मुख्य समाचार

सवारीको लागि तत्काल लाइसेन्स परीक्षा नहुने

काठमाडौं, २९ साउन । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहे पनि तत्काल परीक्षा नहुने भएकाे छ । यातायात व्यवस्था विभागले १ भदौदेखि लाइसेन्सका लागि लिइने लिखित तथा प्रयोगात्मक परीक्षा र परीक्षाका लागि आवेदन खोल्ने तयारी गरे पनि तत्काल नखुल्ने देखिएको छ । कोभिड–१९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन सकेको छैन । पछिल्लो समय कोभिड–१९ को नयाँ संक्रमण तीव्र रूपमा फैलिएकोसँगै सरकार तत्काल… पुरा पढौ

लुम्बिनी प्रदेशमा केसी नेतृत्वमा को को भए मन्त्री ?

बुटवल, २९ साउन । मुख्यमन्त्री कूलप्रसाद केसीले बिहिबार पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल गठन गरेका छन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपालका ६ जना मन्त्री बनेका छन् । जसपाका ३ जना सांसदमध्ये ३ जना नै मन्त्री छन् । नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी ग्रामीण तथा शहरी विकास मन्त्री, नेकपा माओवादी केन्द्रका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना मन्त्री र जसपाका सहसराम यादव भौतिक विकास तथा पूर्वाधार मन्त्री भएका छन् । जसपाका पुर्मती ढेंगा, सुमन शर्मा… पुरा पढौ

फिफा वरियतामा नेपालको सुधार, १६८औं स्थानमा उक्लियाे

काठमाडौं, २८ साउन । फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१औँ स्थानमा रहेको थियो । नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अङ्क ९६८ रहेको थियो । अहिलेको नयाँ वरियतामा नेपालले चार अङ्क बटुल्दै ९७२ बनाएको छ… पुरा पढौ

श्वेतपत्र अघिल्लो सरकारको आलोचनामा केन्द्रित रहेको पौडेलको आरोप

काठमाडौं, २८ साउन । पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक स्थितिको श्वेतपत्र अघिल्लो सरकारको आलोचना र विरोधमा केन्द्रित रहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा दुई दिनअघि अर्थमन्त्री जनार्दन शर्माबाट प्रस्तुत देशको वर्तमान आर्थिक अवस्थाको जानकारीमाथि आजको बैठकमा मन्तव्य व्यक्त गर्दै नेकपा (एमाले) का नेता पौडेलले अर्थ मन्त्रालय, राष्ट्र बैंक, तथ्याङ्क विभाग, महालेखा नियन्त्रक तथा महालेखा परीक्षकजस्ता राज्यका आधिकारिक निकायले आफूसँग सम्बन्धित अर्थतन्त्रका परिसूचक सार्वजनिक गर्ने भएकाले मुलुकको आर्थिक अवस्थाको तथ्याङ्कबारे कुनै हुन नहुने र सरकार परिवर्तन हुँदा नयाँ… पुरा पढौ

फेरि नेप्सेमा नयाँ कीर्तिमान, विकास बैंकमा लगानीकर्ताकाे लस्कर

काठमाडौं, २८ साउन । मौद्रिक नीति आउनै लाग्दा सकारात्मक अपेक्षा गरिरहेको शेयर बजारमा फेरि एकपटक नयाँ रेकर्ड कायम भएको छ । यो अल टाइम हाइ रेकर्ड हो । दिनदिनै नयाँ रेकर्ड कायम गर्दै आएको नेप्सेमा साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार नयाँ कीर्तिमान कायम भएको हो । आजको रेकर्ड अहिलेसम्मकै उचाईमा पुगेको रेकर्ड हो । शेयर बजार सकारात्मक दिशामा नयाँ रेकर्डकासाथ अगाडी बढेपछि लागनीकर्ताहरुमा जोश जाँगर भरिएको छ भने उनीहरु लगानीका लागि उत्सुक बनेका छन् । विकास बैंक उपसमूहमा… पुरा पढौ

अर्थमन्त्रीको वक्तव्यमाथि सांसदका जिज्ञासा-ऋणबिना नै अघि बढ्न लागिएको हो ?

काठमाडौं, २८ साउन । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको मुलुकको आर्थिक स्थितिसम्बन्धी वक्तव्यमाथि राष्ट्रियसभाका सांसदहरुले बजेटलाई प्रतिस्थापन गर्ने विधेयक कहिले आउँछ भनी प्रश्न गरेका छन् । सांसद डा खिमलाल देवकोटाले अर्थमन्त्रीले वैदेशिक ऋण बढेको उल्लेख गरेकाले उनलाई ऋणबिना नै अघि बढ्न लागिएको हो भनी प्रश्न गरे । नेपाली कांग्रेसका प्रकाश पन्थले अपाङ्गता भएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउनुपर्नेमा जोड दिए । सांसद प्रमिला देवीले पछाडि परेका नागरिकका लागि विशेष व्यवस्था हुनुपर्नेमा जोड दिइन । सांसद उदया शर्मा पौडेलले गरीखाने वर्गले खोप पाउनुपर्ने… पुरा पढौ

नेपालमा बल्ल १५ प्रतिशतलाई खोप

काठमाडौं, २८ साउन । नेपालमा कूल जनसंख्याको १५ प्रतिशत जनसंख्याले कोरोना भाइरस विरुद्धको खोप पाएका छन् । त्यसमध्ये ९ प्रतिशतले दुवै डोज खोप लगाएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले संसदलाई जानकारी गराए। बिहीवार प्रतिनिधिसभा बैठकमा समय लिएर राज्यमन्त्री श्रेष्ठले ४५ लाख ७० हजारले पहिलो मात्रा खोप पाएको जानकारी गराए । यो संख्या कूल जनसंख्याको १५.५ प्रतिशत हो । २८ लाख ८८ हजार अर्थात् ९ प्रतिशत जनसंख्याले दुवै डोज खोप लगाएको उनले जानकारी दिए । मन्त्री श्रेष्ठले आगामी दिनमा काठमाडौं… पुरा पढौ

शेयर बजार सकारात्मक लयमा, अधिकांश उपसमूहमा छायो हरियाली

काठमाडौं, २८ साउन । साताको अन्तिम शेयर कारोबार हुने दिन बिहिबार शेयर बजार उकालो लागेको । यस दिन विकास बैंक उपसमूहतर्फ लगानीकर्ताहरु जोशिएका छन् । यो समाचार तयार पfर्दासम्म विकास बैंकतर्फ ४.०८ प्रतिशतको बृद्धि देखिएको छ । हुन त शेयर बजार बन्द हुँदाको अवधिसम्म घट्ने वा बढ्ने दुबै संभावना विद्यमान हुने भएकोले अन्तिम आँकडा हेर्न त्यो समयसम्म भने कुर्नै पर्ने हुन्छ । दिउँसो साढे १२ बजेसम्म नेप्से ११.६५ अंकले बढेर ३१७४.२४ विन्दुमा पुगेको छ । नेप्से ०.३७ प्रतिशतले बढेको छ… पुरा पढौ

कुमारी बैंककाे नाफा २ अर्ब बढी, अन्य विवरण कस्ता छन् ?

काठमाडौं, २८ साउन । कुमारी बैंकले खुद नाफा २ अर्ब ११ लाख कमाएको छ । बैंकको सार्वजनिक भएको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ११ लाख रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लाे पटकको भन्दा नाफा ७२.७४ प्रतिशत हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी, सन्चालन आम्दानी र मुनाफा बढेकोले खुद नाफा बढेको पाईएको छ । बैंकको खुद ब्याज आम्दानी ४६.५६ प्रतिशत बढेको छ भने कमिशन ५६.९८ प्रतिशत बढेको छ । संचालन मुनाफा ६९.१६ प्रतिशत… पुरा पढौ

लुम्बिनीमा विपक्षीद्धारा नयाँ सरकार गठनको दाबी आज

काठमाडौं, २८ साउन । मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेश सरकारमा विपक्षी गठबन्धनले आज दाबी पेस गर्दै छ । प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आज दिउँसो ३ बजेसम्मको समय दिएर सरकारमा दाबी पेस गर्न भनेका थिए । कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको हो । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । कांग्रेस र माओवादीबीच आठ-आठ महिना सरकारको… पुरा पढौ