मुख्य समाचार

‘खेडाली खेतमा दुई दिन’ अभियान

काठमाडौं, २० असार । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान शुरु गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका, जितपुरफेदीमा धान रोपाई कार्यक्रमको आयोजना गर्दै महासंघले सो अभियान थालनी भएको हो । अभियानको शुभारम्भमा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व गृहमन्त्री खगराज अधिकारी, पूर्व उद्योगमन्त्री कर्ण थापा र पूर्व खेलकुदमन्त्री दावा लामा, महासंघका अध्यक्ष रमेश पौडेललगायत नेता सहभागी भएका थिए । पुरा पढौ

‘कि सम्बन्धन देउ, कि आफैं कलेज सञ्चालन गर’, नत्र बन्द गर्छु : प्रसाइँ

काठमाडौं, १९ असार । बि एण्ड सी मेडिकल कलेजले सम्बन्धन नदिए सरकारलाई नै कलेज बुझाउने र सरकारले नचलाए बन्द गरिदिने चेतावनी दिएका छन् । कलेजका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाइँले आज पत्रकार सम्मेलन गर्दै कलेज सञ्चालनका लागि सम्बन्धन माग गरेपनि नदिएपछि सरकारलाई सञ्चालनको जिम्मा दिने बताए । सरकारले सञ्चालन नगर्ने हो भने आफूले सधैका लागि कलेज बन्द गर्ने समेत बताए । “कि कलेजको सञ्चालनको लागि अनुमति देउ, यदि अनुमति नदिने हो भने सरकारले कलेज आफै चलाइयाेस् । उनले भने, “भौतिक संरचना… पुरा पढौ

दुवै डोज खोप लगाउँदा कोभिडबाट ९८ प्रतिशत सुरक्षा

नयाँ दिल्ली, १९ असार । कोभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ । भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको छ । सो अध्ययनले एक डोज मात्र खोप लगाएका व्यक्तिलाई पनि कोरोना भाइरस सङ्क्रमण भएको छ भने उनीहरुलाई ९२ प्रतिशत सम्म मृत्युबाट बचाउने देखिएको… पुरा पढौ

१८ कम्पनीले पाए १४ अर्ब ३४ करोड बढीकाे आइपिओ बिक्रीकाे अनुमति

 काठमाडौं, १९ असार । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले रु ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्न पाउने अनुमति पाएको छ । बोर्डले दिएका अनुमतिका आधारमा हेर्दा कूल रु १४ अर्ब ३४ करोड २३ लाख २५ हजार १०० बराबरको साधारण शेयर बिक्री हुनेछ । पछिल्ला दिनमा नेपालको… पुरा पढौ

उदयपुरका ५ सय घर डुबानमाः बाढीमा परेर एकको मृत्यु

उदयपुर, १९ असार । लगातारको वर्षा भएपछि उदयपुरको विभिन्न पालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । बेलका नगरपालिकामा स्थानीय खोलाको बाढी र वर्षाको पानी निकास नहुँदा तपेस्वरी, आम्बासी र भागलपुरका पाँच सयभन्दा बढी घर डुबानमा परेको छ । बाढीपीडितको उद्धारका लागि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । तपेस्वरीको बगाहा र आम्बासीका खहरे खोलामा गएराति आएको बाढी गाउँबस्तीमा प्रवेश गर्दा अहिले सो क्षेत्रमा तीन फिटसम्म पानी जमेको तपेस्वरीका जसबहादुर श्रेष्ठले बताए । त्यस्तै… पुरा पढौ

भारतमा थप ४४ हजार नयाँ संक्रमित, सक्रिय ५ लाखभन्दा कम

काठमाडौं, १९ असार । भारतमा कोरोना भाइरसबाट थप ४४ हजार १ सय ११ जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ७ सय ३८ जनाको मृत्यु भएको छ । सोही अवधिमा ५७ हजार ४ सय ७७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा पछिल्ला केही हप्तादेखि दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिदै गएको छ । सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै हुँदा सङ्क्रमित… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनाभित्र निर्माण पूरा हुने

पोखरा, १९ असार । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यसकाे निर्माणकार्य अबको ६ महिना विमानस्थल निर्माणकार्य सम्पन्न हुने बताइएको छ । यही मे १० भित्र सम्पन्न हुनुपर्ने समयसीमा रहेकाेमा कोरोनाका कारण आयोजना पर धकेलिएको हो । गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको थियो । गत वर्ष समेत कोरोनाका कारण निर्माणले गति लिन सकेको थिएन । चालू आर्थिक वर्षमा केही गति लिएको निर्माण कार्यले फेरि आएको कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा हुँदा… पुरा पढौ

सप्तरीका आधा दर्जन गाउँ उच्च जोखिममा, सतर्कता अपनाउन आग्रह

सप्तरी, १९ असार । केही दिनदेखि लगातार वर्षा भएपछि आएको बाढीले सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा परेका छन् । बाढीका कारण तिलाठी कोइलाडी, लोनीयाँ, सकरपुरा, रम्पुरामल्हनीयासहित आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा रहेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए। चुरे क्षेत्र हुँदै बग्ने खाँडो नदीको बाढीले प्रत्येक वर्ष सप्तरीको दक्षिण भेगका अधिकांश गाउँ डुबान र कटानमा पर्ने गरेको उनले बताए। नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि उनले आग्रह गरे। खाँडो… पुरा पढौ

सप्तकोसीमा पानीको बहाव यो वर्षकै उच्च

सुनसरी, १९ असार । सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि ५६ मध्ये २९ ढोका खोलिएका छन् । पछिल्लो मापनअनुसार सप्तकोसी नदीमा पानीको बहाव २ लाख २२ हजार ४७५ क्यूसेक पुगेको कोसी व्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ । शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक मात्रै थियो । पहाडी क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसी किनारमा बसोबास गरिरहेका स्थानीयको घरहरु डुबानमा पर्न थालेको प्रहरीले जनाएको छ ।… पुरा पढौ

देशभर मनसुनी वायुको सक्रिय प्रभाव

काठमाडौं, १९ असार । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा समेत रहेको छ। महाशाखाको मौसम पूर्वानुमान अनुसार शनिबार दिउँसो १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । यस्तै कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । जसका कारण प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम… पुरा पढौ