मुख्य समाचार

सार्वजनिक हुनु अगाडी नै मौद्रिक कसरी चुहियो ? इम्शनद्वारा छानविन गर्न माग

काठमाडौं, २९ साउन । राष्ट्र बैंकले आज अपरान्ह सार्वजनिक गर्न लागेको आर्थिक वर्ष २०७८/ २०७९ को मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडी नै सार्वजनिक भएको भन्दै इकोनोमिक मिडिया सोसाइटी नेपाल-इम्शनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासचिव लोचन खतिवडाले एक विज्ञप्ति जारि गरी नेपाल राष्ट्र बैंक जस्तो स्वायत्त संस्थाले दीर्घकालिन रुपमा असर पार्ने मौद्रिक नीतिलाई आफु अनुकुलका र निकटका संचारमाध्यमलाई वितरण गर्नु गम्भिर विषय भएको बताएका छन् । मौद्रिक नीति संचालक समितिमा छलफल पछि पारित गरेर सार्वजनिक गर्नुपर्ने हुनाले यसका बारेमा… पुरा पढौ

प्रधानाध्यापकको खोर्सानी खेती, लाखाैं आम्दानी

पाल्पा, २९ साउन । सरकारी कर्मचारी अन्य पेशा तथा व्यवसायमा आवद्ध हुँदैनन् । सरकारी काममा नै समय बिताउने अधिकांश कर्मचारी साँझ बिहान अध्ययन तथा घरायसी काम गर्न रुचाउँछन् तर पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीमा जनक आचार्य शिक्षण पेशासँगै व्यावसायिक खोर्सानी खेतीमा पनि व्यस्त छन्। घर नजिकैको प्रभात माध्यमिक विद्यालयको उनी प्रधानाध्यापक हुन् । दुई सय रोपनी बाँझो खेतबारीमा व्यावसायिकरूपमा खोर्सानी खेती गरेका प्रधानाध्यापक आचार्यले रु एक करोड आम्दानी हुने अनुमान गरे। यसैगरी चालिस रोपनी जमिनमा गरिएको सुन्तला खेतीबाट वार्षिक रु… पुरा पढौ

प्रोग्रेशिभ फाइनान्सको थप शाखा जीतपुर सिमरामा

काठमाडौं, २९ साउन । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को जीतपुर सिमरा उपमहानगरपालिका २ मा शाखा कार्यालय विस्तार गरी आजबाट कारोबार शुरुवात गरेको छ । वित्तीय संस्थाको यो शाखा थप भएपछि अब १४ वटा शाखा र ५ वटा एक्सटेन्शन काउन्टरहरुबाट वित्तीय सेवा प्रवाह हुनेछन् । फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाबाट समेत प्रवाह हुने बताइएको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड १९को महामारीका बीच स्थापना गरिएको नयाँ शाखाले जीतपुर सिमरा नगरक्षेत्र सहित… पुरा पढौ

आज मौद्रिक नीति सार्वजनिक गरिँदै

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नीति पारित गरेको हो । आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिलाई धेरैले रुचाएका थिए भने कोरोना प्रभावित उद्योग, व्यवसायको प्रवद्र्धनका लागि स्पष्ट मार्गदर्शन गरेको अर्थका रुपमा लिइएको थियो । सोही पेरीफेरीमा रहेर नीति तय भएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका गभर्नरसहितको एक समितिको बैठकले बिहीबार नै नीति तयार पारेको थियो । आजको सञ्चालक… पुरा पढौ

गोर्खा सैनिकको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य : संग्राैला

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा.डीला संग्रौलाले ब्रिटिश प्रधानमंत्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसी रहेका गोर्खा सैनिकको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य भएको बताएकि छन । आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै संग्राैलाले भनिन, नेपाल तथा ब्रिटेनबीच २०० वर्ष भन्दा लामो ऐतिहासिक सम्बन्ध छ । त्यो सम्बन्धको जग भनेको गोर्खा सैनिकहरु हुन् । संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै शनिबारदेखि ब्रिटिश प्रधानमंत्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन… पुरा पढौ

२७ सम्पदाको पुनःनिर्माण

काठमाडौँ, २९ साउन । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । विश्व सम्पदा क्षेत्रमा रहेका ७० सम्पदामध्ये १४ वटामा कुनै क्षति नभएको अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। “हाल बनिरहेका सम्पदाको काम नसकी अरु काम गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै सुरु हुन सकेको छैन, माजुदेगअघि कामदेव मन्दिर छ, माजुदेग पुनःनिर्माण… पुरा पढौ

साहस ऊर्जाको आइपिओ खुला

काठमाडौं, २९ साउन । साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ । सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाका लागि भने ३५ लाख कित्ता साधारण सेयर निष्काशन खुला गरिएको छ । कम्पनीले प्रतिसेयर १०० मूल्यका दरले ३५ लाख कित्ता अर्थात् ३५ करोड बराबरको सेयर जारी गरेको हो… पुरा पढौ

ब्याजका लागि ताकेता नगर्न बैंकलाई व्यवसायीको आग्रह

झापा, २९ साउन । बिर्तामोडका व्यवसायीले ब्याज र किस्ताका लागि ताकेता नगर्न यहाँका बैंकलाई आग्रह गरेका छन् । कोरोना भाइरसका कारण व्यापार–व्यवसाय चौपट भएको भन्दै व्यवसायीले बैंकलाई ब्याज र किस्ताका लागि ताकेता नगरी लचकता अपनाउन आग्रह गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य सङ्घले बिहीबार आयोजना गरेको बैंकर्स क्लब बिर्तामोडसँगको छलफलमा सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीले लामो समयदेखिको निषेधाज्ञाका कारण उद्योगी–व्यवसायी मारमा परेको बताए। “महामारीका बेला व्यवसायी मारमा परेका छन्”, उनले भने, “उहाँको समस्या बुझिदिनु पर्छ ।” अर्का व्यवसायी जीवनकुमार खड्काले निषेधाज्ञा… पुरा पढौ

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षा

काठमाडौं, २९ साउन । हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। यस्तै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।… पुरा पढौ

आज नागपञ्चमी

काठमाडौँ, २९ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले आज नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए… पुरा पढौ