मुख्य समाचार

टोकियो ओलम्पिक : तीन स्वर्णसहित चीन शीर्ष स्थानमा

काठमाडौं, १० साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको छ । प्रतियोगितामा इटाली र जापान एक÷एक स्वर्ण तथा दुई÷दुई रजतसहित दोस्रो स्थानमा तथा दक्षिण कोरिया एक स्वर्ण र दुई कास्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । यसैगरी इक्वेडर, हंगेरी, इरान, कोशोभो र थाइलैण्ड एक एक स्वर्ण जित्दै पदक तालिकाको चौंथो स्थानमा रहेका छन् । यस्तै सर्विया, बेल्जियम,… पुरा पढौ

प्रभु बैंकको २ लाख बढी कित्ता संस्थापक शेयर साउन १५ देखि लिलामीमा ल्याईदैं

काठमाडौं, ९ साउन । प्रभु बैंकले साउन १५ गतेदेखि २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याउन लागेको छ । लिलामी शेयरका लागि विद्यमान संस्थापकहरुसंगै इच्छुक व्यक्ति तथा संगठित संस्थाहरुले आव्हान गरे बमोजिम बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम मूल्य प्रतिकित्ता २१० तोकिएको छ । लगानी गर्न चाहने लगानीकर्ताहरुले तोकिएको मूल्यदेखि माथिको मूल्य राखेर बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक शेयरमा बोलपत्र पेश गर्ने म्याद साउन २९ गते दिउँसो साढे १ वजेसम्म रहेको छ । यसका लागि आवेदनकर्ताले… पुरा पढौ

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामार्फत रसुवागढी नाकाबाट पहिलो पटक जुम क्रेन आयात

रसुवा, ९ साउन । नेपालको उत्तरीनाका रसुवागढीबाट विकास निर्माणमा प्रयोग हुने ठूलोखाले जुम क्रेन पहिलोपटक आयात भएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ र २ एवं उत्तरगया गाउँपालिका–१ को हाकु, गोगने, मैलुङको आधार इलाकामा निर्माण चरणमा अगाडि बढेको २१६ मेगावाट माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामार्फत उक्त जुम क्रेन आयात भएको हो । रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार नयाँ आर्थिक वर्ष २०७८/७९ को शुभारम्भमा विकास निर्माण कार्यमा प्रयोग हुने दुई वटा ठूलो क्रेन आयात भएको हो । भन्सार हातामा… पुरा पढौ

साताको शेयर बजार ४२ अर्ब ५१ करोडको कारोबार

काठमाडौं, ९ साउन । नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । बजार पूँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ । नयाँ सरकार गठन भएपछि लगानीकर्तामा विश्वाससमेत बढेको पाइएको छ । नेप्से परिसूचकसमेत तीन हजार विन्दुमा पुगेको छ । यो हालसम्मकै शीर्ष स्थान हो । बजारमा झण्डै एक महिना जस्तो ‘करेक्शन’ देखियो । लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्नुपर्ने तथा अन्य आर्थिक कारोबार मिलाउनु पर्ने भएकाले पनि… पुरा पढौ

काँग्रेसले स्थगित गर्‍याे वडा अधिवेशन

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आशन्न १४औँ महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शनिबार बसेको बैठकले साउन १२ गते निर्धारित गाउँ नगर वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। साउन १२ गते क्रियाशील सदस्यता छानविन समितिका संयोेजक रमेश लेखकले समितिको प्रतिवेदन केन्द्रीय नेतृत्वलाई बुझाउने र त्यसपछि मात्रै वडा अधिवेशनको नयाँ मितिबारे निर्णय हुने उनले बताए । कांग्रेस क्रियाशील सदस्यताको सुचीमा पार्टी सभापतिबाट हस्ताक्षर भई केन्द्रीय… पुरा पढौ

ब्राजिलमा झन् बढ्यो कोरोना प्रकोप, एकै दिन १ लाख बढी सङ्क्रमित

साओ पाओलो, ९ साउन ब्राजिलमा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समयमा झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा नै एक लाखभन्दा पनि बढी सङ्क्रमित भएका छन् । यहाँ विगतका केही दिनमा एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका थिए । हाल मृत्यु हुनेको संख्या त घटेको छ तर सङ्क्रमितहरु भने झनै बढेका छन् ।यहाँ शुक्रबार अघिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट कम्तीमा पनि १ लाख ८ हजार जना मानिस सङ्क्रमित… पुरा पढौ

परीक्षण उडान तयारीमा गौतमबुद्ध विमानस्थल

सिद्धार्थनगर, ९ साउन। निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ । उनले भने, “हामी क्यालिबेरेसन फ्लाइटका लागि तयारीमा छौँ ।” क्यालिबेरेशन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो । यसका लागि ५/७ सिट… पुरा पढौ

नबिल बैंक आयो दूर संचारलाई उछिन्दै पहिलो नम्बरमा

काठमाडौं, ९ साउन । बैंकिङ क्षेत्रमा सधैं अगाडी रहेको नबिल बैंकको अर्को सफलता शेयर बजारमा पनि देखिएको छ । नाफा तथा लाभांशमा अब्बल देखिदैं आएको नबिल बैंक शेयर बजारमा पनि अब्बल रहने संकेत दिएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका सूचीकृत कम्पनीहरुमध्ये नबिल बैंकको बजार पूँजीकरण सबैभन्दा बढी रहेको छ । जो १ खर्ब ९६ अर्ब पुगेको जनाईएको । नबिल बैंक बजार पूँजीकरणको अर्थले दोश्रो बजारमा कारोबार हुने कम्पनीहरुमध्ये पहिलो पटक सबैभन्दा अगाडी देखिएको छ । यसअघि बैंक दोश्रो स्थानमा… पुरा पढौ

टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं, ९ साउन । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकि छन् । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकि हुन् । सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव ०, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १०० दशमलव सात अङ्क जोडिन्। परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण… पुरा पढौ

बन्द रहेकाे अन्तरजिल्ला यातायात आजदेखि खुला

काठमाडौं, ९ साउन । लामो समयदेखि बन्द रहेको अन्तरजिल्ला यातायातलाई सरकारले आज शनिबारदेखि खुला गरेको छ। जसका कारण शनिबारदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरू सञ्चालन हुने भएका छन्। यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौं उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो। तर सरकारको पछिल्लो निर्णयसँगै अब भने स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न पाइनेछन्। नेपाल सरकारको साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले यातायात व्यवसायीलाई… पुरा पढौ