मुख्य समाचार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार प्रदान

काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ लगायत विभिन्न राष्ट्रिय पुरस्कारबाट आज स्रष्टा र व्यक्तित्वलाई पुरस्कृत गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा जनही रु एक लाख राशिका ‘भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार’, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार’, ‘गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार’ आदि पुरस्कार प्रदान गरेका हुन । ती पुरस्कार चयनका लागि गठित विभिन्न चयन समितिको सिफारिशकाे आधारमा गत वैशाख ५ गते पुरस्कार पाउने प्रतिभा घोषणा गरिएको… पुरा पढौ

टिमुरको व्यवसायिक खेतीमा आकर्षण

पोखरा, २५ असार । पोखरा –१६ अर्मलाको डिहीमा औषधीय गुणी टिमुरले फल दिन थालेको छ । ४ वर्षअघि परीक्षणका लागि रोपिएका बिरुवाले यसै वर्षदेखि फल दिन थालेपछि यहाँका कृषक टिमुरको व्यवसायिक खेतीतर्फ आकर्षित बनेका हुन् । परम्परागत मकै र कोदो खेती गर्दा उत्पादनभन्दा लागत बढी हुने र प्राकृतिक प्रकोपका साथै जङ्गली जनावरले समेत नोक्सान गर्ने हुँदा लामो समयदेखि बाँझै रहेको सो क्षेत्रको जमीनमा यतिखेर टिमुरसहित विभिन्न जातका नगदेबालीले व्यवसायिकता पाउन थालेको हो । घरको छेउको बारीमा चार वर्षअघि लगाइएका टिमुरका… पुरा पढौ

प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २५ असार । प्रिमियर इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर लिलामीका लागि आवेदन दिने शुक्रबार अन्तिम मौका हो । कम्पनीको ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर लिलामीका लागि आवेदन दिनका लागि कार्यालय खुला रहने समयसम्म मात्रै रहेको छ । प्रतिकित्ता शेयरको मूल्य ६०० रहेको छ । लगानीकर्ताहरुले यसैलाई आधार मानेर यसभन्दा बढी मूल्य राखि आवेदन दिन सक्नेछन् । लिलामी शेयरका लागि संस्थापक शेयरधनीहरु, व्यक्ति, कम्पनी र विभिन्न संघ संस्थाले बोलपत्र दिन सक्नेछन् । शेयरको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल… पुरा पढौ

युनियन लाइफमा पहिलो दिनमै करिब डेढ गुणा माग

काठमाडौं, २५ असार । युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला गरेको पहिलो दिनमै करिब डेढ गुणा माग भएको छ। कम्पनीको ६४ लाख ५० हजार कित्ता आईपीओ मध्ये सामुहिक लगानी कोष र कर्मचारीलाई ५/५ प्रतिशत छुट्ट्याएर बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणको लागि बिक्रि खुला गरेको छ। असार २४ गतेदेखि २८ गते सम्म आवेदन दिन सकिने आईपीओमा पहिलो दिननै ९१ लाख ६ सय कित्ता सेयरको लागि आवेदन परेको बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। उक्त माग गरेको सेयर… पुरा पढौ

खोटाङका ८६ प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता

खोटाङ, २५ असार । भूकम्प गएको छ वर्ष बित्दा खोटाङका ८५.९५ प्रतिशत लाभग्राहीले तेस्रो किस्तावापतको अनुदान रकम बुझेका छन् । पुनःनिर्माणतर्फ नौ हजार ३१० र प्रबलीकरणतर्फ ९७१ गरी १० हजार २८१ घर लाभग्राही रहेको जिल्लामा आठ हजार ३३७ अर्थात् ८५.९५ प्रतिशत लाभग्राहीले मात्र हालसम्म निजी आवास अनुदानवापत तेस्रो किस्ता रकम बुझेका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा हालसम्ममा पुनःनिर्माणतर्फ नौ हजार ६८ र… पुरा पढौ

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा तीन ठाउँमा पहिरो, सडक अवरुद्ध

पर्वत, २५ असार । पहिराले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २ को नयाँपुलमा गएको पहिराले सडक अवरुद्ध बनेको हो । चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भए पनि नयाँपुलको पहिरो हटाएर सडक सञ्चालन गर्न केही दिन लाग्ने पर्वतका ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए । वर्षा रोकिएकाले सडक खुलाउने प्रयास भइरहेको छ । सडकमा ठूला–ठूला ढुङ्गा खसेका कारण लामो समय लागेको हो… पुरा पढौ

कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु

मङ्गलबारे, २५ असार । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई जनाको निधन भएको हो । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै त्रास फैलिएको छ । स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका… पुरा पढौ

पहिराेमा पुरिएको ११ घण्टापछि शव फेला

दमौली, २५ असार । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो । ऋषिङ–८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव ११ घण्टापछि फेला परेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले जानकारी दिए । ठूलो पहिरा भएकाले धेरैबेर खोजी गर्दा पनि भेटिएको थिएन । प्रहरी र स्थानीयवासीले बिहानैदेखि खोजी गरे पनि साँझ मात्र शव फेला परेको हो ।… पुरा पढौ

बागमती, गण्डकी र सुदुर पश्चममा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडाैं, २५ असार । देशभर मनसुनी  वायुको  प्रभाव रहेको छ । सामान्य देखि पुर्ण बदली रहेको छ । गण्डकी, बाग्मती प्रदेशका केही स्थानहरुमा  मध्यम्/भारी  वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान                        असार २५ गते  दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चम प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ  भने सुदुर पश्चिम प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी… पुरा पढौ

अर्थतन्त्रको आत्मविश्वास बढाउने मौद्रिक नीतिको तयारीमा छौं : गभर्नर अधिकारी

काठमाडाैं, २५ असार । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मौद्रिक नीतिका विषयमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । सेजनका तर्फबाट गभर्नर महाप्रसाद अधिकारीलाई ३५बुँदे सुझाव दिइएको छ । सेजनले चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको चरणमै कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्रलाई जटिल मोडको पु¥याएको भन्दै अर्थतन्त्रको पुनरत्थानलाई नै ध्यानमा राखेर नीति ल्याउन आग्रह गरेको छ । “चालू आवको मौद्रिक नीतिले कोरोना भाइरसबाट थलिएको अर्थतन्त्रलाई पुर्नजीवित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । राष्ट्र बैंकले लिएको नीतिका कारण… पुरा पढौ