मुख्य समाचार

एसइईको नतिजाअगावै भर्ना नलिन महानगरपालिकाकाे आग्रह

काठमाडौं, ४ आउन । काठमाडौं महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाइ आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ४८ (६) मा भएको व्यवस्थाविपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिकसत्र २०७७ को एसइईको परीक्षा नतिजा प्रकाशन नहुँदै कक्षा ११ को भर्ना नलिन सबै मावि कलेजलाई आग्रह गरेको हो । शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको सूचनामा भनिएको छ, “कक्षा ११ मा… पुरा पढौ

सामलिङ पावरले पायो १२ करोड ३० लाखकाे आइपीओ निष्काशनको अनुमति

काठमाडौं, ४ साउन । सामलिङ पावर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट साधारण शेयर (आइपीओ) निष्काशनको अनुमति पाएकाे छ । अनुमति प्राप्त गरेपछि आइपीओ निष्काशनको तयारि गरिरहेको छ । कम्पनीले १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३१ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा उक्त परिमाणको आइपीओ निष्काशनको अनुमति प्रदान गरेको हाे । सामलिङ पावर कम्पनीले इलाममा माईबेनी जलविद्युत आयोजना बनाएको छ ।… पुरा पढौ

किसानले गरे अलैँचीबाट १ अर्ब ३५ करोड आम्दानी

फुङ्लिङ, ४ साउन । ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा दुई हजार मेट्रिक टन बिक्रीबाट रु एक अर्ब ३५ करोडभन्दा बढी किसानले आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको छ । करिब छ मेट्रिक टन अलैँची मात्र ताप्लेजुङमा खपत भएको तथ्याङ्कले जनाएको छ । अलैँची जोनले… पुरा पढौ

१४.२८ अंकले बढ्याे नेप्से, ८ अर्ब बढीकाे काराेबार

काडमाडाैं, ४ साउन । नयाँ सरकार परिवर्तन र नयाँ आर्थिक वर्ष शुरु भएसंगै सकारात्मक लय पकडेको नेप्सेमा अझैं केहि सुधार आउने अपेक्षा गरिएको छ । सरकारमा सहभागि हुनेबित्तिकै अर्थमन्त्री जनार्दन शर्माले आफु शेयर बजारप्रति सकारात्मक भएको बताएका थिए । नयाँ सरकार आएपछि अब केहि समयका लागि राजनीतिक अस्थिरता टरेको छ भने लगानीकर्ताहरूले स्थिरता खाेजिरहेका छन् । उसो त राजनीतिक घटनाक्रमले शेयर बजारलाई प्रभावित तुल्याउने गरेको छ । अर्को कुरा कोरोनाको कहरको कारण जारि निषेधाज्ञाले पनि लगानीकर्ताहरुको मुड सपारेकाे छैन ।… पुरा पढौ

प्रतिमान नीमा स्मृति प्रतिष्ठानको पहलमा दोस्रो पटक ८ करोडको स्वास्थ्य सामाग्री नेपाल आयाे

काठमाडौं, ४ साउन । नेपालमा कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिमान नीमा स्मृति प्रतिष्ठानको पहलमा दोस्रो चरणको सहयोग सामाग्री नेपाल आइपुगेको छ । अन्तराष्ट्रिय संस्थाहरु प्रोजेक्ट होप, एयर लिङ्क, फेलेक्स पोर्ट डट ओआरजी, हेनरी सेचिन केयरर्स, मेड शेयरको सहकार्यमा प्रतिष्ठानले चाटर्ड बिमानमार्फत दोस्रो चरणको सहयोग सामाग्री नेपाल भित्राएको हो । प्रतिष्ठानले पीपीई ग्राउन आईसोलेशन २० हजार थान, फेससिल्ड १९ हजार ४ सय ४० थान, माक्स ७० हजार थान, एन ९५ माक्स डिसपोजेवल १५ हजार थान भित्राएको छ । त्यस्तै… पुरा पढौ

प्रधानमन्त्री देउवाद्वारा खोप अभियान सुरुआत

काठमाडौं, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ परिसरमा अपाङ्गता भएकालाई कोरोनाविरुद्ध खोप दिने अभियानको शुरुआत गरेका छन्। उनले खगेन्द्र नवजीवन केन्द्रमा रहेका उनीहरुलाई खोप लगाउने कार्यको साेमबार शुभारम्भ गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले सबै नेपालीलाई खोप लगाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिए। अमेरिकी सरकारबाट प्राप्त ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाउन थालिएको हो । सो अवसरमा नगर प्रमुख सन्तोष चालिसेले केन्द्रमा रहेका ३५० अपाङ्गता भएकालाई खोप लगाइने बताए । नगरपालिकाका स्वास्थ्य… पुरा पढौ

कस्तो होला आजको मौसम ?

काठमाडौं, ४ साउन । नेपालमा मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाको भनाइ छ। महाशाखाले सोमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। प्रदेश १, गण्डकी , लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको… पुरा पढौ

विश्वासको मत लिएपछि देउवा मन्त्रिपरिषद् बिस्तार तयारीमा

काठमाडौं, ४ साउन । संसदमा विश्वासको मत लिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको गृहकार्य शुरू गरेका छन् । २९ असारमा प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले कांग्रेसका दुई र माओवादी केन्द्रका दुई जनालाई मन्त्री नियुक्त गरेर आफूसहित पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । गृह मन्त्रालयमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा, उर्जा मन्त्रालयमा पम्फा भुसाल र कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्रालयमा ज्ञानेन्द्र कार्कीलाई शुरूकै दिन शपथ गराइएको थियो । उनले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष, माओवादी र पार्टीका केही सदस्य… पुरा पढौ

जाल्पा सामुदायिक लघुवित्तले आइपीओ निष्काशनको तयारी गर्दै

पोखरा, ४ साउन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ लाख २२ हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्रीमा ल्याउने भएकाे छ । संस्थाले शेयर निष्काशनको लागि नेपाल धितोपत्र बाेर्डबाट अनुमति अनुमति पाएपछि शेयर निष्काशनको प्रक्रियामा जाने तयारी गरेको छ । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल तोकिएको छ । कास्कीको पोखरा महानगरपालिकास्थित सिमलचौरमा प्रधान कार्यालय रहेको संस्थाले देशका २० जिल्लामा व्यावसायीक सेवा संचालन गरिरहेको छ । चुक्ता पूँजी १० करोड ७८ लाख रहेको संस्थाको आइपीओ बिक्री पश्चात… पुरा पढौ

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, मतदान अघि किन बाहिरिए एमाले नेताहरू ?

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । गत असार २९ मा प्रधानमन्त्री नियुक्त देउवाले पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा विश्वासको मत प्राप्त गरेका हुन् । उनको पक्षमा १ सय ६५ मत परेको छ भने विपक्षीमा ८३ मत खसेको छ । तटस्थमा १ मत मात्र परेको छ । संसदमा २ सय ४९ जना उपस्थित रहेकोमा प्रधानमन्त्री देउवालाई आवश्यक बहुमत पु¥याउन १ सय ३६ सदस्यको समर्थन आवश्यक थियो । संसदमा कुल सदस्य २ सय ७२ मध्ये देउवालाई… पुरा पढौ