मुख्य समाचार

प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति गुर्जो रोपण प्रदेश २ र वाग्मतीमा केन्द्रित

काठमाडौं, ८ साउन । मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति गुर्जो रोपण प्रदेश नं २ र वाग्मतीका जिल्लामा केन्द्रित गरिएको छ । पहाडमा भन्दा तराइमा पाइने गुर्जोमा औषधीय गुण बढी हुने भएकाले पहाडी जिल्लामा तराईको गुर्जो रोपिएको हो । तराईका जिल्लामा भने पहाडमा पाइने गुर्जो रोपण गरिएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । वाग्मती प्रदेशका काठमाडौं, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकलगायत विभिन्न स्थानमा अभियानका रुपमा गुर्जो रोप्नुभएका अभियानकर्मी राजलवटले यो हप्ता तराईका जिल्लामा रोपण शुरु गरेका हुन । सिन्धुली, धनुषा, महोत्तरी,… पुरा पढौ

तनहुँमा रू आठ अर्ब ५० करोड २६ लाख बढी राजस्व सङ्कलन

दमौली, ८ साउन । आन्तरिक राजस्व कार्यालय तनहुँले लक्ष्यको ९९.२५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । कोरोना कहर र निषेधाज्ञाका बाबजुद पनि कार्यालयले आफ्नो लक्ष्य भेटाएको हो । आर्थिक वर्ष ०७७, ७८ मा कार्यालयले रु आठ अर्ब ५० करोड २६ लाख ६१ हजार राजस्व सङ्कलन गरेको प्रमुख कर अधिकृत डा नारायण ढकालले जानकारी दिए । कार्यालयले उक्त आवमा रु आठ अर्ब ५६ करोड ६८ लाख ३७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । “विषम् परिस्थितिका बाबजुद पनि लक्ष्य… पुरा पढौ

पोखरा–ढाका सिधा हवाइ उडान तयारी

पोखरा, ८ साउन । पोखरा–ढाका सिधा उडान तयारीबारे छलफल भएको छ । विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायी सो विषयमा सहकार्य गर्दै अघि बढ्नेमा सहमतसमेत भएका छन् । नाट्टा गण्डकीले शुक्रबार आयोजना गरेको कार्यक्रममा पोखराका पर्यटन व्यवसायी र विमान बंगलादेशका प्रतिनिधि सो विषयमा सहमत भए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन आएलगत्तै बंगलादेशको राजधानी ढाका र पर्यटकीय सहर पोखरा जोड्न सिधा हवाइ उडान प्रभावकारी हुने विमान बंगलादेशका कन्ट्री म्यानेजर असिसुर रहमानले बताए । उनका अनुसार पोखराको मनोरम सुन्दरतामा बंगलादेशीहरु… पुरा पढौ

प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ८ साउन । प्रिमियर इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर लिलामीका लागि आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । कार्यालय समयसम्म कम्पनीको ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयरमा बोलपत्र पेश गर्न सकिने छ । प्रतिकित्ता शेयरको मूल्य न्युनतम ५५० रुपैयाँ रहेको छ । लगानीकर्ताहरुले यसैलाई आधार मानेर यसभन्दा बढी मूल्य राखि बोलपत्र पेश गर्न सक्नेछन् । घटीमा ५०० तथा बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिने भएको छ । लिलामी शेयरका लागि संस्थापक शेयरधनीहरु, व्यक्ति, कम्पनी र विभिन्न… पुरा पढौ

उचाइ क्षेत्रमा पहिलो च्याउखेती शुरू

रसुवा, ८ साउन । उत्तरी रसुवामा पहिलोपटक परीक्षण गरिएको च्याउखेतीले सफलता दिएसँगै व्यावसायिक उत्पादन शुरू भएको छ । स्थानीय बासिन्दाका साथै लाङ्टाङ एवं तामाङ सम्पदा मार्गको पर्यटकीय क्षेत्रमा समेत निरन्तर आपूर्ति गर्ने लक्ष्यका साथ प्रथमपटक ५० वटा थैलोमा च्याउको बिजारोपण गरिएको हो । रोपणका लागि अन्य ४०० थैलो तयार पार्ने काम भइरहेको छ । च्याउ खानका लागि एकदेखि डेढ महिनासम्ममा तयार हुने कृषि प्राविधिकले बताएका छन् । परम्परागतरूपले उपभोग गर्दै आएका जङ्गली च्याउ लोप हुँदै गएको अवस्थामा घरेलु च्याउले माग… पुरा पढौ

डिडिसीको ६० हजार लिटर घ्यू निर्यात

वाग्मती, ८ साउन  । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित ६० हजार लिटर घ्यू यस वर्ष निर्यात भएको छ । आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा सो घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिए । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित उक्त आयोजनाबाट आधा लिटरको बट्टामा विसं २०७७ वैशाखदेखि घ्यू निर्यात शुरु भएको बताइएको छ । एक पटकमा सातदेखि आठ हजार लिटर घ्यू निर्यात हुने गरेको छ । घ्यूको माग अत्यधिकरूपमा… पुरा पढौ

निषेधाज्ञा खुलेसँगै बढ्यो सङ्क्रमण, यस्ता छन् कारण

काठमाडौं, ८ साउन। निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागेको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको दर बढेको पाइएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउजाउ बढेपछि सङ्क्रमणदर पनि बढिरहेको बताउनुभयो । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मापदण्ड लागू गर्न,… पुरा पढौ

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, ८ साउन । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा क्रियाशील सदस्यता छानविन समितिले गरेको कामका बारे जानकारी लिइने छ । नुका साथै पार्टीको आगामी १४औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक अहिले बिहान बस्नेछ । कांग्रेसले यसअघि नै आगामी भदौ १६ देखि भदौ १९ गतेसम्म पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि यही साउन १२ गतेदेखि… पुरा पढौ

हल्का देखि मध्यम र भारी वर्षाको सम्भावना

काठमाडाैं, ८ साउन । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । हाल देशभर सामान्य देखि पुर्ण बदली रहि कर्णालि र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान साउन ८ गते  दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, लुम्बिनि तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती:  देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साउन ९ गते  दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ राती: देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  साउन १० गते  दिउँसो: देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  राती:  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती,… पुरा पढौ

शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तमा असर परेको एमालेको विश्लेषण

काठमाडौं, ८ साउन । नेकपा (एमाले) केन्द्रीय कमिटीको सम्पन्न पूर्ण बैठकले गत असार २८ गते सर्वाेच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनःस्थापना र प्रधानमन्त्री नियुक्तिसम्बन्धी फैसलाले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको आधारभूत प्रस्तावनामाथि आँच पु¥याउँदै तिनलाई कमजोर तुल्याएको निष्कर्ष निकालेको छ । बैठकबाट पारित प्रस्तावमा उक्त फैसालाले शक्ति पृथकीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त तथा सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको संविधानको अक्षर र भावना, मुलुकले अवलम्बन गरेको लोकतान्त्रिक व्यवस्था अनुकूल नभएको ठहर गरेको हो ।… पुरा पढौ