मुख्य समाचार

म्याग्दीका पुल निर्माणमा किन ढिलासुस्ती ?

म्याग्दी, १३ भदौ । कार्यतालिकाअनुसार काम भएको भए यहाँको अन्नपूर्ण गाउँपालिका–५ र ६ नं वडाको सिमाना घारखोलामा एक महिनाअघि नै मोटर चल्ने पुल निर्माण सकिएर गाडी गुडेका हुन्थे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत २०७८ साउन २४ गते सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७६ माघ १७ गते रु दुई करोड ८१ लाख ७८ हजार ६४६ मा फेवा–बिएम जेभीले ठेक्का लिएको २५ मिटर लामो पुलको हालसम्म २२ प्रतिशत भौतिक प्रगति भएको छ । परामर्शदाताले गरेको गलत डिजाइनका कारण सम्झौता गरेको करिब एक वर्षपछि सुरु… पुरा पढौ

तेह्रथुम पावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १३ भदौ । पर्याप्त लगानीका अन्य अवसरहरु नभईरहेको कोरोना कहर परिरहेको यो अवधिमा बैंक, वित्तीय संस्था परियोजनाहरुले विभिन्न स्वरुपका शेयरहरु निष्काशन तथा बिक्रीमा ल्याएर शेयर बजारलाई चलायमान बनाउन योगदान दिईरहेका छन् । शेयर बजारमा नयाँ लगानीकर्ताहरुको आगमन पनि भईरहेको छ भने पूराना खेलाडीहरुको निरन्तरता रहेको छ । विभिन्न चरणका घटनाक्रमहरुले प्रभावित भईरहेको शेयर बजारको लय सकारात्मक हुने अपेक्षा रहेको छ । यसबैबीचमा शेयर लगानीकर्ताहरुले तेह्रथुम पावर कम्पनीले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर आइपीओमा आवेदन दिनका… पुरा पढौ

मध्यपश्चिम विश्वविद्यालय : परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न दिने सहमति

कर्णाली, १३ भदौ । अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै दिने सहमति भएको हो । सहमतिअनुसार अब विद्यार्थीले परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गरेको पाँच दिनभित्र तोकिएको ढाँचाको गुगल फारम भरी कुन माध्यमबाट जाँच दिने हो खुलाउनुपर्नेछ । विद्यार्थीको आवेदनबमोजिम परीक्षालाई व्यवस्थित, मर्यादित र आधारभूत मापदण्डअनुसार सञ्चालनका लागि समयतालिका अविलम्ब सार्वजनिक गर्ने सहमति… पुरा पढौ

राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदन सार्वजनिक

काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसको शिक्षा विभागले राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदन सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी शिक्षा विभागका संयोजक एवं पार्टीका केन्द्रीय सदस्य हरिप्रसाद नेपालले ६५ बुँदे उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदनमा अबको ५ वर्षभित्रमा माध्यमिक तहसम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क तथा १० वर्षभित्रमा समान अवसरको शिक्षा प्रदान गर्ने, ८ कक्षासम्मको शिक्षा अनिवार्य र निःशुल्क, १२ कक्षासम्मको निःशुल्क गर्नका लागि नागरिकको मौलिक हकको अधिकार सुनिश्चित… पुरा पढौ

काभ्रेको विद्यालय पुनःनिर्माणमा पौने-आठ अर्ब लगानी

काभ्रेपलाञ्चोक, १२ भदौ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त काभ्रेपलाञ्चोकका सामुदायिक विद्यालय पुनःनिर्माणमा करिब रु पौने आठ अर्ब खर्च भएको एक तथ्याङ्कले देखाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (शिक्षा)ले भूकम्पपछिको छ वर्षको अवधिमा रु सात अर्ब ६६ करोड २० लाख खर्च भएको जनाएको छ । हालसम्म ३५१ विद्यालयका ४४९ भवन पुनःनिर्माण सम्पन्न भएको हो । जिल्ला कार्यान्वयन एकाइ (शिक्षा)ले आर्थिक वर्ष २०७३÷७४ बाट औपचारिकरूपमा सामुदायिक विद्यालय पुनःनिर्माणको काम थालेको थियो । विद्यालय पुनःनिर्माणमा विद्यालय व्यवस्थापन समिति, सङ्घ–संस्था र… पुरा पढौ

युवा समाजवादको सेना बन्नुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, १२ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले युवा समाजवादको सेना बन्नुपर्ने आवश्यकता औँल्याएका छन् । योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको आजदेखि सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले समाजवादी आन्दोलन सफल पार्न युवाको पहलकदमी आवश्यक रहेको बताए । उनले समाजवादको नेतृत्व गर्नेगरी युवाले क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । माओवादी केन्द्रले युवालाई नेतृत्वमा ल्याउन पार्टी विधानमै सबै कमिटीमा २० प्रतिशत आरक्षणको व्यवस्था गरेको उनले जानकारी दिए । आफूले केही समयपछि उपयुक्त नेतृत्वलाई पार्टी… पुरा पढौ

रुखमा नयाँ-नयाँ पालुवा पलाइरहेका छन् : अध्यक्ष ओली

काठमाडौं, १२ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला सङ्घको घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भने, “एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।” अध्यक्ष ओलीले एकदुईवटा पात खस्दैमा रूखलाई फरक नपरे जस्तै पार्टीमा विभाजन गरी कोही जाँदैमा फरक नपर्ने… पुरा पढौ

१,८५७ मा सङ्क्रमण देखियाे, २,२२२ निको र २७ निधन

काठमाडौं, १२ भदौ । पछिल्लो २४ घण्टामा एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १३ हजार १७६ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । हालसम्म देशभर ३६ हजार ८६६ सक्रिय सङ्क्रमित छन् । त्यस्तै आज दुई हजार २२२ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा सात लाख १० हजार ४५२ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । आजै सङ्क्रमणबाट २७ जनाको निधन भएको… पुरा पढौ

साताको शेयर बजारः ४१ अर्ब ६३ करोडको कारोबार

काठमाडौं, १२ भदौ । सार्वजनिक बिदाका कारण यस साता धितोपत्र बजारमा तीन दिन मात्रै शेयर कारोबार भयो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । मङ्गलबार, बुधबार र बिहीबार शेयर कारोबार भयो । यस साता जलविद्युत् कम्पनीको शेयरमा केही दबाब देखा प¥यो । साताभर कूल २३२ कम्पनीको छ करोड ६६ लाख छ हजार ४७५ कित्ता शेयर कारोबार भयो । साताभरको कूल कारोबार रु ४१ अर्ब ६३ करोड ८५ लाख ४६ हजार ३५६ बराबर रह््यो । कारोबार भएका… पुरा पढौ

असर पर्नेलाई एक लाख ६० हजार कित्ता तादीखोलाको शेयर

त्रिशूली, १२ भदौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत नुवाकोटमा निर्माणाधीन तादीखोला जलविद्युत् आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दाले एक लाख ६० हजार कित्ता शेयर पाउने भएका छन् । कम्पनीले नुवाकोटवासीका लागि गत साउन ३२ गतेदेखि आइपिओ निष्कासन गरेकामा प्रत्यक्ष असर व्यहोर्नुपर्ने स्थानीयवासीले विशेष कोटा निर्धारणको माग गर्दै दिएका दबाब र सङ्घर्षपश्चात् कम्पनी शेयर उपलब्ध गराउन सहमत भएको हो । दुप्चेश्वर, तादी र पञ्चकन्या गाउँपालिकाका बासिन्दाले एक लाख ६० हजार कित्ता शेयर पाउने भएपछि विरोधका कार्यक्रम स्थगित गरेका छन् ।… पुरा पढौ