मुख्य समाचार

खिर खाएर साउन १५ मनाइँदै

काठमाडाैं, १५ साउन । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि… पुरा पढौ

राजस्व सङ्कलन ३३ प्रतिशतले वृद्धि, दुई अर्ब ९० करोड सङ्कलन

काठमाडौं, १५ साउन । नेपाल प्रहरीले कानूनविपरीतका क्रियाकलापविरुद्धको कारवाहीबाट आर्थिक वर्ष २०७६, ७७ को तुलनामा गत आवमा ३३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७६, ७७ मा रु दुई अर्ब १७ करोड राजस्व सङ्कलन गरेकामा गत आवमा रु दुई अर्ब ९० करोड सङ्कलन भएको छ । यो अघिल्लो वर्षको तुलनामा ३३ दशमलव ६४ प्रतिशतले वृद्धि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको सक्रियताका कारण राजस्व सङ्कलनमा वृद्धि भएको जानकारी… पुरा पढौ

अर्थ मन्त्रालयले माग्याे नेप्सेसँग अनाधिकृत रुपमा शेयर खरिद बारे स्पष्टीकरण

काठमाडौं, १४ साउन । अनाधिकृतरुपमा शेयर खरिद गरेको भन्ने विवरण सार्वजनिक भएपछि अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्जलाई स्पष्टीकरण सोधेको छ । साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीको शेयर नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको परिवारले खरीद गरेको पाइएपछि मन्त्रालयले आज स्पष्टीकरण सोधेको छ । मन्त्रालयले विभिन्न सञ्चारमाध्यमा आएका विभिन्न विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र यस मन्त्रालयमा उपलब्ध गराइदिन भनिएको छ । मन्त्रालयले आजै नेपाल धितोपत्र बोर्डलाई पनि सोही बेहोराको पत्र लेख्दै… पुरा पढौ

भदाैकाे पहिलाे सातासम्म १ कराेड २१ लाख ३८ हजार खाेप आउँदै

काठमाडौं, १४ साउन । प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय ग¥यो । संसद्मा विश्वासको मत पाउदा प्रधानमन्त्री देउवाले पनि आफ्नो पहिलो प्राथमिकता खोप, खोप र खोप तीन पटक वाचन गरे । दुई उदाहरणले खोपमा सरकारको प्राथमिकता कति रहेछ भन्ने कुरा पुष्टि हुन्छ । अघिल्लो सरकारले पनि खोपलाई प्राथमिकतामा राखेर काम गरिहेकाेमा गत असार २९ गते बनेको सरकारले पनि नागरिकलाई कोरोना भाइरसबाट जोगाउनका लागि खोपलाई पहिलो प्राथमिकता राखेको छ । अघिल्लो सरकारले… पुरा पढौ

चाहिएको बर्षात् नचाहिएको बिपद्

बर्खा र विपद् सँगसँगै आउँछ नेपालमा। बर्षात् खेतिपातीमा निर्भर किसानलाई नआई नहुने। बर्षात् नभए बर्खे बालीको उब्जनी रोकिने र बर्खे बाली नै उब्जाउन नसके बर्षभरी खाने उपाय रोकिने हुनाले 'हर हर महादेव पानी देऊ' नभनी सुखै पनि छैन कैयन नेपाली किसानहरूलाई। सिञ्चाई कुलो नपुगेका पहाडी सुर्कासुर्कीमा त बर्खे झरीकै भरमा खेती गरिने बाध्यता पनि छ।  तर बर्षै पिच्छे बाढी पहिरोको बितण्डाले सिर्जना गर्ने सन्त्रास र रुवाबासी हेर्ने हो भने चाहिँ बर्षातले खुसी होइन खतरा ल्याउने गरेको देखिन्छ। त्यो नभई नहुने… पुरा पढौ

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

जेनेभा, १४ साउन । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्वन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएको जनाएको छ । पछिल्लो हप्ता दैनिक विश्वभरी पाँच लाख ४० हजार सङ्क्रमित भएका छन् । त्यसअघि चार… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं, १४ साउन । साताकाे शेयर काराेबार हुने अन्तिम दिन बिहिबार दुइ दिन अघिसम्मकाे रेकर्ड ब्रेक हुन पनि सकेन र त्यसकाे हाराहारीमा नपुगि उल्टाे दिशामा गएकाे छ । नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । लगातार नयाँ नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा करेक्सन देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से १५.११ बिन्दुले घटेर तीन हजार ७९.८३ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४७ बिन्दुले… पुरा पढौ

प्रिमियर स्टील बन्यो ३६ एमएममा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्ने पहिलो नेपाली कम्पनी

बिराटनगर, १४ श्रावण । प्रिमियर स्टील ३६ एमएम समुह (क्याटोगरी) मा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल पहिलो नेपाली कम्पनी भएको छ । ३६ एमएमको छड ठूला परियोजनाहरु हाइड्रो पावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरिन्छ । यस अघि ३० एमएमको छड छिमेकी मुलुक भारत वा अन्य मुलुकहरुबाट आयात गरिदै आएको थियो । अब उपरान्त नेपाल गुणस्तर प्रमाण प्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै छड आयात गर्नुपर्ने अवस्था नरहेको कम्पनीले जनाएको छ । प्रिमियर स्टीलले एफई ५००, एफई ५००डी ग्रेडेड टीएमटी… पुरा पढौ

सेवोनलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं, १४ साउन । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ । विभिन्न सञ्चारमाध्यमममा बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गाना र उनको परिवारले साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीसँग मिलेमतो गरेको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको हो । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बुधबारदेखि लागू हुने गरी तीन दिनभित्र स्पष्ट गरी पठाउन भनेको छ । “विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका बोर्डसँग सम्बन्धित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थ के हो, सो… पुरा पढौ

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं, १४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहिबार बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। यस्तै बुधबार मात्र मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो । कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई/दुईजना मन्त्री राखेर… पुरा पढौ