मुख्य समाचार

ज्ञान, विज्ञान, शिक्षा एवम् दक्ष जनशक्ति विकास

पृष्ठभूमि नेपाल आर्य सनातनी ॐकार परिवारका सदस्यहरुको बाहुल्यताको देश हो । मानवीय उच्चस्तरको चेतना तथा आध्यात्मिक मूल आधार हिमाली राज्यको विशिष्टता हो । अनेकाैं ऋषि, महर्षि तथा सिद्ध महापुरुषहरुको जन्म, कर्म तथा तपोभूमिका रुपमा प्रख्यात नेपालको धार्मिक, सांस्कृतिक विशेषता विश्व जगतमा अनुपम छ । पौराणिक तथा ऐतिहासिक कालखण्ड हुँदै आधुनिक समयसम्म हाम्रा पूर्खाका विशिष्टताका कार्य तथा आस्थागत विश्वासको जगलाई बलियो पार्ने तथा संरणमा सहयोगी हुने बौद्धिक खुराकका सामग्रीहरु पुस्तकमा प्रकाशित तथा पुराना लेखोटहरुमा पाइन्छन् । यी अमूल्य पूर्वीय दर्शनशास्त्र सम्बद्ध… पुरा पढौ

“परेलीमा आइबस्छ तिम्रो रुप घरिघरि…”

एल्बमबाट / तस्वीर - पैंतीस... प्रकाश गुरुङ ! हो, नेपाली आधुनिक संगीत परम्परामा फरक शैली भित्र्याउने मात्र होइन, त्यसलाई स्थापित गर्ने संगीतकार । २०२९ सालमा दार्जिलिङबाट काठमाडौं घुम्न आएका प्रकाशको यहाँ नेपाली गीतका शिखर पुरुषहरु नारायण गोपाल र गोपाल योञ्जनसंग भेट भयो। भेट हुनु के थियो उहाँहरुले प्रकाश गुरुङलाई "लालुपाते कल्चर हाउस" मा लैजानु भयो र वाद्यवादकको जिम्मेवारी सुम्पनु भयो। नारायण गोपाल र गोपाल योञ्जनका अतिरिक्त गीतकार नगेन्द्र थापा र विख्यात नृत्य निर्देशक चतुर्भुज आशावादी समेत आबद्ध रहेको त्यो संस्था… पुरा पढौ

मानुषी लघुवित्तकाे आईपीओमा साढे १८ लाखकाे आवेदन

काठमाडौं, ३० साउन । मानुषी लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आईपीओ झण्डै साढे १८ लाख बढीले आवेदन दिएका छन्। बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार शुक्रबार बेलुकासम्म कम्पनीको आईपीओमा १८ लाख ५६ हजार ५ सय ५० जना आवेदकले २ करोड ४० लाख ३४ हजार १ सय ५० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। यो कम्पनीले सर्वसाधरणको लागि बिक्रीमा ल्याएको ३ लाख ६८ हजार ५ सय ९३ कित्ता शेयरको ६५.२० गुणा धेरै हो। लघुवित्तले बुधबारदेखि जारी पूँजीको ३६… पुरा पढौ

कोभ्याक्समार्फत मोडर्नाको ४० लाखमात्रा खोप प्राप्त हुँदै

काठमाडौं, ३० साउन । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्न खोप साझेदार गाभीसँग सम्झौता भएको छ । गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ भने त्यसले कोभिड–१९ विरूद्धको खोपको पुँजी विविधीकरण र सुदृढीकरण भएको छ । “कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल प्रारम्भिक देशहरूमध्येको एक हो र चुनौतिपूर्ण परिस्थितिका बावजूद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउनका लागि यस सम्झौता तय गर्न सफल भएकोमा म अत्यन्तै हर्षित छु”, स्वास्थ्य… पुरा पढौ

महासङ्घद्वारा मौद्रिक नीतिको स्वागत, प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं, ३० साउन । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको स्वागत गर्दै प्रभावकारी कार्यान्वयमा जोड दिएको छ । मौद्रिक नीतिले कोभिडपछिको पुनरूत्थान, उद्यमशीलता विकास र साना तथा मझौला उद्यमको प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने देखिएको भन्दै महासङ्घले आव २०७७/७८ मा दिएका पुनरकर्जा, पुनरसंचना तथा पुनतालिकीकरणलगायत कतिपय सुविधालाई नै निरन्तरता दिइएकाले पुनरूत्थानमा सहयोग पुग्ने विश्वास लिएको छ । रु एक करोडभन्दा कमको ऋण लिने साना तथा मझौला उद्यमीलाई आधार दरमा अधिकतम दुई प्रतिशत बिन्दुले… पुरा पढौ

एउटै बैंकले २ अर्बसम्म ऋण दिन सक्ने

काठमाडौँ, ३० साउन । औद्योगिक प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले सहज व्याजदरमा कर्जा दिनुपर्ने भएको छ । केन्द्रीय बैंकले जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले १ करोड बराबरको उद्यम व्यवसाय कर्जा प्रवाह गर्दा आधार दरमा थप २ प्रतिशत मात्रै प्रिमियम थप गर्न पाउनेछन् । राष्ट्र बैंकले औद्योगिक प्रवद्र्धन र व्यवसाय विस्तारका लागि यस्तो व्यवस्था गरेको जनाएको छ । यस्तै, सवारीसाधन खरिद गरी स्वरोजगार हुन चाहनेलाई प्रोत्साहन गर्ने नीति अगाडि सारिएको छ । देशभित्र रोजगारीको वातावरण सिर्जना गर्ने ध्येयका… पुरा पढौ

गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

काठमाडौं, ३० साउन । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिन शुरु गरेको छ । गाउँपालिकाको गत असारमा सम्पन्न नवौँ गाउँसभाले ‘समृद्ध गाउँपालिका–सुखी नागरिक’ अभियानअन्तर्गत गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने निर्णय गरेसँगै कार्यान्वयनतर्फ लागिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । “शुरुआतमा दलित, विपन्न, एकल महिला, अल्पसङ्ख्यकलाई प्राथमिकता दिएर क्रमशः सबै नागरिकलाई निशुल्क स्वास्थ्य बीमामा समेटेका छौँ”, अध्यक्ष थापाले भने, “गाउँसभाबाट नीति तथा कार्यक्रम पारित भएसँगै रु एक करोड ५० लाख विनियोजन गरिएको छ ।” गाउँपालिकाभित्रका कोही पनि नागरिकलाई… पुरा पढौ

मौद्रिक नीतिले दियाे मर्जरलाई सहुलियत, प्रदेशका विकास बैंक गाभिएमा काठमाडौंमा कार्यालय खोल्न पाइने

काठमाडौं, २९ साउन। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरलाई प्रोत्साहन गर्न सेयर समूह रोज्ने सुविधा दिने भएको छ। शुक्रबार जारी मौद्रिक नीति अनुसार, मर्जर प्राप्तिपछि संस्थापक र सर्वसाधारण शेयरधनीलाई रोजेको एक समूहबाट मात्र संचालकमा उम्मेदवारी दिन पाइने व्यवस्था गरिने भएको छ। राष्ट्र बैंकले मर्जर हुन चाहनेलाई २०८० सालसम्मकाे सुबिधा दिने भएको छ। त्यसैगरी बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिदिनेछ । एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत बिन्दुले छुट दिने… पुरा पढौ

राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०७८/ २०७९ को मौद्रिक नीति सार्वजनिक

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७८, २०७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका हुन । नीति कोरोनाबाट थिलोथिलो भएको उद्योग व्यवसायका लागि लक्षित रहेको छ । गभर्नर अधिकारीले कोरोनाकाे कारण प्रभावित बनेको अर्थतन्त्र केन्द्रित नीतिले राहत प्रदान गर्ने गरी मौद्रिक नीति ल्याइएको जानकारी दिएका छन् । मौद्रिक नीतिको पूर्ण विवरण तलकाे लिंक क्लीक गरेर पढ्न सकिन्छ । https://drive.google.com/file/d/1C-l_Jg7Fu_SwQWmFu2hvGP_ZEUeLG6Hx/view?usp=sharing पुरा पढौ

नेप्सेद्वारा सूचीकृत कम्पनीहरुलाई चार समूहमा वर्गिकरण (सूचीसहित)

काठमाडौं, २९ साउन । नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीहरुलाई चार भागमा वर्गिकरण गरेको जनाएको छ । नेप्सेले ए, बी, जी तथा जेड गरी चार समूहमा वर्गिकरण गरेको हो । नेप्सेका अनुसार समूह ए मा २० वठा वाणिज्य बैंक रहेका छन् । २ वटा विकास बैंक, एक फाइनान्स, एक लघुवित्त र ४ वटा हाइड्रोपावरसहित २८ वटा रहेका छन् । समूह बीमा एक वाणिज्य बैंक, १० वटा कम्पनी रहेका छन् । समूह जीमा २७ वटा कम्पनी रहेका छन । ७ वटा लघुवित्त,… पुरा पढौ