मुख्य समाचार

न्यादीको आईपीओमा आजदेखि आवेदन

काठमाडौं, १ भदौ । न्यादी हाइड्रोपावर लिमिटेडले मंगलबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिशेयर १ सय अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा ३ (साविक खुदी वडा १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी ६, ७… पुरा पढौ

भरतपुरमा ठूला आयोजनाका काम धमाधम

भरतपुर, १ भदौ । भरतपुर महानगरपालिकामा ठूला आयोजनाका काम धमाधम भइरहेको छ । संघीय, प्रदेश र महानगरपालिकाको बजेटमा अधिकांश आयोजनाको कामले गति लिएको हो । केही आयोजनाको काम भने प्रगति सोचेअनुरुप हुन सकेको छैन । महानगरपालिका प्रमुख रेनु दाहालले परियोजना पार्ने, बजेट ल्याउने र काम लगाउने काममा महानगर लागिपरेको बताइन्। आयोजना हेर्दै गरेका सरकारी कार्यालय र ठेकेदार कम्पनीसँग समन्वय गरेर देखिएका बाधा, अवरोध फुकाउँदै समयमा काम सम्पन्न गर्न महानगरपालिकाले भूमिका खेलेको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका… पुरा पढौ

झापामा निषेधाज्ञा खुकुलो

झापा, १ भदौ । झापामा २ सातादेखि लगाइँदै आएको निषेधाज्ञा मंगलबारदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । अत्यधिक भीडभाड हुने खाद्यान्न, तरकारी, माछामासुलगायत अत्यावश्यक उपभोग्य वस्तुको पसल बिहान ६ देखि बिहान १० बजेसम्म मात्र खोल्न दिइने प्रमुख जिल्ला अधिकारी तिमिसनाले जारी गरेकाे आदेशमा उल्लेख छ । यातायातका साधन भने दिनभर खुला गरिने भएको छ । सवारी… पुरा पढौ

एमाले अध्यक्ष ओलीद्वारा पार्टी विभाजन प्रयास विरुद्ध उभिन अपिल

काठमाडौं, १ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकतालाई पार्टी विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गरेका छन् । सोमबार राति अबेर वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गरेका हुन् । वक्तव्यमा भनिएको छ, “एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना मान्य हुन सक्तैन ।” उनले विसं २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि… पुरा पढौ

प्रतिनिधि सभाको आठौं अधिवेशन अन्त्य पहिले के के भयो ?

काठमाडौं, १ भाद्र । संघीय संसद प्रतिनिधि सभाको आठौं अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ । अधिवेशन अन्त्य विषयमा सभामुख अग्नि सापकोटाले सोमबार सदनलाई जानकारी गराएका थिए । ३० दिनमा ९ वटा बैठक सर्वोच्च अदालतको २०७८ असार २८ गतेको ऐतिहासिक फैसलाबाट पुनः क्रियाशील भएको संघीय संसद प्रतिनिधि सभाको आठौं अधिवेशनको पहिलो बैठक २०७८ साल साउन ३ गते शुरु भएको थियो । २०७८ साल साउन ३२ गते सोमबारसम्म ३० दिन चालु भयो । ३० दिनमध्ये ९ दिनमा १० वटा… पुरा पढौ

कुलमानको नियुक्ती बदरको माग गर्दै शाक्यद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं, ३२ साउन । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शाक्यले आफुलाई बिदामा बसेको बेलामा संविधान र कानून विपरित घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेकोले मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयलाई बदर गर्न माग गरेका छन् । शाक्यले आफुले पदबाट राजिनामा नदिएको पनि बताएका छन् । आफुलाई पदबाट मुक्त पनि नगरिएको जनाउँदै यो अवस्थामा घिसिङलाई नियुक्त गरिएकोले सर्वोच्च अदालत पुग्नु परेको बताईएको छ… पुरा पढौ

सर्वोत्तम सिमेन्टको शेयरबारे कार्यकारी निर्देशक साउदले गरे गल्ती स्वीकार

काठमाडौं, ३२ साउन । नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयरका सम्बन्धमा संसदीय समितिले उठाएको प्रश्नलाई स्वीकार गरेका छन् । बैठकमा सांसदले नियमन निकाय स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी र परिवार नै कारोवारमा संलग्न हुने विषयले समग्र शेयर बजारको काम कारवाहीको निष्पक्षतामाथि प्रश्न उब्जिएको जनाउँदै कानूनी छिद्रलाई देखाई पन्छन पाइँदैन भनी निर्देशक साउदको ध्यानाकर्षण गराए । सांसद रामकुमारी झाँक्रीले भनिन्, “यो आर्थिक अराजकताको पराकास्ट हो । कानूनको कमजोर स्थानमा टेक्ने होइन, उठेका विषय सम्बोधन गरिनुपर्छ । सार्वजनिक पदधारण… पुरा पढौ

५.७२ अंकले बढ्यो नेप्से, करिब १६ अर्बको कारोबार

काठमाडौं, ३२ साउन । नयाँ आर्थिक वर्षको पहिलो महिनाको अन्तिम दिन सोमबार शेयर बजार सकारात्मक लयमा गएको छ । प्रि-ओपन सेसनमा नेप्सले गरेको उकालोको यात्रामा बीच बीचमा ब्रेक लागेता पनि बजार बन्द हुँदाको समयसम्म आउँदा भने शुरुकाे लयलाई पछ्याउँदै उकालो लाग्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.७२ अंकले बृद्धि भएर ३१६०.०५ विन्दुमा पुगेको छ । नेप्से ०.१८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.५६ अंकले बढेर ५९२.९३ विन्दुमा पुगेको छ । कुल २२७ कम्पनीको शेयर कारोबार भएको छ ।… पुरा पढौ

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं, ३२ साउन । अर्थमन्त्री जनार्दन शर्माले सहकारीहरूले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४ स्थापना दिवस अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले उत्पादनमुखी काम गर्न आग्रह गरे । बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको भन्दै मन्त्री शर्माले साेधे “तपाईहरुको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने… पुरा पढौ

अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा सरकारले थाल्यो प्रयास

काठमाडौँ, ३२ साउन । सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुुशल शीघ्र उद्धार गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद्कोे बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धारको पहल गर्ने निर्णय गरेको हो । बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक ढङ्गले काम गर्न निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई जानकारी दिए। प्रधानमन्त्री शेरबहादुर देउवाले आज सामाजिक सञ्जालमार्फत अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको… पुरा पढौ