मुख्य समाचार

प्राधिकरणको नाफा तीन अर्ब, ५१ लाख ग्राहकमा पुग्यो बिजुली

काठमाडौं, १ भदौ । उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् । अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७÷७८ मा ७.३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा वृद्धि भएको हो । यस्तै, सामुदायिक संस्थातर्फ पाँच लाख ५० हजार पुगेका छन् । यस आधारमा देशभर विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्या ५० लाख ८० हजार पुगेको छ । प्राधिकरणको ३६औं वार्षिकोत्सवको अवसरमा दिइएको विवरण अनुसार देशका ७४… पुरा पढौ

सामान्य अंकले बढ्यो नेप्से, १८ अर्ब बढीको कारोबार

काठमाडौं, १ भदौ । भदौ महिनाको पहिलो दिन तथा साताको तेश्रो मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले बढयो । शेयर बजार उकालो लागेपछि लगानीकर्तालाई उत्सुक बनाई रह्यो । पौने १२ वजेसम्म आउँदा भने नेप्सेमा दोहोरो अंकको गिरावट आयो । नेप्सेमा छिनछिनमा बढ्ने र घट्ने क्रम चलिनै रह्यो । आखिर बजार बन्द हुँदाको समयसम्म आउँदा भने नेप्सेमा सामान्य सुधार देखियो । कारोबार रकममा भने उल्लेख्य बढोत्तरी भएको छ । विकास बैंक र फाइनान्सतर्फ आकर्षण बढी देखिएको छ । नेप्से… पुरा पढौ

अफगानिस्तानबाट ११८ नेपालीलाई स्वदेश ल्याइयो-परराष्ट्र मन्त्रालय

काठमाडौं, १ भदौ । अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी आज ११८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जनाएको छ । सरकारले त्यहाँ रहेका नेपाललाई सकुशल उद्धारका लागि समन्वयात्मक ढङ्गले काम गर्न आफ्ना मातहतका निकायलाई निर्देश गरिसकेको छ । सोमबार भएको मन्त्रिपरिषद् बैठकले त्यहाँ रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको थियो । अफगानिस्तानको विकसित घटनाका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था… पुरा पढौ

हकप्रद शेयर निष्काशन गर्न अपि पावरले बोलायो साधारण सभा

काठमाडौं, १ भदौ । अपि पावर कम्पनीले भदौ २५ गते अठारौं वार्षिक साधारण सभा बोलाएको छ । काठमाडौं थापाथलिस्थित ट्रेड टावरमा रहेको केन्द्रीय कार्यालयमा बोलाईएको साधारण सभा अनलाइनबाट संचालन गरिने भएको छ । कम्पनीको साधारण सभामा हकप्रद शेयर निष्काशनको प्रस्तावलाई पारित गर्ने लगायतका एजेण्डा रहेका छन् । कम्पनीले बोनस शेयर वितरण गरेपश्चात हकप्रद शेयर ल्याउन लागेको छ । साधारण सभामा आर्थिक वर्ष २०७७, २०७८ को मुनाफाबाट चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयर वितरणको प्रस्तावलाई पारित गरिने भएको छ । यस्तै… पुरा पढौ

लायन्स मोडेल भिलेजलाई गण्डकी प्रदेश सरकारले सघाउने

पोखरा, १ भदौ । लायन्स डिष्ट्रिक्ट ३२५ वि १ नेपालको यो वर्षको मुख्य कार्यक्रम लायन्स मोडेल भिलेज निर्माणमा गण्डकी प्रदेश सरकारले सघाउने भएको छ । डिष्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्यले मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलसँग भेट गरी लायन्सले यो वर्ष विभिन्न १४ जिल्लाका १४ गाउँमा मोडेल भिलेज बनाउने अभियान सुरु गरेकाले सो कार्यमा सहकार्य गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए । सो अवसरमा मुख्यमन्त्री पोख्रेलले लायन्सका विभिन्न सामाजिक गतिविधि नियालिरहेको बताउँदै लायन्सको मोडेल भिलेज बनाउने अभियानमा आबश्यक छलफल गरी गण्डकी… पुरा पढौ

अलैंची मासिन थालेपछि किसान चिन्तित

मङ्गलबारे, १ भदौ । नगदेबाली अलैंची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण यो ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् । मकैबारी नै मासेर अलैंची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैंची पुनः रोप्दा पनि रोग बल्झिएकाले उत्पादन नै नहुने अवस्थामा पुगेको किसानको गुनासो छ । डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको इलाम, देउमाई नगरपालिकाका घनश्याम खतिवडा बताउँछन् । ‘‘बारी नै मासेर अलैंची लगाइएको थियो… पुरा पढौ

प्रदेश नं २ का प्रदेश प्रमुखमा मिश्र

काठमाडौं, १ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गरेकी छन्। उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा मिश्रलाई आज प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्। यसअघि राष्ट्रपतिले सरकारको सोमबारकै सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम सो प्रदेशका प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पुरा पढौ

नेप्से अपडेट : ३.४७ अंकले घट्यो, करिब ४ अर्बको कारोबार

काठमाडौं, १ भदौ । आज भदौ महिनाको पहिलो दिन तथा साताको तेश्रो मंगलबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले बढयो । तर पौने १२ वजेसम्म आउँदा भने नेप्सेमा दोहोरो अंकको गिरावट आयो । नेप्से परिसूचक ३.४७ अंकले घटेर ३१५६.६१ विन्दुमा झर्यो । नेप्से ०.११ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स पनि ०.८२ अंकले घटेर ५९२.११ विन्दुमा झरेको छ । यो समाचार तयार पर्दासम्म कुल २०७ कम्पनीको शेयर कारोबार भएको छ । ६१ लाख ६३ हजार ९०२ कित्ता शेयरको खरिदबिक्रीबाट ३ अर्ब… पुरा पढौ

नयाँ गन्तव्य खोज्दै अन्नपूर्ण गाउँपालिका

म्याग्दी, १ भदौ । पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्धगल्छी–तातोपानी–घार–शिख–घोडेपानी–पुनहिल खण्डसडकले विस्थापित र छोटिएको छ । सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीयस्थल पहिचान, पूर्वाधार निर्माण र प्रवद्र्धनमा जोड दिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए। “कोभिडपछिको पर्यटनका लागि भर्जिन गन्तव्य पहिचान गरेका छौँ”, उनले भने, “नयाँ गन्तव्यमा पूर्वाधार निर्माणसँगै प्रवद्र्धनमा जोड दिएका छौँ ।” अन्नपूर्ण आधार शिविर जोड्ने “मौरिज हर्गोज”,… पुरा पढौ

मुनाफा कमाउने ‘क’ वर्गका बैंकमा नबिल पहिलो

काठमाडौं, १ भदौ । काेराेना महामारीका बीच गत आवमा ‘क’ वर्गका बैंकहरुले ६३ अर्ब रुपैयाँ भन्दा धेरै खुद मूनाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले गत वर्ष ६३ अर्ब ३७ करोड ३८ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । कोरोना महामारीकाबीच पनि अधिकांश बैंकहरुको मूनाफामा राम्रो वृद्धि देखिएको छ । अधिकांश बैंकहरुको मूनाफा बढेको छ भने केही बैंकहरुको मात्रै मूनाफामा गिरावट आएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा करिब ११ अर्ब रुपैयाँले… पुरा पढौ