुरा पढौ

चर्चा यौनिकता शिक्षाको

’काठमाडौं, १७ भदौ । ‘बृहत् यौनिकताशिक्षा’को महत्व र बुझाइका बारेमा नेपालमा विस्तारै परिवर्तन हुँदै गएको छ । विद्यालयका शिक्षक तथा स्वयं किशोर–किशोरीका ‘साथी शिक्षक’मार्फत प्रदान गरिने यस प्रकारका शिक्षा, सूचना र जानकारीले उनीहरुको समग्र शिक्षा सिकाइ र स्वास्थ्यमा सकारात्मक प्रभाव देखिन थालेको हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार किशोरावस्था भन्नाले १० देखि १९ वर्षको उमेर समूहलाई जनाउँछ । विद्यालय र विद्यालयभन्दा बाहिर रहेका किशोर–किशोरीलाई यौन र यौनिकताका विषयमा सही निर्णय लिन, प्रजनन स्वास्थ्यका बारेमा ज्ञान प्राप्त गर्न र सामाजिक समस्या… पुरा पढौ

विपत्तिमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौं, १७ भदौ । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन्। कास्की, तनहुँ र दाङका विभिन्न क्षेत्रमा विपद्का कारण धनजनको क्षति भएका दुखद् घडीमा तत्तत् जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नागरिकको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर काम गर्न भनेका छन्। तीनवटै जिल्लामा भएका मनसुनजन्य घटनाका बारेमा जानकारी लिँदै उनले विपद् जोखिम न्यूनीकरणमा सक्रियतापूर्वक लाग्न पनि आग्रह गरे । गृहमन्त्री खाँणले कास्कीका प्रजिअ थानेश्वर गौतम र तनहुँका सागर आचार्यसँग लगातारको… पुरा पढौ

नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल आज, घरेलु मैदानमा जितको दबाब

काठमाडौं, १७ भदौ । दोस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा नेपाल र भारतबीच पहिलो पटक फुटबलमा सन् १९८५ डिसेम्बर २१ मा प्रतिस्पर्धा भएको थियो । बङ्गलादेशको ढाकास्थित बंगबन्धु रङ्गशालामा भएको उक्त खेलमा भारतले नेपाललाई २–० गोलअन्तरले पराजित गरेको थियो । नेपाली टोलीको सुरुआत सुखद् रहेन । त्यसयता नेपाल र भारतबीच फुटबलमा १९ पटक भिडन्त भएको छ । भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटी मात्र जित निकाल्न सक्यो । तीन खेलमा दुवै टोलीले बराबरी खेलेका थिए ।… पुरा पढौ

एक करोड ९२ लाख मात्रा खोप लगाइयो, विश्व स्वास्थ्य सङ्गठनद्वारा बधाई

काठमाडौं, १७ भदौ । सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार बुधबारसम्ममा एक करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्ममा १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा र १५ दशमलव चार प्रतिशतले पूर्ण खोप लगाएका छन् । मन्त्रालयको तथ्याङ्कअनुसार ५४ लाख… पुरा पढौ

सुनको भाउ निरन्तर ओरालो लाग्दै, चाँदीकाे बढ्याे

काठमाडौं, १७ भदौ । साताको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउमा उतारचढाव आएको छ । सुनको भाउ निरन्तर ओरालो लाग्ने क्रम रोकिएको छैन । चाँदीको भाउ सामान्य रुपले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ रुपैयाँ २०० ले घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९०… पुरा पढौ

गैँडाकोटस्थित राजमार्ग दुईतर्फी सञ्चालन

कावासोती, १७ भदौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फीरुपमा सञ्चालनमा आएको हो । पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा बनाइएको डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग पूर्णरुपमा सञ्चालनका लागि निरन्तर प्रयास गरिए पनि हिलोका कारण समस्या हुँदै आएको थियो । पानी पर्ने क्रम रोकिएसँगै नयाँ बनाइएको डाइभर्सनबाट यातायात दुईतर्फी सञ्चालनमा आएको हो । सोमबारदेखि पानी पर्न… पुरा पढौ