मुख्य समाचार

नेपाल दूरसंचार प्राधिकरणको एमडिएमएस प्रणाली आजबाट लागू, अब अवैध फोन नचल्ने

काठमाडौं, १ साउन । नेपाल दूरसंचार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा ल्याएको छ । हाललाई प्राधिकरणले विदेशबाट ल्याईने अवैध मोबाइललाई संचालनमा रोक लगाउने गरी यो प्रणाली लागू गरेको जनाएको छ । २०७६ सालको जेठ महिनाबाट नै लागू गर्नेगरी मलेसियाको कम्पनीलाई १ अर्ब लगानीमा यो कार्य गर्नका लागि जिम्मेवारी दिएको थियो । प्राधिकरणकै ढिलासुस्तिको कारण पछि धकिदै आएपनि अब भने यो प्रणाली लागू भएको छ । यो प्रणालीमा नयाँ खरिद गरेर ल्याईएका वा ल्याईने फोन प्राधिकरणमा दर्ताबिना संचालन… पुरा पढौ

मुख्यमन्त्री पोखरेल खोप लिएर गए गोरखातिर

पोखरा, १ साउन । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली भेरोसिल खोप लिएर शुक्रबार गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ । उक्त गाउँपालिकाका लागि चाहिने ३ हजार खोप लिएर टोली हेलिकोप्टरमा गएको हो । चुमनुब्रीमा ३ हजार ५ सय खोप चाहिनेमा ५ सय जनाले यस अघि नै खोप लगाइसकेका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै नागरिकलाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउन प्रतिबद्ध रहेको त्यसका लागि बजेटको समेत प्रबन्ध गरिसकेको बताए । संघ सरकारमार्फत प्राप्त खोप प्रदेशको भण्डारण केन्द्रमा राखेर जिल्लाहरुमा पठाइएको… पुरा पढौ

आज दिनभरको मौसम कस्तो रहला?

काठमाडौं, १ साउन । देशभर शुक्रबार मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका १-२ स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाशखाको भनाइ छ। लुम्बिनी तथा गण्डकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना… पुरा पढौ

पशुपतिनाथ मन्दिर क्षेत्र सुनसान, बाहिर चहलपहल

काठमाडौं, १ साउन । साउन महिनामा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायम रहेकाले मूल मन्दिर क्षेत्र सुनसान छ । सरकारले यही साउन १० गतेसम्म कोरोनाबाट बच्न जारी निषेधाज्ञा थप गरेकाले पशुपतिनाथ मन्दिर खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए। मूल मन्दिर क्षेत्रमा भक्तजनलाई जान दिइएको छैन । नयाँ भेरियन्टसहितको कोरोना तीव्ररूपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक… पुरा पढौ

उपत्यकाभित्र सवारी साधन चले पनि सुनसान छ ‘नयाँबसपार्क’

काठमाडौं, १ साउन । दुई महिना लामो निषेधाज्ञापछि मुलुकको राजधानी काठमाडौंं उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आए पनि नयाँ बसपार्क भने सुनसान छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि वैशाख १६ गतेदेखि सरकारले गरेको निषेधाज्ञासँगै बन्द रहेको नयाँ बसपार्कमा अहिलेसम्म चहलपहल हुनसकेको छैन । देशैभरका भाडाका बस आउने र जाने नेपालको एक मात्र राष्ट्रिय बसपार्क गोँगबुस्थित नयाँ बसपार्क उपत्यका बाहिरका सवारी साधन उपत्यकाभित्र प्रवेश गर्न नपाउँदा सुनसान बनेको हो । नयाँ बसपार्कमा देशभरका… पुरा पढौ

५० हजारले शुरु गरेको व्यवसायबाट मासिक २ लाख आम्दानी

बनेपा, १ साउन । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ पिपलटारका युवा व्यवसायी दीपेशचन्द्र लामाले अहिले मासिक २ लाखसम्म आम्दानी गरिरहेका छन् । करिब रु एक करोड लगानीमा दुई वर्षदेखि शुरु गरेको कृषि तथा पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न उनी सफल भएका छन् । उनले बाख्रापालनसँगै घरमा धान कुट्ने र पिठो पिस्ने मिल जडान गर्नुका साथै भैँसी, गाई र तरकारी खेतीका लागि टनेल (प्लाष्टिक घर) निर्माण गरी विभिन्न थरीका तरकारी उत्पादन र बिक्री गर्दै आइरहेका छन् । एलिस्का कृषि फार्म दर्ता गरी सञ्चालन गरेको… पुरा पढौ

पोखरा महानगरका मेयर जिसीलाई हृदयघात

पोखरा, १ साउन । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ । उनलाई हृदयघातपछि काठमाडौं लगिने तयारी छ । मेयर जिसीलाई गएराति हृदयघात भएको हो । उनको एउटा नसा ब्लक भएको चिकित्सकले जनाएका छन् । अवस्था खतरामुक्त छ । मणिपाल अस्पतालपछि अहिले थप उपरार्थ हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी रहेको प्रेस सल्लाहकार माधव बरालले बताए । पुरा पढौ

नेप्सेमा ५० अर्बको ५ वटा विकास ऋणपत्र सूचीकृत

काठमाडौं, ३१ असार । नेपाल स्टक एक्सचेन्जमा बिहिबार ५० अर्बको डिबेन्चर (ऋणपत्र) सूचीकृत भएको छ । नेप्सेका अनुसार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेका ५ वटा विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएका हुन । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिएका ऋणपत्रहरु धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ८ अनुसार असार ३१, बिहिबारको निर्णय अनुसार सूचीकरण गरिएको नेपाल स्टक एक्सचेन्जका सूचीकरण शाखाका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जानकारी दिएका छन् । नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्काशन गरेका ५… पुरा पढौ

तीन स्थानीय तहमा अझै पुगेनन् वाणिज्य बैंक

काठमाडौं, ३१ असार । तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको एघार महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार तीन स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन् । बैंकका अनुसार हालसम्म ७५० स्थानीय तहमा मात्रै बैंकिङ पहुँच पुगेको छ । कूल ७५३ स्थानीय तहमध्ये २०७८ जेठसम्म ७५० मा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । विसं २०७७ जेठसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका… पुरा पढौ

साताको अन्तिम दिन नेप्से ११.३३ अंकले बढ्यो, कारोबार सन्तोषजनक

काठमाडौं, ३१ असार । साताको शेयर कारोबार हुने अन्तिम दिन शेयर बजार सकारात्मक लयमा देखिएको छ । नेप्से परिसूचक ११.३३ अंकले बढेर २८८३.३८ विन्दुमा पुगेको छ । याे 0.३९ प्रतिशतले बढेको मापक हाे । यस्तै सेन्सेटिभ इण्डेक्स १.९३ अंकले बढेर ५४१.३१ विन्दुमा पुगेको छ । आज कुल २२३ कम्पनीको शेयर कारोबार भएको छ । ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयरको खरिदबिक्रीबाट ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ रुपैयाँ बराबरको कारोबार भएको हाे। बैंकिङ, व्यापार,… पुरा पढौ