मुख्य समाचार

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

पर्वत, २ साउन । लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ । सडक खुलाउनका लागि जेसिबी र सुरक्षा निकाय तयारी अवस्थामा रहे पनि वर्षा नरोकिएकाले तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए । सडक अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका… पुरा पढौ

भद्रपुरबाट रु चार अर्ब ११ करोड राजस्व सङ्कलन

झापा, २ साउन । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७÷७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ रु एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ८५ करोड, अन्तःशुल्कतर्फ रु ४४ करोड र स्वास्थ्य सेवा करबापत रु ९२ लाख सङ्कलन भएको बताए । अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि… पुरा पढौ

प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियानले कृषकमा आशा

गण्डकी, २ साउन । सिक्टस ग्रिनीङलगायतका भाइरस एवं रोगका कारण सुन्तला खेती सङ्कटग्रस्त बन्दै गएका अवस्थामा पोखरा महानगरपालिकामा सञ्चालित मेयर प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियानले कृषकमा आशा जगाएको छ । एक दशकको अन्तरालमा नै जिल्लाका सुन्तला पकेट क्षेत्र खण्डहर बन्दै गएपछि चिन्तित बनेका कृषक महानगरले सञ्चालन गरेको अभियानसँगै राज्यको चासो बढेको भन्दै यतिखेर उत्साहित बनेका छन् । किसानलाई प्रोत्साहन गर्दै सुन्तला क्षेत्रको विस्तार गर्ने लक्ष्यसाथ तीन वर्षयता सञ्चालित अभियानअन्तर्गत रु ४५ लाख अनुदान हस्तान्तरण गरिएको छ । आव २०७८÷०७९ का… पुरा पढौ

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोप सुनिश्चित गर्न आयोगकाे आग्रह

काठमाडौं, १ साउन । राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि गन्तव्य देशमा जानु अगाडि स्वदेशमै एक पटकमात्र लगाए हुने खोपको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा गन्तव्य मुलुकले समेत मान्यता दिएको कोभिड–१९ को जोेखिमबाट बच्न सकिने खोप लगाउने वा अन्य वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको छ । गन्तव्य मुलुकमा नेपाली श्रमिकलाई पर्नसक्ने कठिनाइको न्यूनीकरणका लागि आवश्यक सहजीकरण गरी नेपाली श्रमिकको मानव अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिइएको… पुरा पढौ

फैसलाले दलीय संरचना समाप्त भयो : ओली

काठमाडौं, १ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशको फैसलाले दलीय संरचना समाप्त पार्ने बताए । नयाँ बानेश्वरस्थित संसद् भवनमा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले दलबाट निर्वाचित सांसदलाई दलीय ह्वीप नलाग्ने आदेश दिनु गलत भएको बताए । किर्ते कागजलाई मान्यता दिएर अल्पमतलाई सरकार बनाउन परमादेश दिइएको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री ओलीले आफूले पुनः जनादेशबाट सरकारको नेतृत्व गर्ने बताए । उनले सर्वोच्चको आदेशानुसार नै आफू अब संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताए । एमालेका प्रमुख सचेतक… पुरा पढौ

मेयर जिसीको न्युरो अस्पताल बाँसबारीमा उपचार हुँदै, स्वास्थ्य लाभको कामना

पोखरा, १ साउन । स्वास्थ्यमा अचानक समस्या देखिएपछि काठमाडौंस्थित न्युरो अस्पतालमा उपचाररत पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । महानगर प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ति निकालेर उनको स्वास्थ्य लाभको कामना गरेका हुन। ‘काठमाडौंको न्युरो अस्पतालमा उपचाररत महानगर प्रमुख जिसीको पोखरा महानगरपालिका परिवार शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ’, नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘उनको उपचारमा सम्लग्न चिकित्सक, प्रत्यक्ष तथा परोक्ष स्वास्थ्य अवस्था बारे सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।’ प्रमुख जिसीको… पुरा पढौ

पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र आउँछ : अर्थमन्त्री

काठमाडौं, १ साउन । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गरेका छन् । सिंहदरबारस्थित अर्थमन्त्रायलमा शुक्रबार आयाेजित पत्रकार सम्मेलनमा उनले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिए। “अहिलेसम्मको यथार्थ अवस्था के छ त ? त्यसले कतातर्फ कस्तो सङ्केत गरिरहेको छ ? श्वेतपत्र भन्नुस् वा यथार्थपत्र भन्नुहोस् मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछु”, अर्थमन्त्री शर्माले भने। उनले सबै वस्तुस्थिति बुझेर केही दिनभित्रैमा अर्थतन्त्रको समग्र अवस्थाबारे सार्वजनिक गर्ने प्रतिबद्धता जनाए। सोही क्रममा सरकारको समग्र भावी योजनासमेत सँगसँगै… पुरा पढौ

नेपाल पुनर्बीमा कम्पनीको तेश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

काठमाडौं, १ साउन । नेपाल पुनर्बीमा कम्पनीले मुनाफामा बृद्धि भएको जनाएको छ । कम्पनीले गत आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै मुनाफा बढेको जनाएको हो । कम्पनीले इन्स्योरेन्सको नाफा बढेर ९२ करोड ५७ लाख पुगेको जनाएको छ । गएको वर्ष सोहि अवधिमा ९१ करोड ६१ लाख नाफा आर्जन भएको थियो । जो अघिल्लो वर्षको तुलनामा नाफा १.०५ प्रतिशतले बढी हो । कम्पनीले तेश्रो त्रैमाससम्म आउदा निर्जीवन बीमाबाट ८२ करोड ४७ लाख तथा जीवन बीमाबाट १० करोड १० लाख… पुरा पढौ

रसुवा भन्सारले उठायो एक अर्ब ७३ करोड बढी राजस्व

रसुवा, १ साउन । नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोवारबाट प्राप्त राजस्व सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७, ७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार शुल्कबाट कूल रु एक अर्ब ७३ करोड १९ लाख ४७ हजार राजस्व प्राप्त गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको हो । आयात भएका सामग्रीको मूल्याङ्कनका आधारमा मूल्य अभिवृद्धिकर, अन्त शुल्क एवं भन्सार शुल्कका साथै अन्य विविध शीर्षकको असुलीबाट उक्त राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । नेपालबाट चीनतर्फ जाने सामग्रीको… पुरा पढौ

सानिमा लाईफ र मानुषी लघुवित्तले पाए आइपीओ निष्काशन अनुमति

काठमाडौं, १ साउन । सानिमा लाईफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्थााले आइपीओ निष्काशन गर्ने अनुमति पाएपछि आइपीओ निष्काशनको प्रक्रिया छिट्टै शुरु गर्ने भएका छन् । दुबै कमपनीलाई नेपाल धितोपत्र बोर्डले साधारण शेयर निष्काशनको अनुमति प्रदान गरेको छ । सानिमा लाईफ इन्स्योरेन्सले गत जेठको ९ गते साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्रीका लागि सेबोनमा आवेदन पेश गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६० लाख कित्ता साधारण शेयर निष्काशनको अनुमति मागेको थियो । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु… पुरा पढौ