मुख्य समाचार

राजनीतिक दलसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित

काठमाडौं, ४ भदौ । बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा निर्वाचन आयोगले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन नियमावली, २०७८’ जारी गरेको छ । उक्त नियमावली नेपाल राजपत्रमा प्रकाशनमा आएको छ । राजपत्रमा नियमावली प्रकाशनमा आएपछि बुधबार दल दर्ताका लागि निवेदन दिएका नेकपा एमाले(समाजवादी) र जसपा (लोकतान्त्रिक)का लागि दल दर्ताको मार्ग प्रशस्त भएको छ । नियमावली नभएका कारण नयाँ दल दर्ताको प्रक्रिया अगाडि बढ्न सकेको थिएन । नियमावली रापजत्रमा प्रकाशित भएसँगै नयाँ दल दर्ताका लागि आवेदन दिने कानूनी मार्ग प्रशस्त भएको छ… पुरा पढौ

कर्णालीको गरिबी अन्त्यका लागि लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं, ४ भदौ । अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकासविना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकाले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन् । कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको ‘कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन । “बहुआयामिक गरिबी दर सबैभन्दा धेरै रहेको कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ को गरिबी अन्त्य नगरी राष्ट्रको गरिबी अन्त्य… पुरा पढौ

सन् २०२५ सम्म ७ अर्ब अमेरिकी डलर बराबरकाे निर्यात लक्ष्य

काठमाडौं, ४ भदौ । निर्यात व्यवसायी महासङ्घ नेपालले सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ । महासङ्घले नेपालको निर्यात व्यापारको आकार आगामी तीन वर्षमा एक अर्ब अमेरिकी डलरबाट दुई अर्ब अमेरिकी डलर पु¥याउने र सन् २०२५ को अन्त्यसम्म सात अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको हो । नेपालको निर्यात व्यवसायलाई अभिवृद्धि गरी व्यापार घाटा कम गर्न महासङ्घले गत साउन २७ गतेदेखि साउन २९ गतेसम्म ४० देशका कूटनीतिक नियोगका प्रतिनिधिसँग भर्चुअल माध्यमबाट गरेको… पुरा पढौ

विश्व बैंकले सात अर्ब १२ करोड सहुलियतपूर्ण ऋण दिने

काठमाडौं, ३ भदौ । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि छ करोड अमेरिकी डलर अर्थात् करिब रु सात अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित समारोहमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलङ्काका लागि देशीय निर्देशक फारिस हदाद–जार्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त सहायता नेपालको उच्च शिक्षामा सुधार गर्न, सिकाइमा सूचना प्रविधिको प्रयोग बढाउन र पिछडिएका तथा जोखिममा रहेका विद्यार्थीलाई शैक्षिक संस्थासम्मको… पुरा पढौ

चिप्स अभावका कारण टोयोटाले सेप्टेम्बरमा उत्पादनलाई ४० प्रतिशत कटौती गर्ने

टोकियो, ३ भदौ । विश्वव्यापी चिप्स (पूर्जा) अभावले आपूर्ति व्यवस्थामा असर पर्ने भएकोले सेप्टेम्बरमहिनामा टोयोटाले कार उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने जापानको निकी दैनिकले बिहीबार जनाएको छ । विश्वकै विशाल कार निर्माण कम्पनीले आगामी महिना करिब नौ लाख गाडी उत्पादन गर्ने योजना बनाएकोमा यसलाई घटाई लगभग पाँच हजारमा संशोधन गरिएको निकीले बताएको छ । यद्यपि निकीले यो भनाइ पुष्टि गर्न कुनै आधिकारिक स्रोतलाई उद्धृत गरेको भने छैन । निकीका अनुसार दक्षिणपूर्वी एसियामा कोरोनाभाइरसको ‘डेल्टा भेरियन्ट’को सङ्क्रमण बिस्तारले टोयोटाका केही पूर्जाको खरीदमा… पुरा पढौ

एनएमबि बैंकका दुई डिबेन्चर नेप्सेमा सूचीकृत

काठमाडौं, ३ भदौ । एनएमबि बैंकका दुईवटा ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन् । सूचीकरण भएकाहरुमा एनएमबबि उर्जा ऋणपत्र २०९२/०९३ तथा एनएमबि ऋणपत्र २०८७/०८८ रहेका छन् । सूचीकरणमा एनएमबि उर्जा ऋणपत्रतर्फ १ हजार मूल्य अंकित दरको १५ लाख इकाई रहेको छ । जसको बिक्री प्रबन्धक हिमालयन क्यापिटल हो । लगानीकर्ताहरुले यसमा वार्षिक ४ प्रतिशत ब्याज पाउने भएका छन् । यस्तै अर्को एनएमबि ऋणपत्रतर्फ १ हजार मूल्य अंकित दरमा २० लाख इकाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण भएको छ… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, लगानीकर्ताहरु झुम्मिए जीवन बीमातर्फ

काठमाडौं, ३ भदौ । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार शेयर बजार ओरालो लागेको छ । सूचकहरु घटेका भएपनि कारोबार रकम भने उल्लेख्य मात्रामा भएको छ । सबैभन्दा बढी आकर्षण जीवन बीमातर्फ देखिएको छ । बजार बन्द हुँदाको अवधिसम्म आउँदा नेप्से परिसूचक १८.२४ अंकले घटेर ३१८०.७८ विन्दुमा झरेको छ । नेप्से ०.५७ प्रतिशतले घटेको छ भने सेन्सेटिभ इण्डेक्स ८.३३ अंकले घटेर ५९०.१५ विन्दुमा रहेको छ । कुल २२९ कम्पनीको शेयर कारोबार भएको छ । ३ करोड ९ लाख १२… पुरा पढौ

मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ: अध्यक्ष दाहाल

काठमाडौं, ३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका छन् । समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइशौँ शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तक्र्रियामा अध्यक्ष ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका विषयमा हिजोबाट नयाँ परिस्थिति बनेको बताए। उनले भने “आज बिहान मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बसेका थियौँ, अब ढिलो गर्नुहुँदैन, छिटो टुंगाउनुपर्छ भनेका छौँं । हिजो दर्ता भएको पार्टीको सनाखत टुङ्गिने वित्तिकै मन्त्रिपरिषद् विस्तार टुङ्ग्याउनुपर्छ भन्ने सहमति भएको छ।” उनले अहिले सरकारले… पुरा पढौ

लुम्बिनी प्रदेशसभा बैठक स्थगन

रुपन्देही, ३ भदौ । लुम्बिनी प्रदेशसभाको बैठक स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगित गरिएको जनाएकोे हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले पार्टीले कारवाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर सदन अवरुद्ध पारेकाले नवौं अधिवेशनको तेस्रो दिनको बैठक पनि स्थगन गरिएकोे हो । अर्को बैठक यही भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने छ । राजनीतिक दलसम्बन्धी ऐनको बर्खिलाप कुलप्रसाद केसी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सांसदद्वय… पुरा पढौ

प्रत्येक वर्ष दुई छात्रालाई निःशुल्क प्राविधिक शिक्षा

पाेखरा, ३ भदौ । पोखरा महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयका दुईजना छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ । महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्रामध्येबाट दुई जनालाई निःशुल्क पढाउने भएको हो । महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनका लागि महानगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत दुईजना छात्रालाई निःशुल्क पढाइने व्यवस्था मिलाइएको बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार अध्ययनका लागि आवेदन दिएपछि एसइई र कक्षा ८ को नतिजाको आधारमा छात्रा छनोट गरिने व्यवस्था… पुरा पढौ