मुख्य समाचार

बाढी-पहिरो : जेठ ३१ यता ८५ को मृत्यु, ४४ वेपत्ता

काठमाडौं, ११ भदौ । मनसुन शुरु भएयता (गत जेठ ३१ पछि) मुलुकभर मनसुनजन्य घटनामा ८५ जनाको मृत्यु भएको छ । उक्त घटनामा परी अन्य ४४ जना हराइरहेका गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म पाँच हजार ५०० भन्दा बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख होमकला पाण्डेले जानकारी दिइन । गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापनसम्बन्धी बैठकमा विवरण सार्वजनिक गर्दै उनले अहिलेसम्म विपद्बाट ७० जिल्ला प्रभावित भएको जानकारी दिए । आजमात्रै बाढीबाट ४००… पुरा पढौ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रगति सन्तोषजनक

काठमाडौं, ११ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र यसका मातहतका निकायहरूको वित्तीय र भौतिक लक्ष्यलाई अझै बढाउँदै लैजानुपर्नेमा जोड दिइएको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आज मन्त्रालय बसेको बैठकमा मातहतका अधिकांश निकायका प्रगति विवरण सन्तोषजनक रहेको भए पनि आगामी दिनमा वित्तीय र भौतिक लक्ष्यबीचको सन्तुलनलाई कायम गरी लक्षित योजना र कार्यक्रमलाई कार्यान्वयनमा लैजान आ–आफ्ना निकायहरूबाट भए गरका कार्यहरूबारे सम्बन्धित निकायका प्रमुखहरूले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष… पुरा पढौ

मेगा म्युचुअल फण्ड-१ मा पर्यो अहिलेसम्मकै उच्च आवेदन

काठमाडौं, ११ भदौं । मेगा क्यापिटलले निष्काशन तथा बिक्रीमा ल्याएको मेगा म्युचुअल फण्ड-१ मा परेको आवेदनले रेकर्ड ब्रेक गरेको छ । क्यापिटलले भदौ ४ गतेदेखि १० गतेसम्म बिक्रीमा ल्यएको उक्त फण्डको लागि परेको आवेदन अहिलेसम्मकै उच्च हो । प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँको १० करोड इकाई निष्काशन तथा बिक्रीका लागि ल्याईएको हो । यसबाट १ करोड ५० लाख इकाई कोषको प्रवर्धक रहेको मेगा बैंकका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका… पुरा पढौ

सहुलियतपूर्ण कर्जामा युवाको बढ्दो आकर्षण

काठमाडौँ, ११ भदौ । सरकारले ल्याएको ब्याज अनुदानसम्बन्धी सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दै गएको छ । बिना धितो सहुलियतदरमा कर्जा पाउने भएपछि यसप्रति युवाको आकर्षण बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गतअसार मसान्तसम्म १ लाख ४ हजार १ सय ९ जनाले सहुलियपूर्ण कर्जा लिएर व्यवसाय गरेको छ । सरकारले २०७५ सालमा युवालाई स्वरोजगारमुखी बनाउनका लागि बिना धितो ५ लाखदेखि ५ करोडसम्म बैंकले सहुलियपूर्ण कर्जा उपलब्ध गराउँदै आएका छन् । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सहुलियतपूर्ण कर्जा लिने युवाको… पुरा पढौ

चालू आवको पहिलो महिनामा रु एक खर्ब ५० अर्ब बढीको आयात

काठमाडौ, ११ भदौ । चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्ब बढीको आयात गरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव (२०७८/०७९) को पहिलो महिनाको तथ्याङ्कअनुसार रु एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो । गत आव २०७७/०७८ को पहिलो एक महिना रु ८५ अर्ब ८० करोड ७९ लाख बराबरको आयात गरिएको थियो । सो अवधिका तुलनामा चालू आवमा ७५.६६ प्रतिशतले आयातमा वृद्धि भएको हो । यस्तै चालू आवको… पुरा पढौ

अपर बलेफी जलविद्युत् आयोजना अन्तिम चरणमा

चौतारा, ११ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । निजी क्षेत्रबाट निर्माणाधीन सो आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको अपर बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष उमेश कसजुले जानकारी दिए । आयोजनाबाट उत्पादित विद्युत् दशैँअगावै परीक्षण गर्ने तयारीमा रहेको उनको भनाइ छ । सुरुङ निर्माणको काम एक वर्ष पहिले नै सम्पन्न भइसकेको बताइएको छ । जुगल गाउँपालिका–३ स्थित पाङरपु र लिदी नजिक बाँध बाधी चार हजार ५०० मिटर (४५००)… पुरा पढौ

एनएमबि क्यापिटलले बोलायो असोज १ गते साधारण सभा

काठमाडौं, ११ भदौ । एनएमबि क्यापिटलले असोजको १ गते ११ औं वार्षिक साधारण सभा आव्हान गरेकाे छ । कम्पनीको संम्पन्न संचालक समितिको बैठकले साधारण सभा काठमाडौं, हात्तिसारस्थित आरण्य बुटिक होटलमा पूर्वान्ह साढे ११ वजे बोलाईएको हाे । संचालक समितिबाट प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७, ०७८ सम्मको सन्चित मुनाफाबाट शेयरधनीहरुलाई ३० प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई स्वीकृति प्रदान गरिने कम्पनी सचिव आशिष राज पाण्डेले जनाएका छन् । बैंकको एनएमबि क्यापिटलमा शतप्रतिशत लगानी भएकोले सभाबाट पारित हुने लाभांश बैंकले पाउने छ… पुरा पढौ

पोखरा महानगरका ४ वर्षः अत्यावश्यक कानुनसँगै पूर्वाधार विकास

पाेखरा, ११ भदौ । स्थानीय तहको निर्वाचन भै चुनिएका पदाधिकारीले चार वर्ष आफ्नो कार्यावधि सम्पन्न गरिसकेका छन् । लामो समयको स्थानीय तहको रिक्तताका अवस्थामा नेतृत्व सम्हालेका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरू यतिखेर विभिन्न समस्या बाबजुद अपेक्षित उपलब्धि हासिल नभए पनि विभिन्न पूर्वाधार विकाससँगै आगामी दिनका लागि महत्वपूर्ण आधार निर्माण भएको दाबी गर्दछन् । भौगोलिक दृष्टिकोणले देशकै ठूलो महानगरका रुपमा रहेको पोखरामा यस अवधिमा केही महत्वपूर्ण उपलब्धि हासिल भएको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।… पुरा पढौ

१ अर्ब ५२ करोडको गेडागुडी आयात

बाँके, ११ भदौ । नेपालगञ्ज नाकाबाट एक वर्षमा रु एक अर्ब ५२ करोड ३७ लाख बराबारको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६/७७ मा रु एक अर्ब १० करोड ८८ लाखको मात्र आयात भएको थियो । यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हुँदै गएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा रु ८९ करोडको चामल आयात भएको छ । आव ०७६÷७७ भन्दा यो झण्डै रु २९ करोडभन्दा बढी हो । आव ०७७÷७८… पुरा पढौ

भीषण वर्षाले परासी बजार डुबानमा

परासी, ११ भदौ । गएरातिकाे भीषण वर्षाले पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार डुबेको छ । परासी सबै बजार जलमग्न भएको छ । बजारका २०० बढी घरहरू डुबानमा परेका छन् । धेरै घरहरू आधाभन्दा बढी डुबेका कारण धेरै मानिस घरको छतमा बसेका छन् । परासी हुँदै बगेको झरही नदीमा पानी ‘ओभर फ्लो’ हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो । डुबानले परासी बजारका रामग्राम नगरपालिका–१ को सहुवाटिकर, वडा नम्बर २ को मस्जिद टोल, हाटबजार टोल, ३ को… पुरा पढौ