मुख्य समाचार

श्रम स्वीकृति लिने घटे, रेमिट्यान्स १२.६ प्रतिशतले बढ्याे

काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकले यस अर्थिक वर्षको ११ महिनामा ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स नेपालमा आएको बताएको छ । बैंकले आज सार्वजनिक गरेको बिवरणमा देशको आर्थिक वित्तीय अवस्थामा विप्रेषण अर्थात रेमिट्यान्स आप्रवाह १२.६ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्ष सोहि अवधीमा रेमिट्यान्स ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले बढेर ७ अर्ब ३९ करोड पुगेको जनाईएको छ । गएको वर्षको विवरणलाई हेर्ने हो भने यो ५.२ प्रतिशतले घटेको थियो ।… पुरा पढौ

नेपालको निर्यात खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब

काठमाडौं, ३१ असार । नेपालको मालवस्तुको निर्यात रु एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४३.३ प्रतिशत र २५.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैँची, धागो (पोलिष्टर तथा अन्य), जुटका… पुरा पढौ

कोरोना गार्ड प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, ३१ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै बिक्रीमा ल्याइएको कोरोना गार्ड नकिन्न आग्रह गरेको हो । मन्त्रालया सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना गार्डले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा कुनै काम नगर्ने भएकाले त्यस्ता भ्रमपूर्ण गार्ड नकिन्न आग्रह गर्नुभएको हो । “विज्ञापनमा गरिए जस्तो यस्तो यन्त्रले कोभिड–१९ भाइरसलाई निष्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु… पुरा पढौ

उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशतमा सीमित

काठमाडौं, ३१ असार । चालु आर्थिक वर्षको ११औँ महिनामा उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको विवरणअनुसार २०७७ जेठमा ४.५४ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिति गत जेठमा ०.३५ प्रतिशतले घटेर ४.१९ कायम भएको हो । केन्द्रीय बैंकका अनुसार गत जेठ मसान्तमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ६.२२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फिति २.६३ प्रतिशत रहेको छ । २०७७ जेठको तुलनामा २०७८ जेठमा घ्यू तथा तेल, सुर्तीजन्य पदार्थ, गैर–मदिराजन्य पेय पदार्थ र यातायात… पुरा पढौ

नेपाल, प्रचण्ड र चन्दबीच भेटवार्ता

काठमाडौ, ३१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । नेता नेपालको निवास कोटेश्वरमा ३ नेताबीच भेटवार्ता भएको हो । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा 'जुगल'ले तीन नेताको भेटको तस्वीर सार्वजनिक गरेका छन् । भेटमा नेकपा नेता धर्मेन्द्र बास्तोला पनि सहभागी छन् । विप्लवले यसअघि बुधवार खुमलटार पुगेर नेकपा प्रचण्डसँग छुट्टै भेटवार्ता गरेका थिए । भेटमा उनले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारसँग गरेको… पुरा पढौ

लक्ष्मी बैंकको ऋणपत्रकाे आवेदन म्याद साउन ११ सम्म थपियो

काठमाडौं, ३१ असार । लक्ष्मी बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद साउनको ११ गतेसम्म थपिएको छ । कम्पनीले असार २८ गतेदेखि वार्षिक ‘८.५० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको हो । बैंकका अनुसार प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरिएको हो । त्यसमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको… पुरा पढौ

काठमाडौं महानगरकाे २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था

काठमाडौं, ३१ असार । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिका वर्षका लागि कम्तीमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था छ । कामपाको नवौँ अधिवेशनबाट पारित आर्थिक विधेयक, २०७८ मा कोभिड–१९ को प्रभावलाई मध्यनजर गरेर आव ०७६/०७७ देखिका सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुटको व्यवस्था गरिएको छ । कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले कोभिड–१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गरेर आर्थिक वर्ष ०७८/०७९ को सम्पत्ति… पुरा पढौ

पुनःनिर्माणमा खटिएका प्राविधिकको खर्च रु आठ करोड ३४ लाख निकासा

काठमाडौं, ३१ असार  । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत निजी आवास पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले चालू आर्थिक वर्ष २०७७, ७८ को साउन महिनादेखि पाउन बाँकी रु आठ करोड ३४ लाख निकासा भएको प्राधिकरणले जनाएको छ । लामो समयदेखि निकासा हुन नसकेको सञ्चार तथा यातायात खर्च बुधबार अर्थ मन्त्रालयले निकासा गरेको हो । यही असार १३ गते प्राविधिकको उपस्थितिमा प्राधिकरणमा भएको छलफलमा प्राविधिकले पाउने भनी निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध… पुरा पढौ

आँधिखोला लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज

स्याङ्जा, ३१ असार । आँधिखोला लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा आज आयोजना गरिएको छ । स्याङ्जा वालिङमा बोलााईएको सधारण सभामा कुनै लघुवित्त वित्तीय संस्थासंग मर्जर वा एक्विजिसनमा जाने भए त्यसको सबै अख्तियारी संचालक समितिलाई दिने एजेण्डा पेश हुँदैछ । सभामा आर्थिक वर्ष २०७६, २०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिने भएको छ । यस्तै नाफा नोक्सान, वित्तीय विवरण, लेखापरिक्षकको नियुक्ति र उनको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव गरेका छन् । साधारण सभामा सर्वसाधारणबाट २ जना संचालक चयन गर्ने… पुरा पढौ

माछापुच्छ्रे बैंकको ३ अर्बको ऋणपत्रमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, ३१ असार । माछापुच्छ्रे बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको छ । बैंकले ८.५० प्रतिशत ब्याजदरमा ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र १० वर्षे अवधिको लागि खुल्ला गरेकाे हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्यको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि रहेको छ ।… पुरा पढौ