मुख्य समाचार

रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा

काठमाडौं, ३ भदौ । चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालनमा ल्याइएको हो । हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले कोरोनाका कारण पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसकेपनि चन्द्रागिरि हिल्स रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर केवलकार सञ्चालनमा ल्याइएको जानकारी दिए । “आठ जना अट्ने केवलकारमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै चारजनासम्म… पुरा पढौ

रक्तपात हुन नदिन देश छोडें-अफगान पूर्वराष्ट्रपति घानी

दुबई, ३ भदौ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले भने “आफूले देशमा रक्तपात हुनबाट बचाउन देश छोडेको बताएका छन् । उनी गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लागेका थिए । उनी अहिले संयुक्त अरब इमिरेट्स पुगेको बताइएको छ । उनलाई बुधबार साँझ युनाइटेड अरब इमिरेट्समा स्वागत गरिएको थियाे । उनको साथमा उनको परिवार पनि रहेका छन् । हिंस्रकरूपमा तालिबानीले विभिन्न सहर हुँदै राजधानी काबुल नै कब्जा गर्न थालेपछि उनले गएको आइतबार देश छोडेका थिए। देश छोडेपछि पहिलो पटक आफ्नो भनाइ राख्दै उनले… पुरा पढौ

सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज

काठमाडौं, ३ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सातवटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नं २ मा मधेश स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार सुचारु भएको जनाए। उनका अनुसार नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालय मेडिकल स्कुललाई सार्वजनिक मेडिकल कलेजको रुपमा तोकी चिकित्सा शिक्षा ऐन–२०७५ को प्रावधान अनुसार छात्रवृत्ति कायम गर्ने प्रक्रियासमेत… पुरा पढौ

टोखामा ५१ किलोमिटर सडक ढलान, ३१ किलोमिटर कालोपत्र

काठमाडौं, ३ भदौ । टोखा नगरपालिकाले चार वर्षमा ५१ किलोमिटर सडक ढलान सम्पन्न गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको उक्त नगरपालिकामा विसं २०७४ जेठ १० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आएसँगै विकासले मुहार फेरेको हो । चार वर्षमा नगरपालिकामा ३१ किलोमिटर सडक कालोपत्र हुनाका साथै चार किलोमिटर सडक ग्राभेल गरिएको हो । नयाँ जनप्रतिनिधि निर्वाचित हुनुपूर्व विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पले क्षति पु¥याएका संरचना पुनःनिर्माण गर्ने चुनौतीसमेत थियो । नगरपालिकाले चार वर्षमा विभिन्न… पुरा पढौ

रेल्वे मुआब्जा विवाद टुङ्गिएसँगै कामले गति लिने विश्वास

महोत्तरी, ३ भदौ । बर्दिबास–जनकपुर–जयनगर र पूर्वपश्चिम रेल सेवा विस्तारको काम अब अघि बढ्ने जिल्लावासीले विश्वास लिएका छन् । बर्दिबासमा रेल्वेको प्रस्तावित जग्गाको मुआब्जा विवाद टङ्गिएसँगै अब कामले गति लिने यहाँ विश्वास पलाएको हो । जिल्लास्थित जग्गा मुआब्जा निर्धारण समितिले बुधबार बर्दिबासको रेल्वे प्रस्तावित जग्गाको मूल्य निर्धारणको टुङ्गो लगाएको हो । “पछिल्ला सात वर्षयताको विवाद अब टुङ्गिएको छ, हामीले सबै सरोकारवालासँगको परामर्शमा मूल्य निर्धारणको काम टुङ्ग्याएका छौँ”, प्रमुख जिल्ला अधिकारी तथा जग्गा मुआब्जा मूल्य निर्धारण समितिका अध्यक्ष तीर्थराज भट्टराईले आज… पुरा पढौ

ग्लोबल आइएमई बैंक र एफएनसीसीआई प्रदेश नं १ बीच सम्झौता

काठमाडौं ३ भदाै । ग्लोबल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच सहकार्य गर्ने सम्झौता भएकाे छ । प्रदेश नं १ का महासंघका सदस्यलाई सहज बैंकिङ सेवा पुर्‍याउने सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको हाे । बैंककाे तर्फबाट प्रदेश नं १ का प्रमुख सुवास सापकोटा र महासंघ प्रदेश अध्यक्ष ढिकाराज ढकालले हस्ताक्षर गरेका छन। सम्झौता अनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ पहुँच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नव उद्यमी र कृषि व्यवसायमा संलग्न उद्योगीलाई प्राथमिकतामा राखेर बैंकिङ सुविधा… पुरा पढौ

कर्णाली सरकारले शुक्रबार सार्वजनिक बिदा दिने

कर्णाली, ३ भदौ । कर्णाली प्रदेश सरकारले यही भदौ ४ गते अर्थात् शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिन लागेको हो । प्रदेश सरकारको विसं २०७८ वैशाख ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा भदौ ४ गते प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा दिने सूचना गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए । विसं… पुरा पढौ

एमाले र जसपाको विभाजनसँगै नयाँ दुई राजनीतिक दल दर्ता

काठमाडौं, २ भदौ । नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिकरूपमा विभाजन भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन दर्ता गर्नुभएसँगै नेकपा एमालेको औपचारिकरूपमा विभाजन पुष्टि भएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले (समाजवादी) नामको दल दर्ताका निम्ति आयोगमा निवेदन दर्ता भएको जानकारी दिए । नेकपा एमाले (समाजवादी)मा साविक नेकपा एमालेका सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३१ सांसद र ५८ केन्द्रीय सदस्य रहनुभएको नेता राजेन्द्रप्रसाद पाण्डेले जानकारी… पुरा पढौ

माथिल्लो त्रिशुली-१ जलविद्युत् आयोजनाको निर्माण शुरु

काठमाडाै, २ भदौ । रसुवामा आयोजनास्थल रहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनाको भौतिक निर्माणको काम शुरु भएको छ । भूमिगत विद्युत्गृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल’ को काम शुरु गरिएसँगै आयोजनाको निर्माण शुरु भएको हो । कूल २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न कामका लागि मङ्गलबार पहिलो विष्फोट गराइएको आयोजनाले जनाएको छ । योसँगै मुख्य प्रवेश, केबल, मुख्य सुरुङलगायत संरचना निर्माण शुरु गरिएको छ । आयोजनास्थलमा क्रसर प्लान्ट तथा ब्याचिङ प्लान्टको स्थापना, निर्माण सामग्रीको परीक्षण, पहुँच… पुरा पढौ

कास्कीको मादीमा लायन्स उद्यमी नमूना गाउँ बन्ने, पूर्व गृहमन्त्री अधिकारीले गरे उद्घाटन

पोखरा, ०२ भदौ । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ वि १ नेपालको यो वर्षको मुख्य कार्यक्रम लायन्स उद्यमी नमूना गाउँ बनाउने अभियान कास्कीबाट आज शुभारम्भ भएको छ । पूर्व गृहमन्त्री तथा संघीय सांसद खगराज अधिकारीको प्रमुख आतिथ्यतामा थाम, ल्हाम्जा–५ मादीमा लायन्स उद्यमी नमुना गाउँ उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी पूर्व गृहमन्त्री तथा संघीय सांसद खगराज अधिकारीले सामाजिक संस्था लायन्सले गरेका सेवा कार्यहरुको प्रसंसा गर्दै ल्हाम्जा–५ मादीमा नमुना उद्यमी गाउँ बनाउने लायन्सको अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताए । सो… पुरा पढौ