मुख्य समाचार

संसद विघटन मुद्दामा चौथो दिनको सुनुवाइ

काठमाडौं, १३ असार । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आइतबार चाैथाे दिन सुनुवाइ शुरु भएको छ । रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ शुरु भएको हो। देउवा पक्षका कानून व्यवसायी वरिष्ठ अधिवक्ता सविता भण्डारीले बहस शुरु गर्दैै प्रतिनिधिसभा विघटन असंवैधानिक भएको तर्क राखे। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बुधबारदेखि नियमित सुनुवाइ भइरहेको छ । यसअघि पनि कानून व्यवसायीले… पुरा पढौ

अपि पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १३ असार । अपि पावर कम्पनीको हकप्रद शेयरको लागि आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले गएको जेठ २० गतेबाबाट ०.२९३८ अनुपातमा प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यको ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । शेयरधनीहरुले मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली, मुक्तिनाथ विकास बैंक र तोकिएका शाखाहरु इटहरी, पोखरा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी तथा जनकपुरमा आवेदन पेश गर्न सक्नेछन् । यस्तै नेपाल धितोपत्र बोर्डबाड… पुरा पढौ

निराशाजनक विकास खर्च, असारे विकासले पायो याे वर्ष पनि निरन्तरता

काठमाडौं, १३ असार । चालू आर्थिक वर्ष २०७७–७८ सकिनै लाग्दा सरकारले गर्नुपर्ने पुँजीगत (विकास खर्च) निराशाजनक देखिएको छ । विगतका वर्षहरु झै यसवर्ष पनि आर्थिक वर्षको अन्त्य अर्थात असार महिनामा आएर विकास बजेट खचिर्नु पर्ने देखिएको छ । ११ महिनासम्म धेरै बजेट खर्च गर्न नसक्दा सरकारलाई भने खर्चको दबाब छ । शनिबारदेखी गणना गर्दा २० दिनभित्र सरकारलाई पुग नपुग ४ खर्ब खर्च गर्नुपर्ने चाप छ । सरकारको खर्च तथा आम्दानीको हरहिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म सरकारले करिब नौ… पुरा पढौ

तेह्रथुम पावर कम्पनीको आईपीओ आउँदै, बोर्डबाट पायो अनुमती

काठमाडौं, १३ असार । नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्नको लागि अनुमति दिएको छ । कम्पनीलाई बोर्डले असार १० गते पावरले स्थानीय र सर्वसाधारणलाई गरी कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । बोर्डको अनुमति पाएसँगै तेह्रथुम पावरले स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आइपीओ विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।… पुरा पढौ

नयाँ बिमा कम्पनीको लाइसेन्स लिन दौडधुप, निवर्तमान मन्त्रीदेखि नियामककै पूर्वकर्मचारी आवेदक

काठमाडौं, १३ असार । बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले नयाँ पुनर्बिमा कम्पनी सञ्चालनका लागि हिमालयन रि इन्स्यारेन्सलाई अनुमति दिने निर्णय गरेपछि अब थप नयाँ बिमा कम्पनीलाइ पनि लाइसेन्स दिने तयारी गरेको छ । समितिले नयाँ बिमा कम्पनी सञ्चालन गर्न अनुमति दिने तयारी गरेपछि विभिन्न ६ समूहले नयाँ बिमा कम्पनीको लाइसेन्स लिनका लागि छुट्टाछुट्टै दौडधुप सुरु गरेका छन् । नयाँ बिमा कम्पनीका लागि आवेदन दिन तयारी गरेका प्रस्तावित कम्पनीहरु मध्ये एक कम्पनीमा निवर्तमान वन तथा वातावरण मन्त्री नारदमुनी रानादेखि बिमा… पुरा पढौ

साउनदेखि सवारी साधनमा इम्बोष्ट नम्बर प्लेट अनिवार्य गर्ने सरकारी तयारी

काठमाडौं, १३ असार । सरकारले साउनदेखि नयाँ दर्ता हुने र ब्लुबुक नवीकरण गर्ने सवारीमा इम्बोस्ड नम्बर प्लेटको जडानलाई अनिवार्य गर्ने तयारी गरेको छ । नयाँ दर्ता हुन आउने र नवीकरणका हुने पुराना सवारीमा अनिवार्य जडान गर्ने व्यवस्था गर्न तयारी शुरु गरेको यातायात व्यवस्था विभागले जनाएको छ । पटक–पटकको विवाद र बहसपछि विभागले २०७७ माघ महिनाबाट फेरि सवारीमा स्वेच्छिक रुपमा इम्बोस्ड प्लेटको जडान सुरु गरेको थियो । सरकारी नम्बर प्लेटका सवारीलाई भने विभागले चैतसम्म इम्बोस्ड प्लेट जोडिसक्न समयसीमा दिएको थियो ।… पुरा पढौ

विपद्मा परेकालाई सघाऔं : धैर्य नगुमाऔं

काठमाडाैं, १३ असार । ‘भूकम्पले हाम्रो घर ढल्दैमा आगोले हाम्रो बस्ती जल्दैमा पहाडको पखेरो, तराईको फाँट बाढी पहिराले लग्दैमा हाम्रो साहस डगमगाउँदैन हाम्रो धैर्य खलबलाउँदैन...’ नेपाली सेनाका सहायकरथी डा आशबहादुर तामाङको शब्द तथा गायक सत्यराज आचार्य र साथीको स्वरमा बज्ने यस गीतमा प्राकृतिक प्रकोपबाट भएका धनजन क्षतिका घटनाको स्मरण गराउँदै सबै मिलेर साहस र धैर्य नगुमाई उद्धार र सहयोगमा जुट्न आह्वान गरिएको छ । मुलुकमा हरेक वर्ष मनसुनको शुरुआतसँगै हुने बाढी, पहिरो र डुबानलगायतका विपद्का घटनापछि रेडियो र टेलिभिजनलगायत सञ्चारमाध्यमबाट… पुरा पढौ

टोकियो समर ओलम्पिक प्रवर्द्धनका लागि दराज र नेपाल ओलम्पिक कमिटी बिच सम्झौता

काठमाडौं,  १२ असार । नेपालको अग्रणी अनलाइन सपिङ बजार, दराजले नेपाल ओलम्पिक कमिटि (एनओसी) सँग ’टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवर्द्धनका लागि सम्झौता गरेको छ । बुधबार एनओसीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले सातदोबाटोस्थित एनओसीको कार्यालयमा सपोर्ट फर अल कमिसनद्वारा “आयोजित ओलम्पिक डे २०२१” को विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । दराज अलीबाबा समूहको एक हिस्सा हो । अलीबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को विश्वव्यापी पार्टनर हो… पुरा पढौ

कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना सम्बन्धमा गण्डकीकाे विरोध

पोखरा, १२ असार । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय बुटवलमा स्थापना भएकोप्रति गण्डकी प्रदेश सरकारले विरोध जनाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलज्यूले शनिबार उक्त कार्यालय उद्घाटन गरेको खबर आफूहरुले प्राप्त गरेको भन्दै गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले सो सम्बन्धमा आफूहरुको ध्यानाकर्षण भएको जनाएका हुन् । गण्डकी र लुम्बिनी प्रदेशका लाखौं नागरिकको सरोकारसँग जोडिएको कालीगण्डकी नदीको पानी डाइभर्सन गरी तिनाउ खोलामा मिसाएर जलविद्युत उत्पादन गर्ने र रुपन्देही र कपिलवस्तुको जमिन सिँचाइ गर्ने हुने गरी तयार पारिएको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय… पुरा पढौ

यि हुन कोरोनाबाट अत्यन्त प्रभावित २० देश

बेइजिङ, १२ असार । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ४ लाख ४७ हजार ९७६ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख १० हजार ३११ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले जुन २६ मा तथ्यांक प्रकाशित गरेको छ । कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या तलकाे तालिकामा हेराैं :- पुरा पढौ