मुख्य समाचार

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सबै लागौं: अर्थमन्त्री शर्मा

काठमाडौं, ३ साउन । अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसङ्घले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयनमा सरकारले बलियो साथ दिने बताएका छन् । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उने आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण रहेको जनाउँदै निजी क्षेत्रले अघि बढाएको अभियानमा आफ्नो साथ रहने स्पष्ट पारे । अर्थमन्त्रीले भने, “हाम्रो आयात उच्च रहेको, निर्यात कमजोर रहेको र विदेशी मुद्रा सञ्चिती पनि कम रहेको देखेँ ।” उनले यो अवस्थामा अब परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख… पुरा पढौ

अब नेपालमा नै क्यान्सरविरुद्धको औषधि उत्पादन

काठमाडौं, ३ साउन । नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरिएको छ । टिचिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने गर्दथ्यो । यहाँ आयोजित कार्यक्रममा आज टिचिङ्गका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सरविरुद्धको औषधिको उत्पादन शुरु गरिएको बताए । उनले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया शुरु गरिएको र एक महिनाभित्र केही औषधि व्यावसायिक रुपमा बजारमा पुग्ने जानकारी दिए। कम्पनीले भारतको हैदरावादमा रहेको… पुरा पढौ

राष्ट्र बैंकको अध्ययन भन्छ : माघसम्म मुद्रास्फिति १० प्रतिशतसम्म पुग्नसक्छ

काठमाडौं, ३ साउन । आगामी माघसम्म मुद्रास्फीति १० प्रतिशतको हाराहारीमा पुग्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको मुद्रास्फिति अपेक्षा सर्वेक्षणअनुसार मुद्रास्फितिको दरमा वृद्धि हुने उल्लेख छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन) अनुसार केन्द्रीय बैंकलाई निर्दिष्ट गरेका उद्देश्यमध्ये मूल्य स्थिरता कायम राख्नु पनि एक रहेको उल्लेख गर्दै बैंकले मुद्रास्फीति दरलाई प्राथमिकतामा राखेर मौद्रिक नीतिको कार्यदिशा तय गर्दै आएको जनाएको छ । मौद्रिक तथा गैरमौद्रिक तत्वबाहेक उपभोक्ताको भविष्यप्रतिको मूल्य अपेक्षाले पनि मुद्रास्फीतिलाई प्रभाव पार्ने बैंकको भनाइ छ ।… पुरा पढौ

देउवाद्वारा सांसदहरुलाई विश्वासको मत दिन आह्वान

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरुलाई विश्वासको मत दिन आह्वान गरेका छन् । प्रतिनिधिसभाकाे दाेश्राे बैठकमा विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले विश्वासको मत दिनका लागि सांसदहरुलाई आह्वान गरेका हुन् । देउवाद्वारा गरिएकाे संवाेधन यस्ताे छः- माननीय सभामुख महोदय, प्रतिनिधि सभा विघटन पश्चात सम्मानीय सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुर्नस्थापित भएको छ । आज सभाको आठौं अधिवेशन प्रारम्भ भईरहेको छ । म सबै भन्दा पहिले सबै माननीय सदस्यहरुलाई हार्दिक बधाई दिन चाहन्छु । नेपाली जनताको ठूलो… पुरा पढौ

एमाले नेता रावलले दिए सांसद पदबाट राजिनामा, दुषित खेलबाट अलग भएकाे घोषणा

काठमाडौं, ३ साउन । नेकपा एमालेका नेता डा.भीम रावलले सांसद पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवाले संसदमा विश्वासको मत लिने दिनमै रावलले पदबाट राजिनामा दिएका हुन । पछिल्ला राजनीतिक घटनाक्रमहरुमा रावल नेपाल समूहमा रहँदै आएका थिए । सभामुखलाई संवोधन गर्दै लेखिएकाे पत्रमा नेता रावलले अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा अलग हुनु श्रेयष्कर भएको बताएका छन् । उनले भनेका छन्, दुषित खेलबाट आफुलाई अलग गर्दै प्रतिनिधि सभा सदस्यबाट राजिनामा दिएको छु । पुरा पढौ

नयाँ आर्थिक वर्षको पहिलाे दिनमै छायो नेप्सेमा हरियाली, कारोबार रकममा पनि बृद्धि

काठमाडौं, ३ साउन । नयाँ आर्थिक वर्ष शुरु भएपछिको आईतबार शेयर बजारमा पहिलो कारोबार हो । पहिलो दिनको शेयर बजारको कारोबार उत्साहजनक देखिएको छ । शेयर बजारमा छाएको हरियालीसंगै करोबारमा भएको बृद्धिले लगानीकर्ताहरुको यसअघि खस्किएको मनोवल ह्वात्तै बढेको छ । नेप्से परिसूचक ९७.२१ अंकले बढेर २९८०.६१ विन्दुमा पुगेको छ । नेप्से ३.३७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १९.५५ अंकले बढेर ५६०.९६ विन्दुमा पुगेको छ । २२१ कम्पनीको कारोबार भएको छ । २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयरको… पुरा पढौ

साउन १० गतेदेखि ३ अर्बको ऋणपत्र निष्काशन गर्दै नबिल बैंक, ब्याजदर कति ?

काठमाडौं, ३ साउन । नबिल बैंकले साउन १० गतेदेखि ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ निष्काशन तथा बिक्रीका लागि खुल्ला गर्ने तयारी गरेको छ । बैंकले ७ वर्षे अवधिको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता डिबेन्चर (ऋणपत्र) बिक्रीमा ल्याउन लागेको हो । कुल डिबेन्चर (ऋणपत्र) बाट १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिने भएको छ । यसबाट ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी… पुरा पढौ

विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज खोप लगाइयो

बाल्टिमोर,मेरील्याण्ड, ३ साउन । विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ४३ करोड ७६ लाख २३ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड ६० लाख ७१ हजार ६४० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ६४ लाख ८१… पुरा पढौ

संघीय संसद्को अधिवेशन आजदेखि

काठमाडौं, ३ साउन । सर्वाेच्च अदालतको आदेशानुसार संघीय संसद्को अधिवेशन आइतबारदेखि शुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँबानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतको छिनोफानो भई आगामी राजनीतिलाई दिशानिर्देश गर्ने भएकाले अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएको छ । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका जनआन्दोलनका सहयात्री नेपाली कांग्रेस र नेकपा एमालेबीच अदालतको फैसलाप्रति मत विभाजन देखिन्छ । अदालतको फैसलालाई कांग्रेसले ऐतिहासिकको सङ्ज्ञा दिइएको… पुरा पढौ

प्रधानमन्त्री देउवा आजै विश्वासको मत लिँदै

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए। सर्वाेच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रधानमन्त्रीमा नियुुक्त कांग्रेसका सभापति देउवाले संवैधानिक प्रवधानअनुुसार विश्वासको मत लिन लागेका हुन्। उनी गत असार २९ प्रधानमन्त्रीमा नियुक्त भएका थिए । पुरा पढौ