मुख्य समाचार

प्रधानमन्त्री ओली हेलम्बु क्षेत्रमा

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि गएका छन् । प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा छन् भने यसपछि मेलम्ची क्षेत्रमा जाने कार्यक्रम छ । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेश बगर जाँदै छन् । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ लगायत छन् । मनसुन सुरु भएसँगै असार १… पुरा पढौ

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट इन्सेक पुरस्कृत

काठमाडौं, असार २६ । यस वर्षको मानव अधिकारतर्फ भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार(२०७७ बाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पुरस्कृत भएको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा काठमाडौंमा आयोजित एक समारोहमा इन्सेकलाई १ लाख रुपियाँसहित सम्मानपत्रले सम्मान गरिएको हो । बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी ओलीले १ लाख रुपियाँ नगद र ताम्रापत्रसहित पुरस्कृत गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिए। भगत सर्वजित स्मृति प्रतिष्ठान नेपालको संस्थापक अध्यक्ष विश्वकर्माले उनको सम्मानमा सरकारले हुलाक… पुरा पढौ

डा.राजन शर्माको अध्यक्षतामा चिकित्सक संघ गण्डकीको नयाँ समिति निर्विरोध

काठमाडौं, २६ असार । नेपाल चिकित्सक संघ गण्डकीको २०७८-२०८१ को कार्यकारीणि समितिको सम्पन्न निर्वाचनबाट डा.राजन शर्माकाे अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरिएको छ । नवनिर्वाचित नेपाल चिकित्सक संघ, गण्डकीको कार्यकारीणि समितिको अध्यक्षमा डा.राजन शर्मा, वरिष्ठ उपाध्यक्षमा डा.सुनिल पनेरु, उपाध्यक्षमा डा.कृष्णचन्द्र रिजाल, सचिवमा डा.सुशिल तिमिल्सिना, कोषाध्यक्षमा डा.ईश्वर शर्मा कँडेल, सह-सचिवमा डा.नवराज लमडारी, सह-कोषाध्यक्षमा डा.चिरायू नारायण भारी रहेका छन् । सदस्यहरुमा डा.जयन्तराज वन्त, डा.विष्णु ज्वारचन, डा.पुजन शर्मा, डा.नुवादत्त सुवेदी, डा.अर्जुन भट्टराई र डा.विष्णु भण्डारी चयन भएका प्रमुख निर्वाचन अधिकृत डा.माधव बाबु तिवारीले… पुरा पढौ

एक सातामा २७ अंकले घट्यो नेप्से परिसूचक, हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए

काठमाडौं, २६ असार । सतामा नेप्से परिसूचक २७ दशमलव २४ अंकले घटेको छ । अघिल्लो २ हजार ८ सय ५२ दशमलव २४ अंकमा रहेको नेप्से परिसूचक २ हजार ८ सय २५ दशमलव १० अंकमा झरेको छ । सातामा सबैभन्दा धेरै आकर्षण उत्पादनमूलक समूहमा देखिएको छ । या समूहको सबइन्डेक्स सबैभन्दा धेरै ४३१ अंक अथाएत ७ दशमलव ५७ प्रतिशतले बढेको छ । यसबाहेक पनि व्यापार, बैंकिङ र म्युचुअल फण्ड पनि बढेका छन् । व्यापार समूहको सवइन्डेक् ४२ अंकले बढेको छ भने… पुरा पढौ

कोभिडका कारण मृत्यु भएका परिवारलाई ५० हजार

मंगलबारे, २६ असार । कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो यस वर्षको नयाँ कार्यक्रम भएको बताए । नगरपालिकाले नयाँ कार्यक्रमका रुपमा देउमाइलाई अपाङ्ता मैत्री घोषणा गरेर अपाङ्ता भएका पहेलो कार्ड भएका व्यक्तिलाई मासिक ५ सय दिने निर्णय गरेको छ । सो नगरपालिकाले एकल पुरुषलाई… पुरा पढौ

युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा दुई दिनमै पर्यो करिब १२ लाख आवेदन

काठमाडौं, २६ असार । युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा करिब १२ लाख लगानीकर्ताले आवेदन दिएका छन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले शुक्रबार कार्यालय समयसम्म ११ लाख ७० हजार ९१२ जना लगानीकर्ताले १ करोड ९६ लाख १ हजार ९३० कित्ता शेयरका लागि आवेदन पेश गरेका बताएकाे छ । आइपीओमा आवेदन दिने म्याद असार २८ गतेसम्म रहेको छ । सो म्यादभित्र माग बमोजिमको आवेदन नपरेको खण्डमा ढीलोमा साउन ७ गतेसम्म आवेदन दिने समय रहेको छ । प्रतिशेयर १०० रुपैयाँ अंकित… पुरा पढौ

आजको मौसम कस्तो रहला ?

काठमाडौं, २६ असार । शनिबार देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश १, बागमती प्रदेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ। यस्तै दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान… पुरा पढौ

दुरलेकमा पदमार्ग र आश्रयस्थल निर्माण

म्याग्दी, २६ असार । मालिका गाउँपालिका–२ रुमको शीरमा रहेको दुरलेक डाँडा जोड्ने पदमार्ग र आश्रयस्थल निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु. ३५ लाख अनुदानमा उपभोक्ता समितिले पदमार्ग र आश्रयस्थल निर्माण गरेका हुन् । पुर्वाधार विकास कार्यक्रमको रु. २५ लाख बजेटबाट पदमार्ग र पर्यटन पुर्वाधार कार्यक्रमको रु. दश लाख बजेटले आश्रयस्थल निर्माण भएको मालिका गाउँपालिका–२ का वडा अध्यक्ष नरबहादुर पुनले जानकारी दिए । “ओझेलमा परेको दुरलेकको पर्यटन विकासका लागि पुर्वाधार बनाएका हौ,” उनले भने “पुर्वाधार बनेपछि पर्यटकलाई सुविधा पुग्ने… पुरा पढौ

कामपाको बजेट पारितः ५० प्रतिशत बीमा शुल्क बेहोरिने

काठमाडौं, २६ असार । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८,०७९ का लागि प्रस्तावित बजेट सर्वसम्मतिले पारित भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अध्यक्षतामा बसेको नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिबाट बजेट पारित गरेको हो । यही असार १० गते बसेको नगरसभाको नवौँ अधिवेशनको चौथो बैठकमा कामपा प्रमुख शाक्यले आर्थिक विधेयक, २०७८’ र सोही बैठकमा उपप्रमुख हरिप्रभा खड्गीले आव २०७८÷७९ का लागि बजेट प्रस्ताव गर्नुभएको थियो । कामपाले आगामी आवका लागि रू १८ अर्ब ९५ करोड ७७ लाख… पुरा पढौ

‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’ का लागि आदानप्रदान पत्रमा हस्ताक्षर

rail
काठमाडौं, २६ असार । नेपाल र भारत सरकारबीच आज ‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’ का लागि लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ । दुई देशका सरकारबीच आज भर्चुअल कार्यक्रममा हस्ताक्षर भएको हो । भारतका तर्फकाट भारतीय रेल मन्त्रालय, परिचालन तथा व्यवसाय विकास विभागका सदस्य सञ्जयकुमार मोहांतीले तथा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले नेतृत्व गरेका थिए । ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षरसँगै सार्वजनिक तथा निजी कन्टेनर सञ्चालकलगायत सबै अधिकार प्राप्त कार्गाे रेल सञ्चालक नेपाल आउन सक्नेछन्… पुरा पढौ