मुख्य समाचार

पूर्ण पेशागत निष्ठाकासाथ ट्राफिक व्यवस्थापनमा लाग्न जरुरी : प्रहरी महानिरीक्षक क्षेत्री

काठमाडौं, २ भदौ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरुले शिष्ट, सभ्य व्यवहार तथा आचरणमा व्यावसायिकता प्रदर्शन गर्दै पूर्ण पेशागत निष्ठाका साथ ट्राफिक व्यवस्थापनमा लाग्न जरुरी रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयबाट बुधबार भिडियो कन्फ्रेन्सद्वारा महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका प्रमुखहरु, सबै प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण लक्षित विषयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताए । ट्राफिक व्यवस्थापनमा… पुरा पढौ

एमाले फुट्यो, माधव समूह दल दर्ता गर्न निर्वाचन आयोगमा

काठमाडौं, २ भदौ । नेकपा एमाले समाजवादी दल दर्ताका लागि माधवकुमार नेपाल समूहका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगतै एमाले फुटेको छ । वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा एमाले समाजवादी दर्ता गर्ने निर्णय गरेका थिए । त्यस अनसार यो समूहका नेताहरु आयोग पुगेका छन् । नेकपा एमाले समाजवादीको संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा… पुरा पढौ

अष्टलक्ष्मी शाक्य बाग्मतीको मुख्यमन्त्री बन्दै

काठमाडौं, २ भदौ । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वरिष्ठ नेता माधव नेपालको साथ छाडेकी छन् । माधव नेपाल नयाँ पार्टी गठनको गृहकार्यमा लागेपछि नेतृ शाक्य एमाले संस्थापन पक्षतर्फ खुलेकी हुन् । एमालेले उनलाई बाग्मती प्रदेशको मुख्यमन्त्रीमा चयन गर्ने तयारी गरेको छ । त्यसका लागि आजै शाक्यलाई एमाले प्रदेश संसदीय दलको नेता चयन गरिएको सांसद अरुण नेपालले बताए । मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएर शाक्यलाई चयन गर्ने प्रस्ताव गरेका थिए । बाग्मती प्रदेशमा एमालेको एकल बहुमत छ। पुरा पढौ

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डरीले उक्त अध्यादेश जारी गरेको उल्लेख छ । पुरा पढौ

काठमाडौंको कपनमा बोरिङ खन्दा मिथेन ग्यास मिसिएको पानीको फोहोरा

काठमाडौं, २ भदौ । पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा आज एक्कासि बालुवासहित पानीको फोहोरा निस्क्यो । तीन घण्टादेखि पानी र बालुवासहितको करिब ४० फिट अग्लो फोहोरा काठमाडाैं कपन शिवमन्दिर नजिक निरन्तर छ । भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन् । फोहोरा जारी रहेपछि उनीहरुले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए । सूचनापश्चात् घटनास्थल निरीक्षणमा आइपुग्नुभएका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले फोहोरामा मिथेन ग्यास मिसिएको जानकारी दिए… पुरा पढौ

फेरि नेप्सेमा नयाँ रेकर्ड, विकास बैंक र फाइनान्सतर्फ बढ्यो आकर्षण

काठमाडौं, २ भदौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई उपसमूहबाहेक बाँकीमा हरियालीकासाथ कारोबारमा पनि छलाङ मारेको छ । नयाँ वर्ष २०७८ को शुरुसंगै शेयर बजारका जानकार तथा शेयर खेलाडीहरुले कारोबार रकम २० अर्ब भन्दामाथि पुग्छ भनि गरेको पूर्वानुमान सहि भएको छ । यो बेला शेयर कारोबारको सिजन हो तर कोरोनाको कारण लागू भएको निषेधाज्ञा तथा बेला बेलाको राजनीतिक घटनाक्रमले शेयर बजार प्रभावित भएता पनि पछिल्ला दिनहरुमा शेयर बजारकाे लय सकारात्मक देखिएको छ । नेप्से परिसूचक ३८.२८… पुरा पढौ

मेगा बैंकका ९ वटा एक्सटेन्सन काउन्टर भए शाखामा स्तरोन्नति

काठमाडौं, २ भदौं । मेगा बैंकले ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नति गरेर शाखामा रुपान्तरण गरेको जनाएको छ । बैंकले झापाको शिव सताक्षी नगरपालिकामा रहेको एक्सटेन्सन काउन्टरलाई शाखामा परिणत गरेको छ । मोरङको धनपालथान गाउँपालिकामा रहेको एक्सटेन्सन काउन्टर, सुनसरी जिल्लाको कोशी गाउँपालिकामा रहेको, धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकामा रहेको मिथिला बिहारी एक्सटेन्सनलाई शाखामा परिणत गरेको छ । यस्तै बैंकले धनुषा जिल्लाको नागराईन नगरपालिकामा रहेको नागराईन एक्सटेन्सन काउन्टर, अर्घाखाँचीको मालारानी गाउँपालिकामा रहेको मालारानी एक्सटेन्सन काउन्टर, पाल्पाको माथागढीमा रहेको, गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा रहेको… पुरा पढौ

विकास बैंकहरुले मागे ब्रोकर लाइसेन्स

काठमाडौं, २ भदौ। विकास बैंकहरुले सहायक कम्पनीमार्फत शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन सरकारसँग आग्रह गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएशनले धितोपत्र बोर्डलाई पत्र लेख्दै विकास बैंकलाई पनि शेयर ब्रोरकको काम गर्ने बाटो खुल्ला गरिदिन आग्रह गरेको हो । एसोसिएशनले आज एक विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डसँग सेयर ब्रोकरको काम गर्न अनुमति माग गरेको हो । ‘धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ६२ मा बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी… पुरा पढौ

अफगानिस्तानबारे मिलेर अघि बढ्ने अमेरिका र बेलायती भनाइ

लन्डन, २ भदौ । अफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उनीहरुबीच मंगलबार फोनवार्ता भएको बेलायतका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उनीहरुकाबीचमा हालै अफगानिस्तानबाट अमेरिकीसहित नेटो सेना फर्किएको विषय र त्यसपछि तालिबानीले अफगानिस्तान कब्जा गरेको विषयमा कुराकानी भएको थियो । सो क्रममा उनीहरुले एकआपसमा उक्त अप्ठेरो परिस्थितिमा अफगानिस्तानबाट आफ्ना नागरिक स्वदेश फिर्ता गर्नका लागि गरेको सहायताप्रति धन्यवाद पनि दिए । फोनवार्ताका क्रममा अबका दिनमा अफगानिस्तानका विषयमा आफू… पुरा पढौ

जहाज बोलपत्र आह्वानसँगै कोरिया छनोटमा परेकोमा आशाको सञ्चार

काठमाडौँ, २ भदौ । दक्षिण कोरियामा रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत जान सबै प्रक्रिया पूरा गरी प्रतिक्षामा रहेका नेपाली कामदारमा पुनः एक पटक फेरि आशाको सञ्चार पैदा भएको छ । सरकारले वैदेशिक रोजगारीका लागि कोरिया लैजान हवाई जहाजका लागि बोलपत्र आह्वान गरेसँगै अन्योलपूर्ण अवस्थालाई चिर्नुका साथै राहत महसुस भएको इपिएस पासर सङ्घर्ष समितिका संयोजक अजय सोडारीले बताए। विश्वभर फैलिएको कोभिड–१९ सङ्क्रमण जोखिमसँगै कोरियामा नेपाली कामदार पठाउने कार्य रोकिँदा १० हजार व्यक्तिको जीवन अन्योलमा पर्दै आएको छ । सरकारले इपिएसमार्फत कोरिया… पुरा पढौ