मुख्य समाचार

मेलम्ची क्षेत्र अझै जोखिममा, जुनसुकै समयमा फेरी बाढी आउन सक्छ

काठमाडौं, ३२ साउन । मेलम्ची नदीमा आएको बाढीले पु¥याएको क्षतीको पूर्ण विवरण नआउँदै विज्ञहरुले उक्त क्षेत्रमा फेरी पनि वाढी पहिरो जानसक्ने औल्याएका छन् । भेमाथाङमा जम्मा भएको डेब्रीज र त्यसभन्दा माथिल्लो क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै उनीहरुले यस्तो बताएका हुन् । मेलम्चीमा बाढी आएपछि खानी तथा भूगर्भ विभागले पछिल्लो समयमा गरेको अध्ययनले अझै जोखिम रहेकाले पूर्ववत स्थानमा बस्न नसकिने निष्कर्ष निकालेको हो । विभागले गत साउन २२ गतेबाट अध्ययन शुरु गरी वाढी आउनुको कारण र त्यस क्षेत्रको भौगर्भिक अध्ययन पछि… पुरा पढौ

काबुल कब्जामा, राष्ट्रपति भवनमा वार्ता जारी, इस्लामिक राष्ट्र घोषणा गर्ने तालिबानको तयारी

काबुल, ३२ साउन । अफगानिस्तानको राजधानी काबुल त्यहाँका सशस्त्र विद्रोही तालिबानीहरुले कब्जामा लिएका छन् । उनीहरु आइतबार साँझ राजधानी काबुल प्रवेश गरेका हुन् । त्यसलगत्तै उनीहरुले यहाँका राष्ट्रपतिको निवास पनि कब्जा गरेका छन् । राष्ट्रपति अशरफ घानीले देश छोडेका छन् । उनी देश छोडेर कहाँ गएको हो भन्ने विषयमा केही बताइएको छैन । यस विषयमा अफगानिस्तानको सरकारले पनि केही भनेको छैन । तर अफगानिस्तानको नेशनल रिकन्सिलिएसन काउन्सिलका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले आफ्नो फेसबुक पेजमा राष्ट्रपति घानीले देश छोडेका भन्दै त्यसको भिडियो पोष्ट… पुरा पढौ

हेटौंडा उपमहानगरपालिकामा २२ करोड राजस्व सङ्कलन

वाग्मती, ३२ साउन । हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक स्रोत तर्फ रु २२ करोड बढी रकम सङ्कलन गरेको छ । कार्यालयका अनुसार गत आवमा आन्तरिक स्रोत तर्फ रु २२ करोड सात लाख २९ हजार २२१ राजस्व सङ्कलन गरेको हो । राजस्व सङ्कलनमध्ये गत एक वर्षको अवधिमा सबै भन्दा धेरै एकीकृत सम्पत्ति कर रु चार करोड ९६ लाख ३१ हजार ५६९ सङ्कलन गरिएको कार्यालयले जनाएको छ । पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर रु एक करोड ८६ लाख १८… पुरा पढौ

नेप्से अपडेटः २.८७ अंकको बृद्धि

काठमाडौं, ३२ साउन । नयाँ आर्थिक वर्षको अन्तिम दिन सोमबार शेयर बजार सकारात्मक लयमा गएको छ । तर बजार बन्द हुँदाको अवधसिम्म भने नतिजा नकारात्मक पनि हुन सक्छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.८७ अंकले बढेर ३१५७ विन्दुमा पुगेको छ । नेप्से ०.०९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.१५ अंकले बढेर ५८९.५२ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दा मध्यान्ह १२ वजेसम्म कुल २१२ कम्पनीको शेयर कारोबार भएको छ । ६० लाख ३६ हजार दुई सय १५… पुरा पढौ

अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिनेछ: प्रधानमन्त्री

काठमाडौं, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारी दिए। उनले आज बिहान ट्वीट गर्दै सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निर्वाह गर्ने दृढता व्यक्त गरे। प्रधानमन्त्रीले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यकावस्थामा उद्धार प्रबन्ध मिलाउन आइतबार नै निर्देशन दिइएको पनि बताएका छन्। अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति कार्यालय बिद्रोही तालिवानीले कब्जा गरेपछि त्यहाँँ रहेका विदेशी धमाधम स्वदेश फर्किन थालेका छन् भने… पुरा पढौ

देशका ४ पर्यटकीय गन्तव्य जोड्यो हवाई उडानले

चितवन, ३२ साउन । देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोडिएका हुन् । बुद्ध एयरले आइतबारदेखि भरतपुर–भैरहवा उडान थालेको हो । बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार भरतपुर–काठमाडौँ दैनिक नौ वटा उडान हुँदै आएको छ । भरतपुर–पोखरा दैनिक एउटा र भरतपुर–भैरहवा हप्ताको तीन उडान भर्न थालिएको छ ।… पुरा पढौ

तेह्रथुम पावर कम्पनीले भदौ ९ गतेदेखि ८ करोडको आइपीओ निष्काशन गर्दै

काठमाडौं, ३२ साउन । तेह्रथुम पावर कम्पनीले भदौ ९ गतेबाट ८ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन तथा बिक्रीका लागि ल्याउने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशतले हुने ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर बिक्री गर्ने भएको हो । यसअघि कम्पनीले आयोजना प्रभावित तेह्रथुमका जनताका लागि ४ लाख आइपीओ बिक्री गरीसकेको छ । कम्पनीका अनरसार २ प्रतिशत शेयर कर्मचारी र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी हुन आउने ७ लाख ४४ हजार… पुरा पढौ

विद्यार्थीलाई सचेत बनाउँदै कास्की प्रहरी,

पोखरा, ३२ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीले विद्यालयदेखि नै साइबर अपराध, वाल विवाह, लागूऔषध, सडक अनुशासनसम्बन्धी जानकारी दिन विद्यार्थीलाई सचेतना कार्यक्रम गरेको छ ।प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत कास्की प्रहरीले मातहत प्रहरी कार्यालयहरूको सहकार्य र समन्वयमा विद्यार्थीलाई अनलाइनमार्फत यसखालको सचेतना दिएको हो । लागू औषध दुव्यर्सनी, साइबर अपराध, बालबालिकाविरुद्धका अपराधहरू बढ्दो क्रममा रहेको र ती कसुरमा अधिकांश पीडक र पीडित युवा रहेको पाइएकोले त्यस्ता कसुरजन्य गतिविधि रोकथाम तथा नियन्त्रण गर्न युवावर्गलाई सचेत गराउन विद्यालय तहदेखि नै यस्तो कार्यक्रम गरिएको जिल्ला प्रहरी… पुरा पढौ

ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब धेरै, कस्ता छन् अन्य सूचक ?

काठमाडौं, ३२ साउन । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा ४ अर्ब बढी खुद नाफा कमाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सो नाफा कमाउन सफल भएको पाईएको छ । पुरानो आर्थिक वर्षको असारको अन्त्यसम्म बैंकले ४ अर्ब १२ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो पटकको सोहि अवधिको भन्दा ४१.८७ प्रतिशत बढी हो । बैंकको खुद ब्याज तथा संचालन नाफामा बृद्धि भएपछि खुद नाफामा बृद्धि… पुरा पढौ

हाइकिङमार्फत जोडिँदै गलेम भिर

पाेखरा, ३२ साउन । स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका–४ स्थित गलेम भिरलाई हाइकिङमार्फत जोड्ने प्रयास थालिएको छ । धार्मिक एवं पर्यटकीय महत्वको गलेम भिरलाई पदयात्रा पर्यटनसँग जोड्दै एक दिवसीय हाइकिङको गन्तव्य बनाउने सोचका साथ बृहत् फेदीखोला पोखरा समाजको समन्वयमा हाइकर्स क्लब नेपालले उक्त क्षेत्रको प्रवद्र्धनात्मक हाइकिङ सम्पन्न गरेको छ । गलेम भिरसँगै गलेम गाउँ र यससँग जोडिएका प्रकृति र संस्कृतिका विविध पक्षलाई एक साथ समेट्दै अघि बढाउने र यस क्षेत्रलाई एक दिवसीय हाइकिङको गन्तव्य बनाउने सोच राखिएको हाइकर्स क्लब नेपालका उपाध्यक्ष… पुरा पढौ